यसअघि २०५४ मा सम्झनाको चौतारी नामक एल्बम निकालेका उनी त्यसबाट सन्तुष्ट हुन सकेका थिएनन्। मेरो पहिलो एल्बमले त्यति चर्चा पनि पाएन र मलाई त्यति धेरै श्रोताले चिनेका पनि थिएनन् तर २०५७ सालमा सार्वजनिक भएको मेरो दोस्रो एल्बम क्याच साइन टुबाट म पप संगीत क्षेत्रमा चिनिएँ। म यस्तो गीत गाउँछु, तिमी बिना, कर्के कर्के, सेलिनालगायत बोलका गीतले मलाई चर्चामा ल्याए, ती गीत टेलिभिजन र रेडियोमा निकै बजे।’ २०६० सालमा क्याच थ्रि नामक एल्बम निकालेर विदेश पलायन भएका जोहिब चार वर्षसम्म उतै रुमल्लिए। रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेर दुबईमै अल्मलिएका जोहिबसँग यसबारे जिज्ञासा राख्ने हो भने उनी नेपाली सांगीतिक माहोलबाट आफू विदेशमा रहे पनि ढाटा नभएको तर्क दिन्छन्।
तपाईंले कार्यक्रमको आयोजना गरेर स्वदेशी कलाकारलाई अवसर दिएँ त भन्नुभयो तर विदेशी कार्यक्रममा नेपालीहरु ठगिन्छन् भन्ने पनि सुनिन्छ नि ? भन्ने जिज्ञासामा जोहिबले भने- ँहाम्रो कार्यक्रममा त्यस्तो भएको छैन, बरु हामीले राम्रा कलाकारलाई शुरुमै पारिश्रमिक दिने गरेका छौं। विदेश जाने मात्र ध्याउन्नमा लागेका कुनै कलाकारलाई कसैले ठगेको पनि हुन सक्छ।’ विदेशमा रहेका समग्र नेपालीको स्थितिका बारेमा जिज्ञासा राख्दा उनले भने- ँदुबईमा रहेका अधिकांश नेपालीको जीवन शैली निकै राम्रो छ तर थोरै प्रतिशत मजदुरी गरेर खानेको स्थिति त्यति राम्रो नभए पनि सुधारात्मक अवस्था भने देखिएको छ।’
कला र गलाको स्तरीयताको सवालमा उनी भन्छन्- ँजस्तो पायो त्यस्तै गीत प्रसारण गर्दा संगीतको स्तर खस्किने सम्भावना रहन्छ। त्यसैले कलाकारको स्तर पहिचान गर्न कुनै एक निकायले सेन्सर गर्नु जरुरी देखिन्छ।’ कक्षा ९ मा पढ्दादेखि नै गीत रेकर्ड गराएका जोहिब सानैदेखि कविता लेख्ने गर्थे। उनले रेडियो नेपालबाट प्रसारण हुने बालकार्यक्रममा समेत आफूले रचना गरेको कविता बाचन गरेको सुनाए। उनी भन्छन्- ँमेरो चौथो एल्बम रिभाइभमा पनि धेरै जस्तो गीत रचना र संगीत सिर्जना आफैंले गरेको छु।’ |
| |
|
| |
|