233 अंकमा
c माला सिन्हाका फ्यान प्रचण
c हिट्स अफ द मन्थ
c नेपालगन्जको टन्टलापुर घाममा नायिकासग भागदौड
c घाटोको फाइदो
c रेजिनालाई प्रभुको सिफारिस
c ग्राहक ठगिएका छन
c चित्र र कृतिमा सृष्टि र जगत
c जिनत अमानको अगाडि होपलेस भएः किशोर राना

 

 

एड्स भगाउन र्सट सिनेमा

चआईभी-एड्स नियन्त्रण र रोकथामका लागि अनेकन उपाय लगाइएका छन् । तर एड्स भगाउन पहिलो पटक सिनेमालाई अगाडि सारिएको छ ।

एचआईभी-एड्सबारे मनोरन्जन प्रदान गर्दै जनचेतना जगाउनका लागि यूएसएडले एड्सम्बन्धी आठ वटा छोटा सिनेमा निर्माण गरेको छ । यी सबै सिनेमा नव निर्देशकले निर्देशन गरेका छन् र सबै सिनेमाको अवधि केवल १-१ मिनेट छ । १ मिनेटभित्र बने पनि सबै सिनेमाले कथा बोकेका छन् । सबै कथा एचआईभी-एड्सको वरिपरि घुमेका छन् । एड्स भगाउन सिनेमा बनाए पनि सिनेमामा मनोरन्जनका कुरा पनि छन् । अर्को विशेषता के भने सबै सिनेमामा नाम चलेका कलाकारलाई समेत अभिनय गराइएको छ ।

 

मनोरन्जन प्रदान गर्दै एड्स भगाउन जनचेतना जगाउने उद्देश्यले एड्सम्बन्धी आठ वटा छोटा

सिनेमा बनाइएको छ ।

यी आठ सिनेमाका आठ निर्देशकलाई यूएस एडले दर्जनौं नव निर्देशकका बीच स्पर्धा गर्राई सिनेमा निर्माण गराएको थियो । यी सिनेमालाई काठमाडौंलगायत विभिन्न जिल्लामा निःशुल्करुपमा प्रदर्शन गरिँदै आएको छ भने आगामी डिसेम्बर १३ तारिकमा आयोजना गरिने एक विशेष समारोहमा यी आट छोटा सिनेमामध्येबाटै सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट सिनेमा छानी विभिन्न सुविधाजनक र अवसरजनक पुरस्कार प्रदान गरिने भएको छ ।

पुर्नेन्दु झाले अपवाद, विज्ञान दीक्षितले वासनाको शिकार, आशिफ शाहले सोनाम, अमितेश शाह र राजन उप्रेतीले कमला, प्रशंषा वाइबाले न्यारी, प्रचण्डमान श्रेष्ठले वशमा छैन मेरो मन, गणेशप्रसाद सुवेदीले भोक तथा अविनाशविक्रम शाहले हर्न प्लिज बनाएका हुन् ।

अपवादमा मेलिना मानन्धर र राज वल्लभ कोइराला, वाशनाको शिकारमा दीपकराज गिरी, निर्मल शर्मा, भीमवरसिंह थापा र विष्णु सापकोटा, सोनाममा सुदिन पोखरेल, कमलामा सञ्चिता लुइंटेल न्यारीमा अरुणिमा लम्साल, वशमा छैन मेरो मनमा नम्रता श्रेष्ठ र सौगात मल्ल, भोकमा गौरी मल्ल र सरु विष्ट तथा हर्न प्लिजमा तृप्ति नाडकरलाई अभिनय गराइएको छ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.