तुलसी घिमिरेले चलचित्र दर्पण छायाँपछि पनि दुई ओटा चलचित्र निर्देशन गरे तर दुवै चलचित्र असफल भए। दर्शकले चलचित्रमा नयाँ-नयाँ घुम्ती रुचाउँछन् तर तुलसी घिमिरेले हरेक पल नयाँ घुम्ती खोज्न सकेनन् फलत-असफल भए। तुलसी घिमिरे मात्र होइन, एक पटक निकै राम्रा चलचित्र दिइसकेका अनगिन्ती चलचित्र निर्देशक धेरै पटक चुकेका छन्। फलस्वरुप दर्शकले कुनै निर्देशक बाट पनि नयाँ आशा गर्न छोडिसकेका छन्। मैले अहिलेसम्म कुनै नेपाली चलचित्र हलमा गएर हेरेको छैन् तर कागबेनीचाहिँ हेर्छु। नोवेल एकेडेमी कलेज, १२ कक्षामा अध्ययनरत सुरज तन्डुकार भन्छन्, तर किन त्यो चलचित्र हेर्न इच्छुक छन् उनी आफैंलाई थाहा छैन्। चलचित्रको माध्यमबाट दर्शकलाई दिन सकिने विषय अहिले बाहिर आए जति मात्रै हैन अरु धेरै छ। त्यही सोचेर मैले चलचित्र कागबेनी निर्देशन गरेको हुँ त्यसमा नयाँ घुम्ती छ भन्ने कुरा दर्शकले सुटुक्क थाहा पाए त्यस कारण चल्नुअघि नै हेर्न तयार भए। चलचित्र कागबेनी रिलिज हुनुअघि नै भूषण दाहालले दिएको प्रतिक्रिया हो यो। चलचित्र कागबेनी हेरिसकेपछि सुरजले प्रतिक्रिया दिए म जिन्दगीमा कहिले पनि नेपाली चलचित्र हेर्दिनँ। एक पटक हिट चलचित्र दिएर पनि निकै असफल चलचित्रको सामना गर्नुपरेका निर्देशक दीपक रायमजी, दयाराम दाहाल, शिव रेग्मी, रमेश बुढाथोकी, किशोर राना, दीपक श्रेण्ठलगायत धेरै छन् जो पटक-पटक नयाँ घुम्ती दिन नसकी दर्शकलाई निराश पार्ने गर्छन्। चलचित्र दर्पण छायाँभन्दा लहना मैले नराम्रो चलचित्र बनाएको हैन, खालि त्यो विषय त्यसरी उठाउँदा दर्शकलाई मन नपरेको मात्रै हो तुलसी धिमिरे टिप्पणी गर्छन्। उनी अगाडि भन्छन्- ँदर्शकले चलचित्रको विषयमा एउटा ताजा र नौलो पना खोजिरहेका हुन्छन् मैले त्यो दिन नसकेकै कारण यी दुई वटा पछिल्ला चलचित्र दर्पण छँयाँ जति नचलेका हुन् तर यथार्थ के छ भन्दा कुनै बिरामीको अपरेसन गरेर सफल बनाउन डाक्टरलाई एउटा राम्रो अपरेसन थिएटर चाहिन्छ जहाँ त्यही थिएटर बनाएर अपरेसन गरेमा यसै भन्न सकिँदैन। हामीकाँ खै राम्रो सुटिङ स्टुडियो। जस्तो पुतलीसडकमा एउटी बच्चीलाई गाडीले हान्यो मान्छेको भीड लाग्यो, एउटा मोटरसाइकल चालक अडियो बच्ची उसकी छोरी थिइ। ऊ अत्तालियो छोरीलाई मोटरसाइकलमा लाने आँट गरेन जामका कारण, ट्याक्सी पनि पाएन, बोकेर अस्पताल गयो, चिच्च्यायो डक्टर मेरी छोरीलाई बचाइदेउ भन्दै, तर वास्तविक हस्पिटलमा कराएर बोल्न मिल्दैन। मेरो मतलब हामी कहिलेकाहीँ गहिरो विषयवस्तु सोच्न पुग्छौं तर सोचेको कुरा उचित स्टुडियोको अभावमा सजिलै खिच्न सक्दैनौं। फलतः बजेटको कारण वा लोकेसनको कारण लेख्ने समयमा नै कलमलाई रोक्नुपर्छ र त्यो राम्रो विषय हुनबाट रोकिन्छ जुन असफलताको कारण हुन सक्छ। त्यस्तै कहिलेकाहीँ कलाकारको छनोटमा पनि गल्ती हुन पुग्छ। जस्तो भारतमा परेस रावललाई कुनै कोण नै दिनुपर्दैन ऊ आफैं मिलाएर गर्छ। त्यसकारण कला बुझे-नबुझेकोमा फरक पनि पर्छ। निर्माताको क्षमता र प्रचार-प्रसारमा पनि भर पर्छ। चलचित्र साइत राम्रो बनेको थियो भनौं त्यो राम्रो खिरको रुपमा थियो तर निर्माताले खिया लागेको टिनको पातोमा पस्केर दियो, अब त्यो कसले खाने - उनी अगाडि थप्छन् अहिले बनाएको चलचित्र देशमा केटाकेटी बीचको सामन्य प्रेमभन्दा फरक खाले विषयलाई समेटिएको छ, जुन लहना र दुई किनारजस्तो पुरानो विषय हुँदैन। फेरि यसमा राजेश हमालको एक्सन डाइलगमा छ, फाइटमा होइन। मैले यसमा नि |