उनी संगीत इतिहासमै सबैभन्दा बढी एल्बम बिक्री गर्न सक्ने सफल एवम् लोकप्रिय गायिकाको रुपमा दर्ता गएकी छन्। उनको एल्बम १८ करोड प्रति बिक्री भएको अभिलेख छ। विश्वको संगीत इतिहासमै एकल कर्न्र्सटमा उनको जति टिकट कसैको बिक्री भएको छैन। उनको सात वटा गीत विलबोर्ड टप टेनको शीर्ष स्थानमा, १६ वटा अमेरिकी टपटेनको शीर्ष स्थानमा र २० वटाभन्दा बढी गीत बेलायतको टप ४० हिट्समा परेका छन्। १६ वर्षको उमेरमा मिसौरीको सेन्ट लुइस पुगेकी उनी त्यहाँको समर हाइस्कुलमा भर्ना भइन्। ६० र ७० को दशकमा उनी ँद रक एन्ड टिना टर्नर रिभु’को रुपमा चर्चित बनिन्। रिभुको सफलता सँगसँगै उनले आफ्नो व्यक्तित्वलाई जीवन्त मनोरञ्जनकर्ताको रुपमा विकास गरिन्। इक टर्नरबाट छुटेपछि सन् १९८४ मा रक संगीतमा फर्केका उनले अन्तराष्ट्रिय छवि बनाइन्। टर्नरका लामो समयसम्मका पाटर्नर रिकर्ड कम्पनीका अधिकारी जर्मन र्एर्विन बाक रहे। तिनीहरु कुस्नाच्ट, जुरिच र फ्रान्सको निसमा सँगै रहे।
फुच्ची अन्नाले त्यहाँ जल्दाबल्दा एक गायक रक टर्नर भेटिन्। पछि उनले इकका लागि गाउन आग्रह गरिन्। शुरुमा आनाकानी गरे पनि पछि इकले उनलाई आफ्नो संगीत कार्यक्रममा प्रस्तुत गरे। सन् १९५८ देखि इकसँग काम गर्न थालेकी उनको नाम इकले परिवर्तन गरी टिना राखिदिए। सन् १९६० मा एक जना गायक ँअ फुल इन लभ’ बोलको गीत गाउन स्टुडियोमा नआएपछि टिनाले आफंैले त्यो गीत गाइन्। उक्त गीत युएस पप चार्टका चर्चित ३० गीतलाई उछिनेर दोस्रो स्थानमा पुग्न सफल भयो। इकले टिनाको नामपछाडि टर्नर पनि जोडेर आफ्नो ब्यान्डको नाम ँइक एन्ड टिना टर्नर रिभु’ राखे। सन् १९६२ मा इक र टिनाको मेक्सिकोमा विवाह भयो। संगीतको शैलीको परिवर्तनसँगै टिनाले कर्न्र्सटमा नाचेर गीत गाउन थालिन्। साठीको दशकमा इक र टिनाले अ फुल इन लभ, इट्स गना वर्क आउट फाइन, आई आइडोलाइज यु र रिभर डिप, माउन्टेन हाइजस्ता चर्चित गीत रेकर्ड गराए। त्यतिबेला टिनाको प्रस्तुतिले मिक ज्यागरलगायत थुप्रै गायक-गायिका प्रभावित भए। त्यसपछि तिनीहरुले कम टुगेदर, हन्की टन्क वुमन र आई वान्ट टु टेक यु हाइयरजस्ता चर्चित गीत गाए। तीमध्ये प्राउड मेरीले सफलताको शिखर चुम्यो। र तिनीहरुलाई त्यसले ग्रायमी अवार्ड दिलायो। इक एन्ड टिना टर्नर रिभुललाई रोलिङ स्टोन्स, डेबिड बो, स्लाइ स्टोन, जेनिस जोप्लिन, चेर, जेम्स ब्राउन, रे चार्ल्स, एल्टन जोह्न र एल्भिस प्रेस्लीले मुक्तकण्ठले प्रशंसा गरे। लागू औषधको कुलतका कारण इकको ब्यान्ड व्यवस्थापनमा त्रुटि देखिन थाले। टिनामाथि पनि इकले शारीरिक आक्रमण गर्ने गर्थे। टर्नरले छोरालाई जन्म दिएकी थिइन्। तिनीहरु इक जुनियर माइकल, क्रेज तथा रोनाल्ड थिए। रोनाल्ड मात्र टिना र इकको सम्बन्धबाट सन् १९६१ मा जन्मेका थिए। सन् १९७३ मा टिना आफैंले आफ्नो गृहनगरबारे लेखेको नटबुस सिटी लिमिट्स बोलको गीत अमेरिकी हिट्स चार्टका २२औं र बेलायती हिट्स चार्टको चौथो स्थानमा पर्न सफल भयो। आफ्नै स्टुडियो बोलिक स्टुडियो खोलेपछि सन् १९७४ मा इकले टिना टर्नर दि कन्ट्री अन १ नामक टिनाको पहिलो एकल एल्बम निकाले। तर यो सन् १९७५ मा रिदिज भएको एसिड क्विन जति लोकप्रिय र सफल हुन सकेन। लोग्नेबाट बेस्सरी पिटिएपछि सन् १९७६ मा टिनाले ३६ सेन्ट र ज्यास स्टेसनको क्रेडिट कार्ड मात्र लिई इकलाई छोडेर भागिन्। केही महिना इकदेखि लुकेर बस्दा टिना बौद्ध दर्शनबाट प्रभावित भइन्। आफ्नै खुट्टामा उभिने उद्देश्यले उनी टिभी कार्यक्रम हलिउड स्क्वायर्स, डोनी एन्ड म्यारी, दि सोन्नी एन्ड चेर शो र दि ब्रायडी बन्च आवर नामक टिभी कार्यक्रममा देखा पर्न थालिन्।
