229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

 

 

इयाँ

चोक्टा खान गएकी बूढी

हामी नेपालीलाई विदेश जान पाएपछि कहीँ गएर अलपत्र पर्न परोस् वा कानुनी कारबाही होस् के मतलब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हररर उड्न पाए पुग्यो। दिल्ली विमानस्थलमै गएर ओर्लिन परे पनि विदेशचाहिँ जानै परेको छ। अरुका कुरा छाडौं, नेपाली कलाकारसमेत धेरै पटक यसरी ठगिएका छन्। यसरी ठगिनेहरु अरुबाट भन्दा बढी नेपालीबाटै लोप्पा ख्वाइएका हुन्छन्।

केही दिनअघि मात्र नेपालका ठूलै हिरो हिरोनी निखिल उप्रेती, दिलीप रायमाझी, झरना थापालगायत कलाकारको टोलीलाई मलेसिया पुर्याएर नेपालीहरुकै समूहले डल्लो पारेर ठगेछन्, मोटो रकम पाइने लोभमा कार्यक्रम देखाउन मलेसिया पुगेका उनीहरुसँग होटलमा पुग्नासाथ आयोजकहरु म्पर्क बाहिर भैदिए। अर्थात् स्पष्ट भन्नुपर्दा उनीहरुलाई अलपत्र पारेर आयोजकहरु सुइँकुच्चा ठोकेछन्। उता टिकट लिएकाहरुले ती कलाकारलाई नै कठालो झ्याक्लान् भन्ने डर भयो, यता क्वालालम्पुरमा बस्ने, खाने नेपाल र्फकने समस्या आइलाग्यो। ँचोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भन्ने उखान सम्झँदै नेपाली हिरो-हिरोनी बिलौना गर्न थाले। यसअघि पनि नेपाली कलाकार ठगिँदै आएको खबर सार्वजनिक भएको हुँदा स्वयम् उनीहरुले नै यसप्रति विचार पुर्याउनुपर्ने हो। यदि विचार पुर्याएको भए चलचित्र ँकहिले दुःख कहिले सुखमा बूढीकै भूमिकालाई बरु स्वीकार्नु ठीक थियो झरनालाई। कमसेकम त्यसबाट दुई-चार पैसा कमाइ हुन्थ्यो। निखिल दिलीपले पनि स्वदेशकै चलचित्रमा उफ्रीपाफ्री गरेको भए दारु खर्च आउँथ्यो। विदेश भन्नेबित्तिकै तीन हात उफ्रेर हाम फाल्ने प्रवृत्तिको नतिजा हेर्ने इच्छाले उनीहरु क्वालालम्पुरमा लम्पसार पर्न मञ्जुर भए। जे होस् रिनपान गरेर उनीहरु स्वदेश र्फकन सफल भएकोमा हुइयाँ खुसीले गदगद छ।

 

जवानीको रहस्य

उमेरले नभए पनि कपालले बूढो बनाएपछि टेन्सनमा आउनेहरु त्यसको उपाय अपनाएर आफूलाई जवान देखाउन तल्लीन हुन्छन्। सेतो कपाललाई कालो बनाउने प्रविधि सर्वव्यापी नै छ। तर झरेको कपाललाई हराभरा बनाउने उपाय धेरैको पहुँचभन्दाबाहिरै छ। उहिले उहिले भुवन केसीले अमेरिकाबाट लाखको कपाल रोपेर आए भन्ने समाचारले खुबै स्थान पायो। भन्देको भरमा दायाँ-बायाँ क्यै पनि नसोचेर लेख्दिने नेपालका पत्रकारको चाला देख्दा त्यति बेला नै यो हुइयाँलाई अचम्म लागेको थियो। धानको बीउ रोपेझैं टाउकोमा कपाल रोप्न मिल्दो हो ? यदि हुँदो हो भने कसरी हुँदो हो जस्ता जिज्ञासामा रुमल्लिएको यो हुइयाँले खोइरो लागेकी आफ्नी बूढीको शरीरमा पनि रौं रोप्न पाए हुन्थ्यो भन्ने लागेको हो। तर बुझ्दै जाँदा सुपर ग्लु लगाएर खुइलिएको तालुमा रौं टास्ने प्रविधि पो रहेछ।

यस्तै प्रविधिलाई अपनाएका चलचित्रका सहायक निर्देशक सुमन दाहालले आफू नरेश भट्टराईले पनि नक्कली कपाल लगाएको भनेर चलचित्र पत्रकारहरुको अधिवेशनमा बयान दिएको सुनियो। उनले नक्कली कपाल आफ्नो बिहेको बारेमा दिएको गफ पत्रकारहरु भोट हाल्नै छाडेर सुन्दै थिए। नव विवाहित श्रीमतीलाई अन्यत्र जहाँ छोए पनि कपाल नछुनका लागि तर्क बनाएपछि उनी झन् जिज्ञासु बनिन्। कपाल जथाभावी छोयो भने ३३ हजार घाटा लाग्ने रहस्योद्घान भएपछि दुलहीलाई आफ्ना श्रीमान् तालुखुइले भएको रहस्य एक बिहे गरेको हप्तापछि मात्र पत्ता लाग्यो।

 

