229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

ुप्लुक्क

नेपाली सांगीतिक माहोलबाट चार वर्षदेखि हराएका पप गायक जोहिव मानन्धर अहिले टुप्लुक्क देखा परेका छन्। उनी आफ्नो पछिल्लो एल्बम ँरिभाइभमार्फ नेपाली सांगीतिक फाँटमा पुनः झुल्किएका हुन्।

नौ वटा नयाँ तीन वटा पुराना गीतको संगालो रिभाइभ उनको चौथो एल्बम हो। किनकि बढ्छ याद मैले भुलेको छैन बोलका गीत छायांकन भई टेलिभिजनबाट प्रसारणसमेत भइसकेका छन्। उक्त गीत दर्शक-श्रोताले निक्कै मन पराएको जोहिबको दाबी छ। उनी भन्छन्- ँमेरो एल्बम बजारमा आएपछि शुभचिन्तक फ्यानहरुले बधाई दिएका छन्, धेरै फोन कल आउने गरेकाले पनि यसको सफलताप्रति आशावादी छु।

यसअघि २०५४ मा सम्झनाको चौतारी नामक एल्बम निकालेका उनी त्यसबाट सन्तुष्ट हुन सकेका थिएनन्। मेरो पहिलो एल्बमले त्यति चर्चा पनि पाएन मलाई त्यति धेरै श्रोताले चिनेका पनि थिएनन् तर २०५७ सालमा सार्वजनिक भएको मेरो दोस्रो एल्बम क्याच साइन टुबाट पप संगीत क्षेत्रमा चिनिएँ। यस्तो गीत गाउँछु, तिमी बिना, कर्के कर्के, सेलिनालगायत बोलका गीतले मलाई चर्चामा ल्याए, ती गीत टेलिभिजन रेडियोमा निकै बजे।

२०६० सालमा क्याच थ्रि नामक एल्बम निकालेर विदेश पलायन भएका जोहिब चार वर्षसम्म उतै रुमल्लिए। रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेर दुबईमै अल्मलिएका जोहिबसँग यसबारे जिज्ञासा राख्ने हो भने उनी नेपाली सांगीतिक माहोलबाट आफू विदेशमा रहे पनि ढाटा नभएको तर्क दिन्छन्।

उनी भन्छन्- ँम २०६० तिर दुबईमा गएपछि नेपाली मिडियाबाट टाढा भएको जस्तो देखिएको मात्र हो तर विदेशमा भए पनि सांगीतिक कार्यक्रमको आयोजना गरेर नेपालबाट त्यहाँ पुगेका कलाकारलाई मञ्च उपलब्ध गराउने गर्थें। मैले अहिलेसम्म पाँच वटाजति त्यस्ता कार्यक्रमको आयोजना गरेर सयजति कलाकारलाई प्रतिभा प्रदर्शन गर्ने चाँजोपाँजो मिलाइसकेको छु।

तपाईंले कार्यक्रमको आयोजना गरेर स्वदेशी कलाकारलाई अवसर दिएँ भन्नुभयो तर विदेशी कार्यक्रममा नेपालीहरु ठगिन्छन् भन्ने पनि सुनिन्छ नि ? भन्ने जिज्ञासामा जोहिबले भने- ँहाम्रो कार्यक्रममा त्यस्तो भएको छैन, बरु हामीले राम्रा कलाकारलाई शुरुमै पारिश्रमिक दिने गरेका छौं। विदेश जाने मात्र ध्याउन्नमा लागेका कुनै कलाकारलाई कसैले ठगेको पनि हुन सक्छ।

विदेशमा रहेका समग्र नेपालीको स्थितिका बारेमा जिज्ञासा राख्दा उनले भने- ँदुबईमा रहेका अधिकांश नेपालीको जीवन शैली निकै राम्रो तर थोरै प्रतिशत मजदुरी गरेर खानेको स्थिति त्यति राम्रो नभए पनि सुधारात्मक अवस्था भने देखिएको छ।

जोहिब हिजोआज रेस्टुरेन्टको सम्पूर्ण दायित्व दाजुको काँधमा राखेर दुबईबाट काठमाडौं आएका छन्। उनलाई पहिलाभन्दा अहिलेको नेपाली पप फरकजस्तो लागेको छ। उनी भन्छन्- ँअहिले मौलिकताभन्दा रिमिक्सलाई अपनाएर आफूलाई चिनाउने होड चलेको छ। अरुका गीतलाई तोडमोड गरेर गाउनुलाई रिमिक्स भनिँदैन। रिमिक्स आफैमा नराम्रो पनि होइन तर तोडमोड गरेर गाउने प्रवृत्ति भने राम्रो मान्न सकिँदैन। त्यसै गरी गीत सुन्नेभन्दा हेर्ने चलन बढेर गएको छ। भिडियो नबनाई गीत चल्दैन भन्ने मान्यताको विकास भएजस्तो देखिन्छ।

कला गलाको स्तरीयताको सवालमा उनी भन्छन्- ँजस्तो पायो त्यस्तै गीत प्रसारण गर्दा संगीतको स्तर खस्किने सम्भावना रहन्छ। त्यसैले कलाकारको स्तर पहिचान गर्न कुनै एक निकायले सेन्सर गर्नु जरुरी देखिन्छ।

कक्षा मा पढ्दादेखि नै गीत रेकर्ड गराएका जोहिब सानैदेखि कविता लेख्ने गर्थे। उनले रेडियो नेपालबाट प्रसारण हुने बालकार्यक्रममा समेत आफूले रचना गरेको कविता बाचन गरेको सुनाए। उनी भन्छन्- ँमेरो चौथो एल्बम रिभाइभमा पनि धेरै जस्तो गीत रचना संगीत सिर्जना आफैले गरेको छु।

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.