ँसन्देश दिँदै संविधानसभाको चुनावमा सर्वसाधारणलाई जनचेतना दिने खालका जागरणमूलक विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। हाम्रो संगीत हाम्रो भेट अबको यात्रा बनाऔं एक’ भन्ने नारासहित झन्डै २ महिनासम्म सञ्चालन गरेको उक्त बृहत् संगीत यात्रामा चर्तित युवा कलाकारका साथै राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारको समेत विशेष जमघट रहेको संस्थाका अध्यक्ष मोहन गौतमले जानकारी दिए। गौतमले भने- युवाहरुले देखाएको चासो र सहभागिताले हामीमा उत्साह जगाएको छ। यो कार्यक्रममा भएका सहभागिताले के देखाउँछ भने युवाहरु देशको पुनर्निर्माणमा आतुर छन्। त्यसो त उक्त कार्यक्रममा युवा वक्ता खिमलाल भट्टराई, ठाकुर गैरे, प्रदीप पौडेल, पासाङ शेर्पा, बद्री पाण्डे, गुरुराज घिमिरे, श्रीप्रसाद सारु, रञ्जु ठाकुर, सीमा खानलगायतले संविधानसभा सफल पार्न युवाहरु सचेत हुनपर्ने धारणा व्यक्त गरे। त्यसै गरी उक्त संगीत यात्रामा जनवादी गायक-गायिकाहरु जीवन शर्मा, रामकृष्ण दबाल, बद्री पंगेनी, कुस्मिता दर्लामीलगायतले संविधानसभा सम्बन्धी गीत-संगीत प्रस्तुत गरेका थिए। त्यसै गरी रोज मोक्तान, रामचन्द्र काफ्ले, धर्मेन्द्र सेवान, सागर थापा, प्रकाश थापा, दीप सागर मोक्तान, रेस्मा सुनुवार, सन्तोष लामा, सुमन सागर, प्रणिल तिमल्सिना, विष्णु थापा, अमृता आचार्यलगायतले पनि संविधानसभा सम्बन्धी जनचेतना फैलाउने खालका लोक तथा दोहोरी, रिमिक्स, पप गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा ँसदमत’ नामक नाटक पनि प्रस्तुत गरिएको थियो। उक्त संस्थाले प्रथम चरणको कार्यक्रम समापनसँगै शान्ति सम्झौता कार्यान्वयन गर्न त्यसमा सबै प्रतिबद्ध छन् र तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न गर्नुका लागि दबाब सिर्जना गर्न करिब ५० हजार मानिसको अस्ताक्षरसहितको ज्ञापनपत्र सभामुख सुभासचन्द्र नेम्वाङ र शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिवलाई बुझाइएको छ। अभियानकै रुपमा अब दोस्रो चरणमा मुलुकका विभिन्न स्थान र द्वन्द्वग्रस्त क्षेत्रमा जनचेतना फैलाउन र संविधानसभाप्रति चेतना जगाउन कार्यक्रम लिएर जाने योजना रहेको कार्यक्रम संयोजक कृष्ण थापाले बताए। - मोहन बास्तोला |
| |
|
| |
|