जसको कारण स्वर्गीय मैनालीलाई श्रद्धाको एक थुंगा फूल पनि चढाउन नपाएकोमा सहकर्मी कलाकारहरु दुःखी छन्। प्रतिभावान् कलाकारको बिदाइ कसैलाई थाहै नदिइकन गरिनु प्रतिभाको अपमान हो भनेर उनीहरुले दुःख व्यक्त गरेका छन्।
सिन्दुरपछि चलचित्र जीवन रेखामा बलवीर र वीरबलको ँडबल रोल’ समेत गरेका स्वर्गीय मैनालीले त्यसपछि निर्माण भएका सन्तान, कन्यादान, तिलहरी, के घर के डेरा, भाग्यरेखा, युगदेखि युगसम्म लगायतका सयौं चलचित्रमा अभिनय गरेका छन्। थुप्रै राष्ट्रिय सम्मान तथा पुरस्कार पाइसकेका मैनालीका दुई छोरी, एक छोरा र श्रीमती छन्। कान्छी छोरी सज्जा मैनाली नेपाली चलचित्र उद्योगकी चर्चित नायिका पनि हुन्। जेठी छोरी सच्ची मैनाली सञ्चारकर्मी हुन् भने छोरा सजीव मैनाली कलाकारितामा नै क्रियाशील छन्। केही महिनादेखि निमोनियाका कारण बिरामी परेका मैनालीको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो। बेहोसी अवस्थामै उपचार गराइरहेका मैनालीलाई नेपाल चलचित्र कलाकार संघको पहलमा सरकारले समेत सहयोग उपलब्ध गराएको थियो। थप उपचारका लागि पहल भैरहेको अवस्थामा हाँस्य अभिनेता मैनाली एकाएक सबैलाई रुवाएर संसारबाटै बिदा भए।
|
| |
|
| |
|