229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

कपालमा कन्डिसनरको प्रयोग

स्वस्थ तनमनको झलक हामी अनुहारको साथै केशमा पनि देख्न सक्छौं। यदि हामी आन्तरिक बाहिरी रुपमा स्वस्थ छौं भने समस्यारहित, निरोगी अनि सल्ल परेको चम्किलो केश हुन्छ। त्यसको विपरीत अस्वस्थ मानिसमा केशसम्बन्धी धेरै समस्या देखा पर्छन्। केश स्वस्थ सुन्दर हुनुमा खानपान, रहनसहन सरसफाइको मुख्य भूमिका हुन्छ। केश पनि धेरै प्रकारका हुन्छन्, त्यसैले यसको बनावटको जानकारी हुनु जरुरी छ।

 

केश कैराटिन भन्ने प्रोटिनले बनेको हुन्छ, यसमा एक प्रकारले खुम्चिने तन्किने इलास्टिकजस्तो तत्व हुन्छ, जुन स्वस्थ केशको पहिचान हो।केश विभिन्न अणुहरुको मिश्रणबाट बनेको हुन्छ। यसले रगतबाट खाना लिन्छ, केशको जरा हेयर फोलिकल इपिर्मिकमा हुन्छ। यसको स्वस्थ एवम् पौष्टिक भोजनले केशलाई मजबुत बनाउँछ।

 तर चिया, कफीको अत्यधिक प्रयोग पनि स्वस्थ केशका निम्ति हानिकारक हुन्छ। केश सुन्दरताका लागि आन्तरिक स्वास्थ्यको साथै बाहिरी रेखदेखको पनि महत्वपूर्ण भूमिका हुन्छ।

 

त्यसैले सर्वप्रथम सही स्याम्पुको चयन गर्नुपर्छ। केशमा चाया पर्न दिनु हुन्न, धेरै तान्ने, झट्कार्ने गर्नु हुन्न राम्रो कन्डिसनरको नियमित प्रयोग गनुपर्छ। कन्डिसनर या केयर ट्रिटमेन्ट लगाएर धेरै पखाल्नु हुन्न भन्ने धारणा राख्नु एकदम गलत हो। कम पखाल्दा केश च्याप च्याप हुने, र्झने, चाया पर्ने समस्या देखा पर्ने हुँदा हाम्रो देशमा कन्डिसनरप्रति भ्रामक अवधारणा देखिन थालेको हो।

 

 हामीले आफ्नो केशको प्रकारलाई जानेर यसको नियमित प्रयोग गरे केश निरोगी चम्किलो अर्थात् स्वस्थ हुन्छ। यदि चिल्लो केश कलर, पम्पस्टे्रट केही गरेको छैन भने मात्र हप्ताको एकचोटि साधारण कन्डिसनर लगाए हुन्छ। सुख्खा बेबी केश भए माइल्ड कन्डिसनर प्रयोग गर्ने, अति सुख्खा भएमा स्पा ट्रिटमेन्टका साथै केश स्याम्पु गरेपछि कन्डिसनरको प्रयोग गर्ने, कलर केश, ड्राई एन्ड ड्यामेज केश, पम्प केश, स्टेट केश हाइलाइट केशमा क्रमशः कलर केयर हेयर रिपेयर, डिप कन्डिसनर विथ सन केयर लेखिएका कन्डिसनरको प्रयोग गर्नुपर्छ साथै हेयर सिरम या सन प्रोटेक्टरहरुको प्रयोग गर्नुपर्छ।

 

बेबी हेयरमा पनि एकदमै ड्राइ ड्यामेज भने कोका बटरको प्रयोग गर्नुपर्छ। मेहदीको प्रयोग बन्द गर्नुपर्छ, कन्डिसनरको प्रयोग गर्दा केशमा स्याम्पु लगाउने राम्ररी पखाल्ने अनि चिसै केशमा कन्डिसनर प्रयोग गर्ने मिनेटजति मसाज गरेपछि साधा पानीले केशलाई राम्रोसँग पखाल्ने जुन अवस्थामा अलिकति पनि कन्डिसनर केशमा रहन दिनु हुँदैन। जाडो मौसममा चिसो पानीको सट्टा मनतातो पानी प्रयोग गर्नु राम्रो हुन्छ। केश स्काल्प -टाउकाको छाला) फरक हुन्छ। तेल लगाउने विशेष गरी स्काल्पलाई हो भने कन्डिसनर केशका लागि हो।

 

महिनामा एकचोटि डिप कन्डिसनर या हेयर ट्रिटमेन्ट गर्न सकिन्छ। जसको लागि केश स्याम्पुले राम्ररी धुने हेयर ट्रिटमेन्ट या ँस्पा केशमा राम्ररी लगाउने मसाज गरेर सावर कैपले छोप्ने। माथिबाट हट टावल वा स्टिम दिने, २०-३० मिनेटपछि साधा पानीले मात्र धुने प्राकृतिक तरिकाले सुक्न दिने। कन्डिसनर केशमा लगाउने मसाज गर्ने। त्यसपछि देखि मिनेटसम्म राखेर मात्र पखाल्ने।

 

घरेलु कन्डिसनरको प्रयोग गर्न चाहेमा पनि अन्डा तेल सबैभन्दा राम्रो उपाय हो। नरम ड्राइ केशलाई काँचो नरिवलको दूधले केशमा मसाज गर्ने, त्यसपछि स्याम्पु गर्ने या साधा पानीले पखाल्ने। धेरै ड्राई ड्यामेज केशलाई कोका बटरको प्रयोग गर्ने। चिल्लो कपाललाई अन्डा बियरको प्रयोग गर्ने। यदि अन्डाको प्रयोग गर्न नचाहेमा स्याम्पुको प्रयोग गरी केशलाई राम्रोसँग धोएर अन्तिममा चियापत्ती पकाएको पानीले केश पखाल्ने, त्यसपछि सफा पानीले धुने। हप्तामा एकचोटि तेलको प्रयोगले स्काल्प स्वस्थ रहन्छ।

 

तर केशमा चाया परेको भए तेल नलगाउनु नै उत्तम हुन्छ। त्यस्तो अवस्थामा पहिला चायाको उपचार गरेपछि मात्र तेलको प्रयोग गर्ने। चिल्लो छाला या डन्डिफोर हुनेले विशेष गरी वा घन्टा मात्र टाउकामा तेल राख्ने। यदि हामीले नियमित रुपमा नै केशको उचित तरिकाले हेरचाह गर्यौं भने केश स्वस्थ सुन्दर हुन्छ, किनकि सम्पूर्ण प्राणीमा मनुष्यले नै सुन्दर केश पाएको हुन्छ। अझ भनौं त्यस्ता सौभाग्य नारीले मात्र प्राप्त गरेका हुन्छन्, नारीले केश लामो राख्दा सुशील, शालीन सरल देखिन्छन् भने पुरुषले केश लामो राख्दा अस्वाभाविकजस्तो लाग्छ।

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.