फुर्सदीला संगीतकार

आफूलाई नेपाली चलचित्रका वादशाह भनेर कसैले भन्दियो भने मख्ख पर्ने संगीतकार शम्भुजित बाँस्कोटाको उमेर भने पाँच दशक नाघिसक्यो। हुन उनलाई नेपाली पत्रकारले त्यतिकै वरिष्ठ भनेका होइनन्। उमेर कामकै आधारमा उनी कहलिएका हुन्। फिलिम चिलिम फर्के पनि नेपाली चलचित्रका गीतका इलम जानेर सबैलाई वशमा पारेका यिनको स्वर नभएको चलचित्र नै अधुरो हुन्छ। तर यस्तो महत्वपूर्ण व्यक्तित्वलाई नबुझेर हो वा धेरै बुझेर हो हिजोआज चलचित्रका निर्माता-निर्देशकले फिलिममा संगीत सार्ने कामै दिन छाडेको जस्तो देखियो। हीराको पहिचान नगर्नेहरुका मुलुकमा कौडीमा पनि मिल्कन्छ भिल्लाका देशमा मणि भनेझैं आफूलाई फुर्सद भएको मौका छोपेर हिजोआज शम्भुजित कानमा हीराकै टप पो लाउन थाले बा यसरी टप लगाएपछि युवा संगीतकार भनेर फेरि पनि सबैले आफूलाई संगीतको जिम्मेवारी दिने हुन् कि भन्ने लाग्न सक्छ उनलाई। हुन पनि हतारमा गाएको गीत संगीतले नेपाली फिलिमलाई त्यति माथि पुर्यायो भने अब झन् फुर्सदका बेला गरेको सिर्जनाले आफ्नो फिलिम निकै माथि पुग्छ भन्ने कुरा निर्माताहरुले बुझ्नुपर्थ्य तर निर्देशकहरुले बाँस्कोटाको सीपको राम्रो उपयोग गरिरहेका छन्। उनीहरुले बाँस्कोटालाई हिजोआज कलाकारको समय मिलाइदिने कामको जिम्मेवारी दिएका छन्। कुन फिलिमको कुन कलाकारलाई म्पर्क गराइदिने कति बजे कुन कलाकारलाई बोलाउनेजस्ता महत्वपूर्ण कामको जिम्मेवारी पाएपछि उनी आफूलाई बिजी संगीतकार भन्न रुचाउँछन्। हुन कलाकार भएपछि जस्तो काम आई परे पनि अभिनयकै रुपमा निर्वाह गर्नुपर्ने भएकाले कसैको पनि काम, कारबाही भूमिकाको विषयमा चियो चर्चाे गर्नु राम्रो हुने छैन भन्ने हुइयाँको ठहर छ।

 

रमितलाई अभिनयको डर

एउटै मञ्च वा चलचित्रमा अभिनय गर्दा नातेदारलाई व्यावहारिक रुपमा कठिनाइ उत्पन्न हुन सक्छ। अझ प्रेमी-प्रेमिकाको भूमिकामा दाजुबहिनीको नाता पर्नेहरु अभिनय गर्न मञ्जुर हुन्छन् भने त्यसलाई उनीहरुको स्वच्छन्द व्यवहार भन्ने वा कलाकारिताप्रतिको उदारता। यस्तै परिस्थितिको सामना गरिरहेका छन् नायक रमित ढुंगाना नायिका सुजाता सिटौला। यी दुईको नाता खुट्याउने हो भने उनीहरु नजिकका दाजुबहिनी हुन्। दाजुबहिनीको नाता भएकै कारण रमितले यसअघिका चलचित्रमा आफू सुजाताको नायक भएर अभिनय नगर्ने भन्दै आएका प्रस्तावलाई पनि फिर्ता गर्ने गरेको भन्ने सुनिएको हो।

तर पछिल्ला दिनमा भने उनले राख्दै आएको अडान डगमगिन थालेको छ। रमितले उकेश दाहालद्वारा निर्माण-निर्देशन गर्न लागेको चलचित्र पलपलका लागि सुजातासँग नायकको रुपमा अभिनय गर्नुपर्ने प्रस्तावलाई बाध्य भएर स्वीकार गर्नुपरेको छ। सुजाताको भूमिका कामुकता तर्फ उन्मुख युवतीका रुपमा प्रस्तुत हुने भएकाले पनि रमितलाई अझ अप्ठेरो महसुस भएको हुनुपर्छ। तर सुजाता भने आफ्नो भूमिका अमितसँगको सहकार्यका सम्बन्धमा निकै उदार देखिन्छिन्। उनी कलाकारितामा यस्ता खाले विषयले कुनै प्रभाव पार्न सक्दैन, अभिनय जोसँग पनि गर्न सकिन्छ भन्दै अमितलाई हौस्याउनेतर्फलागेकी छन्। हुन पनि वास्तविक जीवनमा समेत छोराछोरीले बाबुआमासँग अभिनय गरेर भ्यालेन्टाइन मनाइरहेका हुन्छन् भने श्रीमान्ले श्रीमतीसँग अभिनय गरेर कान्छी रिजाइरहेका हुन्छन्। यस्तो खाले अभिनय गरेर दुनियाँलाई झुक्याउनेहरु भन्दा कलाकारिताको अभिनय पवित्र हुनुपर्ने हो। तर पनि फिलिम रिलिज भएपछि नातागोताहरुले के भन्लान् ? भनेर तर्साउनेहरुसँग भने अमित अझै सशंकित रहेको देख्दा हुइयाँलाई पनि कताकता डर लागेको छ।

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.