229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

समलिंीको व्यथा मुस्कान

समाजमा खुलेर हिँडेका समलिंगीहरुको वास्तविकता अनि उनीहरुको पहिचानबारे धेरैलाई थाहा नहुन सक्छ। सामान्य पहिरन बोल्ने शैली मात्र परिवर्तन गरेर बजारमा डुल्ने समलिंगीप्रतिको हाम्रो हेराइ अनि वास्तविकतामा कति फरक छ। यो अवस्था जान्न अब जो-कोहीले अरुलाई सोध्नु नपर्ला। मात्र समलिंगीको कथामा बनेको चलचित्र ँमुस्कान हेरे पुग्छ।

धरानका स्थानीय गायक तथा नायक प्रकाश पौडेलले समलिंगीबारे नबुझ्नेका लागि जानकारी दिने महत्वाकांक्षालाई मुस्कानमार्फ पूरा गरेका छन्।

नाइ मलाई त्यै केटी चाहिन्छ भन्ने रुन्चे गीत गाएर निकै चर्चा बटुलेका धराने गायक पौडेलले समलिंगीहरुको हक-हितका विषयमा मुस्कान चलचित्रमार्फ नयाँ आयाम थपेका छन्। यसबाट नयाँ कथामा छोटो चलचित्र निर्माण गरेर दर्शक बटुल्न सफल हुने कुरालाई नकार्न सकिँदैन। पौडेलले समाज परिवारमा विभेद सहेर बसेका समलिंगीहरुको जीवन चरित्रलाई सिनेमाको पर्दामा उतारेर उनीहरु पनि समाजका हिस्सेदार हुन् भन्ने सन्देशलाई प्रवाह गरेका छन्। समाजमा देखिएका तेस्रो लिंग अर्थात् समलिंगीलाई चिनाउने उद्देश्यले २७ मिनेटको प्रयोगात्मक मुस्कान बनाएको उनले बताए। परिवार समाजको हिस्सेदार हुँदाहुँदै पनि छुट्याइएका ती वर्गको पीडा समस्यामा आधारित रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो।

पुरुषले पुरुषलाई महिलाले महिलालाई मन पराउनु, समान लिंगीसँगै आपसमा यौन सर्म्पर्क गर्नु, प्रेम गर्नु समलिंगीका खास विशेषता मानिन्छन्। नेपाली चलचित्रमा यदाकदा समलिंगीलाई हाँस्यपात्रका रुपमा देखाएर झन् घृणा फैलाउने गरिएको छ। तर समाज परिवारमा उनीहरुको संख्या दिनदिनै बढेको उनीहरुले आफ्नो हैसियत, स्थान अधिकार पनि खोजिरहेका कारण परिस्थितिले नै यस्ता चलचित्र बनाउन प्रेरित गरेको देखिन्छ।

झन्डै एक वर्षसम्म समलिंगीको बारेमा व्यक्तिगत रुपले अनुसन्धान गरे पछि विराटनगर, काठमाडौं, धरान, इटहरी पोखरालगायतका क्षेत्रका समलिंगीलाई समेटेर तयार पारिएको ँमुस्कान नयाँ धारको कथामा नेपाली समाज दर्शकसमक्ष समलिंग चरित्रलाई वास्तविक शैली अनि छोटकरी रुपमा देखाउने प्रयास निर्देशक पौडेलले गरेका छन्। समलिंगीहरु खुलेर आउनुलाई सकारात्मक मान्नुपर्ने समाजमा आफ्नो उपस्थिति जनाउन यस्ता चलचित्र बन्नै पर्ने भएकाले अभिनयका लागि तयार भएको वास्तविक जीवनमै मुस्कान बनेकी समलिंग पर्वतको व्यक्तिगत कथामा चलचित्र बगेको छ। उनकै जीवन चरित्रको सेरोफेरोमा केन्द्रित रहेको मुस्कान। पानस पिक्चर्सका लागि सन्दीप शाक्य निर्माता रहेको उक्त चलचित्रलाई रोजेश शाक्यले छायांकन गरेका छन्।

