229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

तारेमाम मिजंको काम तमाम

नेपाल भाषाका प्रायः चलचित्रमा हँसाउने काम गर्दै आएका अभिनेता हृदयप्रसाद मिश्रलाई पछिल्लो पल्ट नेपाल भाषाको चलचित्र तारेमाममा दुई नायिकाले रुवाउने कार्य गरेका छन्। आशिष्मा नकर्मी भिन्तुना जोशी नामका दुई सुन्दरी नायिकाले कलाकार मिश्रको उक्त चलचित्रमा हुर्मत लिएको पाइएको छ।

निक्कै सरल भए तापनि जटिल विषयमा उत्थान गरेको उक्त चलचित्र तारेमामको कथावस्तुअनुसार कलाकार मिश्र एकदमै घमण्डी शिक्षकको रुपमा रहेका छन्।

 उनीजस्ता तकडा शिक्षक नेपालमा नै नभएको रवाफ देखाउँदै ँजिं ब्वंकलकि फर्रर ब्वनि अले जिं ब्वःबिलकि न्ह्याम्ह थर्रर अर्थात् ँमैले पढाएँ भने जो कोही फर्रर पढ्छन् अनि मैले गाली गरें भने जो पनि थर्रर काप्छन् भन्ने थेगो भन्दै हिँड्ने उनै घमण्डी शिक्षकको घमण्ड चूर पार्ने संकल्प गर्दै हिँडेका दुई छात्राले अन्त्यमा शिक्षकको घमण्ड तोडिदिएको यथार्थ नै चलचित्रको मूल कथावस्तु रहेको छ।

नेपाल भाषाका चलचित्र लेखन तथा निर्देशनमा आफ्नो छुट्टै छवि कायम गरिसकेका लेखक तथा निर्देशक आर्यम नकर्मीको पछिल्लो प्रस्तुति रहेको उक्त चलचित्रमा नकर्मीको पहिलो चलचित्र सुभायको धेरै सट हँसाउनका लागि भए पनि राख्ने प्रयास भएको छ। जुन एक किसिमले गहिरो प्रभाव भन्नै पर्दछ। त्यसमाथि प्रायः नेपाल भाषाका चलचित्रमा कुनै कुनै हाँस्य भूमिकामा दर्शक हँसाउँदै आएका कलाकार मिश्रले निक्कै घमण्डी शिक्षकको भूमिकामा स्वाभाविक अभिनय गरेर देखाउनु उनीभित्रको कलाकारिताको यथार्थ अभिव्यक्ति नै भन्नुपर्दछ।

नेपाली भाषाबाहेकका नेपाल भाषाजस्ता राष्ट्रिय भाषामा निर्माण भएका यस्ता चलचित्रले धेरै हदसम्म आफ्नो भाषा, कला-संस्कृतिलाई पहिचान दिएर अगाडि बढ्ने कार्य गर्दै गएको पाइन्छ। नेपाल भाषामा तारेमामको अर्थ नमस्कार हो यस चलचित्रमा बोलिएको तारेमाम-तारेमाम भन्ने थेगो अहिले जनजिब्रोमा झुन्डिन थालेको भने यस चलचित्रले आफ्नो उद्देश्य हासिल गर्न सफल भएको देखिन्छ।

त्यस्तै नेपाल भाषाको चलचित्र निर्माण हुने क्रमसँगै एउटा अर्क नेपाल भाषाको चलचित्र दर्शकसामु आएको छ। ँमिजं अर्थात् लोग्ने मानिस।

एक महिला जसलाई उसको लोग्नेले गर्भवती बनाई छोडेर भागेको हुन्छ, त्यस महिलाले छोरीको रुपमा जन्मिएका यस चलचित्रकी नायिका ँसबिलाई सानैदेखि उसकी आमाले मनमस्तिष्कमा पुरुषप्रति नकारात्मक धारणा जागृत गरिदिएको हुन्छ। जब उनी तरुनी हुन्छिन् तब एक पुरुषसँग उनको प्रेम बस्न जान्छ ँरवि जो सम्पन्न परिवारमा जन्मिएको हुन्छ।

समयको क्रमसँगै उनीहरुको प्रेम पनि गाढा हुँदै जान्छ उनीहरुबीच जन्मौंजन्म नछुट्ने कसम पनि साटासाट हुन्छ। तर केटा पक्षको परिवारको कुटिल चालले गर्दा उनीहरु बीचको प्रेम सफल हुन सक्दैन बाध्यतावश परिवारले चाहेको अर्कै केटीसँग विवाह गर्न रवि बाध्य हुन्छ, जुन धनी परिवारमा पुलपुल्याएर हुर्केकी हुन्छे कसैको सम्मान गर्न जानेकी हुँदिन।

यस चलचित्रमा सबिका एक साथी ँविजयले पनि सबिलाई धेरै समय पहिलेदेखि मनैमन मन पराएको हुन्छ। जब उसले यी दुईबीचको घटना थाहा पाउँछ सबिको घरमा जान्छ सहानुभूतिको साथ प्रेम प्रस्ताव सविका सामु राख्छ सहमति भए बिहे गर्ने मनसाय पनि राख्छन्। तर पुरुषप्रतिको उसको सानैदेखि परेको नकारात्मक दृष्टिकोणले गर्दा उनले पनि आफ्नो जवानीको स्वाद मात्र लिन आएको सोचेर आफूलाई एक कोठामा बन्द गर्छिन् आत्मदाह गर्ने कोसिस गर्छिन्। अन्त्यमा त्यस अभागी प्रेमिकाको हस्पिटलको एक कोठामा मृत्यु हुन्छ।

सानैदेखि पुरुषप्रति परेको गलत प्रभावले गर्दा जीवनमा नयाँ बिहानी हुँदाहुँदै पनि आज उनले मृत्यु स्वीकार्नु पर्यो छ।

राज शाक्यको निर्देशन रहेको यस चलचित्रलाई डेल्टा मल्टिमिडियाले बजारमा ल्याएको हो। यस चलचित्रका निर्माता-छायांकन भाइकाजी महर्जन निर्माण हेम सिंह महर्जनले गरेका हुन्। यस चलचित्रका कलाकारमा राज शाक्य, सुरोज महर्जन, अनिता महर्जन, पवन ताम्राकार, रुपकेशरी शाक्य, अन्नपूर्णेरी श्रेष्ठ एलिना महर्जन रहेका छन् भने सबै कलाकारले आफ्नो भूमिकालाई सशक्तरुपले प्रस्तुत गर्ने कोसिस गरेका छन्। - राजेश जोशी

 

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.