फिल्ममा खलनायकको भूमिका निर्वाह गरेपनि बाहिर अत्यन्तै मिलनसार र सहयोगी छन् जंगम। कार्यालयमा समस्या लिएर आउने व्यक्तिहरु पहिला उनलाई सीधै समस्या राख्न उनको शारीरिक बनावटका कारण डराउँछन्। जब कुराकानी गरेर अगाडि आउँछन् उनलाई अत्यन्त नै सहयोगी र भलाद्मी व्यक्तिको संज्ञा दिएर फर्किन्छन्। कार्यालयको काम र फिल्म खेल्ने समय कसरी मिलाउनुहुन्छ भन्दा जंगम भन्छन्- ँभित्री चाहना हुनुपर्छ मान्छेले गर्न नसक्ने केही पनि छैन। मैले अहिलेसम्म अफिसको काम पनि गरिरहेको छु, २७-२८ वटा ठूलो पर्दाका फिल्ममा खलनायक भएर काम गर्नुका साथै १०-१२ वटा टेलिफिल्ममा समेत खेल्न भ्याएको छु। नेपालको फिल्मी क्षेत्रको आम्दानीले मात्र बाच्न नसकेकै कारण धेरै कलाकार विदेश पलायन हुनुपरेको उनको धारणा छ।
तीतो सत्य, हाम्रो कथा, भोजबहादुरजस्ता चर्चित एक दर्जन टेलिफिल्ममा खेलिसकेका जंगम कलाकारितालाई निरन्तरता दिन कम्मर कसेर लागेका छन्। तीतो सत्यको कालुदादाको भूमिकाले मलाई निकै चर्चित बनाएको छ, यति चर्चा यत्रा वर्षफिल्म खेल्दा पनि पाउन सकिनँ -उनी भन्छन्। कलाकार जंगमलाई अहिले बच्चादेखि वृद्धसमेतले तीतो सत्यको कालुदादा भनेर चिन्ने गर्दछन्। उनको अनुभवमा फिल्म निश्चित वर्ग र क्षेत्रका व्यक्तिहरुले मात्र हेर्ने हुँदा नेपाली फिल्मका कलाकारको स्थान र आयस्रोत कम भएको हो भने टेलिफिल्म सबै वर्ग र क्षेत्रका व्यक्तिले सहजै हेर्ने भएका कारण टेलिफिल्मका हरेक पात्रको नाम र भूमिका दर्शकको जनजिब्रोमा झुन्डिने गरेको हुन्छ। वास्तवमा फिल्मी क्षेत्रमा दर्शक नै कलाकारका आफन्त, शुभचिन्तक तथा सम्पत्ति भएको जंगमको धारणा छ। - भगवती तिमिल्सिना |
| |
|
| |
|