करिब लाख रुपियाँको लागतमा निर्माण भएको उक्त सानो पर्दाको चलचित्रमा प्रमुख पात्र पर्वत -मुस्कान), कुमार -कुमारी भुजेल), दीपक -दिया), कमला अधिकारी, नवीन विशाल, सुवर्णालिखे, कुलचन्द्र न्यौपाने, सौगात रिजाललगायतले अभिनय गरेका छन्।

पछिल्लो डेढ दशकयताको समयमा समलिंग जीवनका बारेमा हलिउड बलिउडबाट बनेका चलचित्रको प्रभावले पनि समलिंग कामुकताप्रति आकर्ष बढेको मानिन्छ। हाम्रै समाजमा कैयौं समलिंग जोडीले विवाह गरेका छन्। सामाजिक विभेदका कारण धेरै जोडीले गाउँघर, परिवार समाज त्यागेर पनि हिँड्नुपरेको छ। यस्तो विवाहलाई उनीहरु आफ्नो मौलिक अधिकार ठान्छन् तर समाजले यस्तो मान्दैन। यिनै खास माग तथा समानताको विषयमा आवाज उठाउन मुस्कानलाई अघि सारिएको छ।

गाउँको सामान्य परिवारमा हुर्किएको पर्वत साथीभाइको खिसी सहन नसकी शहर पस्छ। शहरमा पुग्नेबित्तिकै प्रहरी यौनपिपासुहरुको चंगुलमा पर्छ। छोरी मान्छेको जस्तो स्वर हाउभाउ भएकै कारण पर्वतलाई शहरमा पनि खेलाउना बनाइँदा ँमेटी अर्थात् समलिंगीहरुको संस्थामा कार्यरत समूहले उनलाई सहयोग गर्छ अनि फेरि उनीहरु जस्तै यौनकर्मी नै बनाउँछ। समूहका अधिकांश सदस्यले रातको समयमा खुलेआम यौनजन्य क्रियाकलापमा संलग्न भएको देखाइन्छ। दिनभरि संस्थाको कार्यालयमा भेट गर्ने अनि रात परेपछि सोही समूहमा पुगेका पर्वतलाई परिस्थितिले मुस्कान बनाउँछ। सोही दौरान उनी कहलाएकी यौनकर्मी बन्न पुगेको देखाइएको छ।

कथाको बीच भागमा समलिंग नै बनेर देखा परेका कथाका सहनायक प्रकाश पौडेलले मुस्कानलाई मन पराएर विवाहको प्रस्ताव राख्छन्। तर समलिंग भएकै कारण राज्यले वितरण गर्ने नागरिकताको प्रमाणपत्रबाट वञ्चित गराइएका मुस्कान विवाहको कुरालाई लिएर झस्कन्छन्। तर एकसाथ रहने बाचा खाएपछि कथाको भाव सकिन्छ। समानलिंगीको विवाहलाई वैधता नदिँदा समाजमा अप्ठ्यारो बन्ने विषयलाई कथाले राम्ररी प्रहार गरेको छ। तेस्रो लिंग भएकै कारण गाउँघरमा ँछक्का अर्थात् ँहिजडा बनेका पर्वतलाई उनका बुबाले नागरिकतासम्म बनाउन असफल भएको कथा चर्चायोग्य छ।

कथामा सबै समलिंग समाजमा यौनजन्य क्रियाकलापमा मात्र लिप्त भएको देखाइनु चलचित्रको नकारात्मक पक्ष हो। अझ मुस्कानमा खुलेआम यौनकर्मीको मोलमोलाइलाई प्रस्तुत गरिँदा गलत अर्थ लाग्ने देखिन्छ। त्यसै गरी गलत क्रियाकलापमा सहयोग गर्ने सुरक्षा निकाय नै वास्तविक रुपमा ँरक्षक नै भक्षक भएको यथार्थ देखाउनु कथाको सबल पक्ष हो।

नेपालमा बनेका अत्यन्त छोटा शैलीका चलचित्रमध्ये उदाहरणीयसमेत बन्ने मुस्कान चलचित्रको धरान तथा आसपासका क्षेत्रमा छायांकन गरिएको छ। छोटो समयमा दीर्घकालीन सन्देश राखेर बनाइएको मुस्कानले नेपालमा पनि नयाँ धारमा चलचित्र बन्न सक्छन् भन्ने धारणालाई उजागर गरेको छ। - आनन्द कोइराला/धरान

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.