सन् १९७८ मा उनको आफ्नै बलबुतामा रफ नामक एकल एल्बम रिलिज भयो। त्यसले त्यति बजार लिन सकेन। त्यसपछि डिस्को बजारलाई ध्यानमा राखेर सन् १९७९ मा रिलिज गरिएको लभ एक्स्प्लोजन नामक एल्बम पनि उपेक्षित रह्यो। अमेरिकामा त्यति सफल हुन नसकेपछि उनको चर्चा युरोपमा भने सेलाएन। सन् १९८२ मा उनको गीत ँलेट्स स्टे टुगेदर’को चर्चाले पुनः उनलाई पुरानै स्थानमा ल्यायो। सन् १९८४ मा निस्केको उनको एकल एल्बम प्राइभेट डान्सरले उनलाई स्थापित गायिकाको दर्जा दिलायो। सन् १९८५ को ग्रायमी अवार्डस्मा उनको गीत ह्वाट्स लभ गट टु डु विथ इटले रिकर्ड अफ दि इभर र स? अफ दि इयरका साथै बेस्ट फिमेल पप भोकल पर्फाेमेन्सका लागि पुरस्कार जित्यो। तेस्रो गीत बेटर बी गुड टु मी हिट्स चार्टको ५औं स्थानमा पुग्यो। त्यसले १९८५ को बेस्ट फिमेल रक भोकल पर्फोरमेन्स ग्रायमी अवार्ड जित्यो। सन् १९८५ मै ब्रायन एडम्ससँग गाएको उनको गीत इट्स बनली लभ सामूहिक रक प्रस्तुति विधामा ग्रायमी अवार्डसको मनोनयनमा पर्यो। उनी म्याड म्याक्स, बियोन्ड ठन्डरडोममा मेल गिब्सनसँग आन्ट एन्टीटीको भूमिकामा देखा परिन्। मुभी साउन्ड ट्रयाक बि डन्ट निड अन्डर हिरो र वन अफ दि लिभि?ले निकै प्रशंसा बटुले। सन् १९८६ मा रिलिज भएको उनको अर्को एल्बम ब्रेक एभ्री रुलले पनि अपार सफलता पायो। त्यसपछि उनले सन् १९८८ मा टिना लाइभ इन युरोप र १९८९ मा फरेन अफेयर नामक एल्बम निकालिन्। सन् १९९० मा उनले टम क्रुजको चलचित्र डेज अफ ठन्डरका लागि ब्रेक थु्र दि बेरियर बोलको गीत र पेप्सीको विज्ञापनका लागि रड स्टेवार्टसँग इट टेक टु रिकर्ड गराइन्। नब्बे दशकको शुरुमा उनले नामी बक्सर क्रिस युबैंक, ब्राजिलियन धावक आईटन सेन्ना र अवकाश प्राप्त टेनिस खेलाडी मार्टिना नम्रातिलोभाको सम्मानमा द बेस्ट बोलको गीत गाइन्। सन् १९९१ मा उनले तीन वटा नयाँ र बाँकी पुराना हिट गीत राखी सिम्पली दि बेस्ट नामक एल्बम निकालिन्। सन् १९९५ टिनाले जेम्स बोन्डको चलचित्र गोल्डेन आई यु २ का बोनो र द एजद्वारा लिखित शीर्ष गीत गाइन्। त्यसको केही समयपछि नै उनको आठौं एल्बम वाइल्डेस्ट डि्रम्स निस्कियो। सन् १९९७ मा उनले इटालियन गायक एरोज रामाज्जोट्टीसँग मिलेर कोस डेल्ला भिता/क्यान्ट स्टप थिंकि? अफ यु बोलको गीत गाइन्। सन् १९९९ मा उनको नवौं एल्बम ट्वेन्टी फोर सेभेन निस्क्यो। त्यसका ह्वाटइभर यु निड र ह्वेन दि हार्टएक इज ओभर जस्ता गीतले निक्कै चर्चा पाए। सन् २००४ मा उनले पछिल्लो हिट गीतहरुको संग्रह अल दि बेस्ट निकालिन्। सन् २००५ मा उनले अमेरिका र युरोपमा थुप्रै लाइभ टेलिभिजन कार्यक्रम दिइन्। २००६ मा उनले एलिसासँग गाएको गीत टिच मी अगेन इटालीमा अग्र स्थानमा रह्यो। सन् २००७ को १२ डिसेम्बरमा उनका पूर्वपति इक टर्नरको निधन भयो। अर्को दिन टिनाले आफ्नो प्रवक्तामार्फत संक्षिप्त विज्ञप्ति निकालिन् -टिनाले आज इक बितेको खबर पाइन्। उनको इकसँग विगत ३५ वर्षदेखि सम्पर्क भएको छैन। यसबाहेक अरु केही भन्नु छैन।’ - ओमशंकर श्रेष्ठ |
| |
|
| |
|