229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

नक्कलले निम्त्याएको विकृती

 भनिन्छ एक वेश्याले एक दिनमा एकजनालाई बिगार्ने सम्भावना रहन्छ भने एक चलचित्र नायिकाको अंगप्रदर्शनले एकै समयमा सयजनाको मती भ्रष्ट बनाइदिन्छ। राणाकालपछि केटीहरुको लवाइमा आएको परिवर्तनले लोकतान्त्रिक गणतन्त्रमय समयमा आएर उग्र रुप लिन थालेको छ। पुस-माघको जाडो याममा समेत अर्धनग्न शरीर देखाउने प्रवृत्तिले व्यापक रुप लिन थालेको छ। हालै अर्धनग्न छाती देखाउँदै कामुक शैलीमा बिहेपार्टीमा आएका एक युवतीलाई अर्का एक युवकले रक्सीको मातमा फिल्मी शैलीमा चुम्बन लिँदै जिस्किन थालेपछि पार्टीमा केहीबेर स्तब्धता छायो। यस्ता दृश्य काठमाडौं शहरी इलाकामा सामान्य भइसकेको छ। अनि शहरी युवतीहरुलाई पनि अर्धनग्न शरीर देखाउनु महिला अधिकारसरह नै भइसकेको छ।

उनीहरुका लागि यो सामान्य होला तर यसले युवा जमातलाई खास गरी किशोरहरुलाई धेरै असर पारिरहेको छ। यौनसम्बन्धी चासो अभिरुचि हुने उमेरका किशोरहरुलाई यस्ता खुला दृश्यले यौन उत्तेजना उत्पन्न गराउने सोही कारण विभिन्न दुर्घटना हुने गरेको पाइएको छ। घरघरमा आउने टेलिभिजनका च्यानलमा चलचित्रका पर्दामा देखिने नायिकाहरुका लवाइको नक्कल गर्नु स्वाभाविक हो। समयअनुसार लवाइमा आएको परिवर्तन पनि सामान्य नै हो। तर यही लवाइका कारण युवतीहरु समाजमा असुरक्षित हुँदै गएका छन्।

चलचित्रमा देखाइने फेसनको नक्कलप्रति अक्कल नलगाउनेहरु मात्र असुरक्षित नभई सोझा युवतीसमेत खतरामा पर्न थालेका छन्। चलचित्र म्युजिक भिडियोहरुमा देखाइने नायिका मोडलहरुको यौन उत्तेजक दृश्यका कारण एकातर्फबलात्कार बढेको नै, साथमा वेश्यावृत्तिले समेत बढावा पाएको एक र्सर्वेक्षणले देखाएको छ।

सस्तो लोकप्रियताका नाममा कथाले मागेको अंग प्रदर्शन गर्ने नायिका मोडलहरुका कारण नै समाजमा विकृति विसंगति सजिलैसँग भित्रिरहेको छ। भनिन्छ एक वेश्याले एक दिनमा एकजनालाई बिगार्ने सम्भावना रहन्छ भने एक चलचित्र नायिकाको अंग प्रदर्शनले एकै समयमा सय जनाको मती भ्रष्ट बनाइदिन्छ। यस हिसाबले चलचित्रका नायिका मोडलहरुका कारण युवा जमातमा विकृत्ति भित्रिएको छ। एक मनोवैज्ञानिकका अनुसार समाजमा वेश्यावृत्ति बलात्कार बढ्नुको प्रमुख कारकतत्व नै नायिका मोडलहरुको अंग प्रदर्शन हो। अंग प्रदर्शनका कारण अधिकांश युवामा अस्वाभाविक रुपमा यौन उत्तेजना उत्पन्न हुन जान्छ। पश्चिमेली समाजमा जस्तै यौनमा स्वतन्त्रता भएको भए हाम्रो समाजलाई यसले खासै असर पर्दैनथ्यो तर पूर्वीय संस्कृतियुक्त हाम्रो समाजमा यसले समाज बिगारिरहेको , संस्कृति नष्ट गरिरहेको गैरकानुनी कार्यलाई बढावा दिइरहेको छ।

चलचित्र भिडियो म्युजिकहरुमा हुने अंग प्रदर्शनको असर किशोरहरुलाई परेपनि शिकार किशोरी तथा युवतीहरु भइरहेका छन्। कलेज प्लस टु पढ्ने किशोरहरुको चर्चाको विषय नायिकाहरुको अंग हुने गर्दछ। फलानाको नितम्ब, िघ्रा, छाती क्या सेक्सी यार। त्यसपछि गर्लफ्रेन्ड हुनेले आफ्ना प्रेमिकालाई ललाइफकाइ वा विभिन्न मानसिक दबाब दिँदै शिकार बनाउने गरेको पाइएको छ। थापाथलीस्थित प्रसूतिगृह, ओम नर्सिङ अस्पताल, नेपाल परिवार नियोजन संघलगायतका विभिन्न मेडिकल सेन्टरका क्वाय्क सेन्टर

-तीन महिनाको गर्भ पतन गराउने वैधानिक स्थल) मा निन्याउरो मुख लगाएर फर्कने युवतीहरुबाट यसको पुष्टि हुन्छ। ती निकायहरुको तथ्यांकअनुसार गर्भपतन गराउने १६ देखि २४ वर्षम्मका अविवाहित युवतीहरु ९० प्रतिशतको हाराहारीमा रहेका छन्।

