229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

मास्टरीमा व्यस्त नायिका

मगर जातिको संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ँएजु -साथी)की मुख्य नायिका चन्द्रकुमारी पुर्जा पुनः चलचित्रको अभिनयबाट विश्राम लिएर शिक्षण पेशामा रमाएकी छन्। ँएजु चलचित्रका नायक तथा प्रेमी सुर्जेको हात समाएर भागेकी चन्द्र सुर्जेसँगै विवाहबन्धनमा बाँधिएर गाँउघरमा मेलापात गर्दै पैसा कमाउन विदेश गएका श्रीमान्को प्रतीक्षामा बसेकी हुन्छिन्।

चलचित्रका काल्पनिक कथावस्तुको वियोग (विछोड)मा अधिकांश समय पिरोलिएर बसेकी चन्द्र अहिले विद्यालयका -साना विद्यार्थीसँग मज्जाले रमाइरहेकी छन्।म्याग्दीको सदरमुकाम बेनीबजारस्थित लोकदीप आवासीय माध्यमिक विद्यालयका विद्यार्थीसँग रमाइरहेकी चन्द्रले हँसिलो अनुहारमा भनिन्- ँकेटाकेटीसँग जिस्किनुको मज्जा नै बेग्लै हुन्छ।

पृथ्वीनारायण क्याम्पस पोखराबाट आई एडसम्मको अध्ययन पूरा गरी चलचित्र क्षेत्रमा लागेकी फरासिली चन्द्राले ँएजु लगायत दुई वटा मगरप्रधान चलचित्र आधा दर्जनभन्दा बढी दोहोरी गीति भिडियोका एल्बममा अभिनय गरिसकेकी छन्। चलचित्रको रमाइलो संसारबाट चक डस्टरको पेशामा किन ? भन्ने प्रश्नमा चन्द्र भन्छिन्- ँचलचित्रको रमझम काल्पनिक हुन्छ त्यहाँ निर्माता-निर्देशकको खटनमा आफ्नो योग्यता, सीप देखाउनुपर्दछ तर शिक्षण पेशामा निर्वाधरुपमा आफ्नो योग्यता कलालाई उजागर गर्ने मौका मिल्दछ।

विद्यालयमा संगीत सिकाउने चन्द्रको सांगीतिक हाउभाउ शिक्षण विधिबाट विद्यार्थीसमेत मख्ख छन्। विद्यार्थीलाई नचाई नचाई हँसा हँसा ज्ञान प्रदान गरिरहेकी चन्द्र आफ्नो पेशाबाट सन्तुष्ट भएको बताउँछिन्। अभिनयलाई शारीरिक अंगको सन्तुलित रुपमा गरिने प्रदर्शन कलालाई आफूभित्रको क्षमताको व्यवस्थित प्रदर्शन ठान्ने चन्द्राले जातीय पहिचान मौलिक संस्कृतिमा आधारित भएर निर्माण हुने चलचित्रमा अभिनय गर्ने बताइन्।

ँएजु म्याग्दी पर्वतका विभिन्न ग्रामीण मगरबस्तीमा छायांकन भएको चलचित्र हो। गाँउघरतिरका मगर जातिहरु मेलापात गर्ने, वनजंगल जाने, गोठमा बस्ने गर्दछन्। गाँउघरतिरका धनी व्यक्तिहरुसँग ऋण लिने आँखा चिम्लेर तमसुकमा औठाछाप लगाइदिने विपन्न सोझा मगरहरु साहुको फन्दामा पर्छन्। अनि उनीहरुको ऋण तिर्ने एक मात्र विकल्प विदेशमा गएर मजदुरी गर्नु वा भर्ती हुनु हो। यता गाउँघरमा रहेका घरपरिवारलाई साहुले दुःख दिन थाल्दछन्। खेतीपाती तथा घरगोठ आफ्नो नाममा बनाउँछ। यही सामाजिक तीतो यथार्थ एजु चलचित्रमा समेटिएको छ। मेकबहादुर पुन -मेजन) एसवी पिठोकोटे -सन्तोष) मगरको संयुक्त निर्देशन रहेको एजुको छायांकन युवराज राईले गरेका छन्। मेक बहादुरकै कथा, पटकथा संवादमा निर्माण भएको एजु चलचित्रका प्रमुख पात्रहरुमा चन्द्रकुमारी पुन, शान्ति पुन, यामबहादुर पुन -सुर्जे), गमबहादुर पुन, जीवन पुन, माया पुन, दलबहादुर पुन, तमती पुन पूर्णबहादुर थापामगर रहेका छन्।

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.