सञ्चिताका पिताले आकाशको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। त्यसरी बाबुले आफ्नो प्रेम अस्वीकार गरेपछि सञ्चिताका लागि आकाश पाउन अदालती विवाह गर्नुबाहेक दोस्रो विकल्प थिएन। माइतीको सहमतिबेगर सञ्चिताले दह्रो निर्णय गरेर आकाशसँग सात वर्षअगाडि अदालती विवाह गरेकी उनलाई यतिखेर फेरि अदालतमा नै गएर उक्त सम्बन्ध अन्त्य भएको जनाउ दिनुपर्दा बिरक्त नलागेको पनि होइन। तर पनि नियतिको खेलमा आँधी चलेपछि कसको के लाग्छ भनेर अगाडि बढ्ने साहस जुटाउन म बाध्य भएको छु भनेर उनले भनेकी छन्। उनी अगाडि भन्छिन्- ँअब आकाशसँग मेरो वैवाहिक सम्बन्ध अगाडि बढ्ने कल्पना पनि गर्न सक्तिनँ। म धेरै टाढा पुगिसकेकी छु। त्यही सम्बन्धमा र्फकेर आउने मेरो स्थिति पनि छैन र मिल्दैन पनि।’
सञ्चिताको यो निर्णयले दुःखी हुने कम र खुसी हुने धेरै रहेछन्। विवाहकै बेला ती दुईको दाम्पत्य जीवन धेरै टिक्नेमा शंका थियो। त्यो शंका हाल आएर यथार्थमा परिणत भएको छ। र, शंका गर्ने प्रायले सञ्चितासँगको भेटमा ढिलै भए पनि ठीक निर्णय गर्यौं भनेर भन्ने गरेका छन्। अबको बाटो के त भन्ने कामनाको प्रश्नमा सञ्चिताले अगाडि भनिन्- ँनेपाली चलचित्र उद्योगमा निरन्तरता दिएर अझ अगाडि बढ्ने छु। जतिसक्दो बिजी हुने प्रयास गर्नेछु। भोलिको दिनका बारेमा म यसै भन्न सक्तिनँ। फेरि मेरो विवाह हुन पनि सक्छ र नहुन पनि सक्छ।’ हतारमा बिहे फुर्सदमा पछुतो दुई वर्षअगाडि प्रेमविवाह गरेकी अर्की नायिका सौजन्य सुब्बाको पनि सम्बन्ध विच्छेद भएको छ। झापाका सिरोज घिमिरेसँग प्रेम विवाह गरेकी नायिका सुब्बाको विवाह दुई दिनमा नै टुंगिएको छ। अदालतले आपसी मञ्जुरीमा दुई दिनको कानुनी प्रक्रियाबाट आफ्नो वैवाहिक सम्बन्ध विच्छेद गरिदिएको कुरा यथार्थ हो भनेर सौजन्यले बताएकी छन्।
बारम्बार आफूलाई फिल्म लाइन छाड्न उनले दबाब दिँदै आएको सौजन्यले बताएकी छन्। सिरोजको दबाबलाई उनले अस्वीकार गर्दै पनि आएकी थिइन्। त्यसरी अस्वीकार गर्दा पनि दुई वर्षअगाडि सिरोजकै करले विवाह गरेकी सौजन्यमाथि दबाब झन् बढ्न थाल्यो। विवाह हुँदासम्म बेरोजगार रहेका सिरोजले विवाहको लगत्तै विदेश जाने प्रस्ताव राखेका थिए। सौजन्यले उक्त कुरालाई ठाडै अस्वीकार गरेकी थिइन्। अन्त्यमा फिल्म लाइन छाड्नुपर्ने पुरानै दबाब दिनुका साथै सिरोजले नै डिभोर्स गर्ने प्रस्ताव ल्याएपछि त्यसलाई आफूले स्वीकारेको सौजन्यले बताएकी छन्। हाल सरकारी सेवामा प्रवेशसमेत गरेका सिरोज सौजन्यसँगको सम्बन्ध विच्छेदपश्चात् गायबजस्तै बनेका छन्। यतिखेर सौजन्य भने हतारमा विवाह गरेर फुर्सदमा पछुताउनुपरेको छ भन्दै छिन्। उनको भनाइ छ- ँविवाह भनेको ज्यादै सोचविचार गरेर गर्नुपर्ने कुरा रहेछ। बल्ल थाहा पाएँ।’
गतवर्ष मात्र विवाहका लागि अमेरिकाको न्युयोर्क पुगेकी नायिका जल शाहको त्यहीं कार्यरत नेपाली शरद रिमालसँग विवाह भएको कुरा कसैबाट छिपेको छैन। विवाह भएको वर्षदिनमा नै गत कात्तिक महिनामा जल छोरीकी आमासमेत बनेकी थिइन्। तीन छोरीका पिता शरदको अघिल्लो वर्षनै अमेरिकी पत्नीको स्तन क्यान्सरका कारण दुःखद निधन भएपछि नायिका जल शाहले उनको जिन्दगीमा प्रवेश पाएकी थिइन्। विवाहको पहिलो वर्ष जल र शरदको जीवनमा कुनै प्रकारको दरार पैसा भएको थिएन। जब जलले गत कात्तिक महिनमा छोरी कलशलाई जन्म दिइन्, त्यसकै बहानामा जलकी आमा अमेरिका पुगेपछि नै शरदको लागि टाउको दुखाइ शुरु भएको हो। ज्वाइँ-छोरीको हरेक कुरामा ठाडै हस्तक्षेप गर्ने प्रेमाको रवैया शरदलाई मन नपर्नु स्वाभाविकै थियो। पहिलादेखि नै आमा-छोरीबीचको अति निकटता अमेरिका आएपछि पनि हुनु शरदका लागि अर्को टाउको दुखाइको विषय बन्न पुगेको हो। सोही अस्वाभाविक निकटताका कारण पटक-पटक प्रेमालाई नेपालमै गएर बसेमा प्रत्येक महिना खर्च पठाइदिने वचन दिएका शरदले अर्को विकल्पको रुपमा न्युयोर्कमा नै छुट्टै फ्ल्याट लिइदिन्छु भनेका थिए, तर त्यो प्रस्ताव पनि नमानेर ज्वाइँले छोरीबाट म बूढीलाई अलग्याउने षड्यन्त्र गर्यो भन्दै अनर्गल प्रचार गर्न थालेपछि दिक्क लागेर आफू हिजोआज नेपाल आएका शरदले आफ्ना साथीहरुमाझ भन्ने गरेका छन्। सासु आमाका कारण ज्यादै तनावमा देखिएका शरद नेपालमा रहुन्जेल पनि प्रायः खिन्न रहने गरेको बताइन्छ। केही दिनअगाडि मात्र भारी मन गराएर अमेरिका फर्केका शरदले नेपाल बस्दासम्म पनि प्रेमा नेपाल नफर्कुन्जेल आफू अमेरिका नफर्कने अडान लिँदै आएका थिए, पछि छोरीहरुको भविष्यका कारण उनी अमेरिका फर्केको थाहा भएको छ। जल र शरदबीचको सुखद दाम्पत्य जीवनमा प्रेमा शाह पहिलाजस्तै राज जमाएर बस्ने हो भने निश्चय पनि उनीहरुबीचको दाम्पत्य जीवन पनि अन्त्य हुने सम्भावना देखिएको अमेरिका स्थित नेपालीहरु बताउँछन्। - श्याम स्मृत |
| |
|
| |
|