नेपालजस्तो बह्मचर्य कुमारीपनको संस्कृति भएको देशमा अंग प्रदर्शन अश्लील दृश्यका कारण साँघुरा गल्ली जंगलमा यत्रतत्र कण्डम फालिएका भेटिनुले समाजलाई लज्जित तुल्याएको छ। अझ कलेज विद्यालयका नजिकका पसलहरुमा परिवार नियोजनका साधनको अपत्यारिलो बिक्रीले हाम्रो समाज कतातिर डोरिएको भन्ने देखाउँदछ।

नेपाल प्रहरी अपराध महाशाखाले पनि बलात्कारको प्रमुख कारकतत्व अंग प्रदर्शन रहेको निक्र्योल निकालेको छ। केटी जिस्क्याउने, असुरक्षित गर्भपतन गराउने, बलात्कार वेश्यावृत्ति घटाउन आम सञ्चारका माध्यममा अंग प्रदर्शन हुने दृश्य राख्न नहुने धारणा मनोवैज्ञानिक नन्दिता शर्माको छ। तर जनतालाई सचेत बनाउने राम्रो काम गराउन अभिप्रेरित गराउनुपर्ने आमसञ्चारका माध्यमले नै मनोरञ्जनका नाममा युवतीलाई साधन बनाउँदै उनीहरुलाई नै अप्रत्यक्ष रुपमा असर पार्ने अनि समाज बिगार्ने तथा वस्तुको रुपमा प्रयोग गर्दै शोषण गरिरहेको छ।

यससम्बन्धमा आफूलाई सेक्सी देखाउने प्रयासमा रहेकी अश्लीलताकी पोख्त नायिका रेखा थापा भन्छिन्- आमाले दूध खुवाएको दृश्य तथा छोटा र्स्कर्ट लगाउनु अर्धनग्न छाती देखाउनु अश्लीलता होइन। कथाले मागेमा छोप्नुपर्ने अंग जति मात्र छोप्न पनि तयार छु।

पूरै नांगो देखाएमा अश्लीलता यौन कामुकता आउँदैन। त्यसैले गोप्य अंग देखिएलाजस्तो दृश्य देखाउनुपर्छ, अनि मात्र दृश्यमा मजा आउँछ -एक निर्माताले भनेका थिए। १२ वर्षहिलेसम्म सपरिवार ब्ल्याकमा टिकेट किनेर भए पनि चलचित्र भवन पुग्ने काठमाडौं मैतीदेवीका नारायणप्रधानको परिवार अहिले चलचित्रमा हुने अश्लील दृश्य अंग प्रदर्शनकै कारण हल पस्न हिच्किचाउँछन्।

चलचित्रमा मात्र होइन विदेशी संगीतको नक्कल गरेर बनाइएका नेपाली पप गीतहरुमा पनि युवतीलाई ग्लेमर दृश्यको नाममा शोषण गरेर युवाहरुको मनमस्तिष्कमा नराम्रो असर पुर्याइएको छ। यसको नियन्त्रण कसले गर्ने हो जवाफ अनुत्तरित छ। अनलाइन इन्टरनेटका लागि सेक्सी कामुक पोज दिँदै मोडलहरुले पनि अप्रत्यक्ष रुपमा समाजमा अपराध फैलाइरहेका छन्।

चलचित्रमा नायिकाले गर्ने अंग प्रदर्शन मोडलहरुको अश्लीलताका कारण अब तीन हात लाग्ने चोलीको सट्टा हातले भ्याउने ब्लाउज लगाए पुग्ने भएको छ। विवाहित पुरुषलाई महिलालाई अंग प्रदर्शनको प्रभाव कमै परेपनि समग्रमा सबैलाई धेरै पर्ने गर्दछ। यसले कामतृष्णा जगाउँछ। कामुकताको अन्धवेगमा कामुक व्यक्ति अन्धो हुन्छ। अन्धो व्यक्तिले सही मार्ग देख्दैन। यसले शहरी भेगमा गर्भपतन गरेर वा नियोजन गरेर समाधान गर्ला तर यसको पहुँच नभएको क्षेत्रमा के गर्ने ?

विभिन्न साइटहरुका लागि मोडलहरुले निर्धक्कताका साथ अंग प्रदर्शन गर्दै कामुक उत्तेजक फोटो राख्न दिएका कारण कामतृष्णा जगाउँछ। अनुत्तरदायी नायिका मोडलहरुका कारण समाज कतातिर डोरिन्छ भन्न सकिँदैन।

युवतीहरुको शक्ति चलचित्रका नायिकाको मोडलहरुको नक्कल गर्नमा खर्चिन थालेको छ। जसले गर्दा युवकयुवतीहरुको ध्यान कामतृष्णा मेटाउने विविध तरिकाको खोजी गर्नमा व्यतीत भएको छ। सौन्दर्यता, व्यक्तिगत अधिकार कथाले मागेको भरमा युवा पुस्तालाई गैरजिम्मेवार बनाउने अनि विभिन्न यौन रोग सर्ने क्रियाकलापतर्फ उन्मुख गराउने भूमिकाबाट बच्न सके नेपाली कलाकारले समाजमा आफ्नो छवि स्वच्छ पार्न सक्ने छन्। - पूर्णभक्त दुवाल

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.