|
क्याफेमा कला
पश्चिमा
मुलुकमा
निकै
प्रचलचित्र
क्याफेमा
कला
प्रदर्शनीको
क्रम
नेपालमा
पनि
पछिल्ला
दिनमा
बढ्न
थालेको
छ।
खासगरी
ठमेलका
रेस्टुराँहरुमा
यस
किसिमको
कला
प्रदर्शनी
भइरहेको
पाइन्छ।
कला
मात्र
हैन
छोटो
छरितो
र
अनौपचारिक
किसिमका
साहित्यिक
कार्यक्रम
पनि
क्याफेमा
हुन
थालेका
छन्।
यस्ता
कार्यक्रमका
लागि
क्याफेको
वातावरण
भने
अलि
बेग्लै
हुनु
आवश्यक
छ।
साहित्यकार,
कलाकार
एवम्
त्यस्ता
कार्यक्रम
आयोजकले
सफा,
शान्त
तथा
फराकिलो
क्याफेको
छनोट
गरेको
देखिन्छ।क्याफेमा
कला
प्रदर्शनीको
प्रचलनलाई
पछ्याउँदै
युवा
कलाकार
भाइराज
महर्जनले
आफ्नो
तेस्रो
एकल
कला
प्रदर्शनीलाई
क्याफेमै
आयोजना
गरेका
छन्।
|
 |
नक्साल
नागपोखरीस्थित
इमा
गो
डेई
क्याफेमा
माघ
२०
देखि
फागुन
३
गतेसम्म
सञ्चालन
भएको
प्रदर्शनीलाई
भाइराजाले
उपलब्धिपूर्ण
मानेका
छन्।
क्याफेमा
गरिएको
प्रदर्शनी
उनको
यो
पहिलो
हो।
त्यसैले
उनले
यसबाट
मिश्रति
अनुभव
संगालेका
छन्।
क्याफेमा
प्रदर्शनी
आयोजना
गर्दा
दोहोरो
फाइदा
हुने
रहेछ’
भाइराज
आफ्नो
अनुभव
सुनाउँछन्-
ँकला
अवलोकनका
लागि
आउने
दर्शकले
रेस्टुराँलाई
सहयोग
पुर्याउँछन्
भने
रेस्टुराँमा
आउनेले
कलाको
प्रवर्द्धमा
टेवा
पुर्याउँछन्।’
इमा
गो
डेई
क्याफेमा
धेरैजसो
विदेशी
नागरिक
र
सम्भ्रान्त
नेपालीको
चहलपहल
हुने
रहेछ।
ँसेक्रेट
मोमेन्ट्स’
नाम
दिई
भित्तामा
टाँगिएका
भाइराजका
अनेक
रुपरंग
र
भावभंगिमाका
कलाकृतिले
क्याफेको
शान्त
वातावरणमा
सौन्दर्य
थपेको
महसुस
हुन्थ्यो।
सामुन्नेको
सुन्दर
कलाकृति
र
पृष्ठभूमिको
सुमधुर
संगीतले
क्याफेमा
छुट्टै
आकर्षा
पोखिएको
स्पष्ट
देख्न
सकिन्थ्यो।
त्यस्तो
मोहक
वातावरणमा
भाइराजा
आफ्ना
कलाकृतिबारेका
अवधारणा
व्यक्त
गर्दै
थिए।
महिला’
भाइराजले
कला
सिर्जना
गर्ने
रुचिको
विषय
हो।
महिलाका
हरेक
क्रियाकलाप,
सोचाइ,
पीडा,
उमंग,
खुसीलाई
उनी
सूक्ष्मतासाथ
अवलोकन
गर्छन्,
ग्रहण
गर्छन्
र
त्यसलाई
रंग
र
रेखाको
माध्यमबाट
व्यक्त
गर्छन्।
पछिल्लो
प्रदर्शनीमा
राखिएका
४१
थान
कलाकृतिमध्ये
अधिकांशमा
महिलाका
अनेक
भावभंगिमा
र
सोचाइलाई
उनले
क्यानभासमा
उतारेका
छन्।
नुहाइरहेका,
कपडा
फेर्न
लागेका,
कपाल
सुकाइरहेका,
बगंैचामा
काम
गरिरहेका
नारी
भाइराजका
क्यानभासमा
अटाएका
छन्।
नारीचित्रमा
उनले
प्रयोग
गरेका
रंग
र
खिचेका
आकृतिबाट
उनीहरुको
भावना
व्यक्त
भएको
देख्न
सकिन्छ।
नारीचित्रणमा
भाइराजले
धेरैजसो
रातो,
नीलो
तथा
पहेंलो
रंगको
प्रयोग
गरेका
छन्।
काम
गर्दा
आफूमा
उत्पन्न
भावना
र
नारीहरुको
अन्तरमा
प्रवेश
गर्न
यस्ता
रंग
अपनाएको
उनी
बताउँछन्।
ल्यान्डस्केप
पनि
भाइराजको
रुचिको
विषय
हो।
त्यसका
लागि
उपयुक्त
स्थानको
खोजी
गर्दै
उनले
खोकना,
बुंगमती,
प्याङ
गाउँलगायतका
गाउँहरुको
धेरै
पटक
चक्कर
लगाएका
छन्।
ती
गाउँहरु
घुम्ने
क्रममा
स्थानीय
महिलाका
क्रियाकलाप,
आचरण,
उनीहरुका
वेदना
र
उत्साहका
प्रसंगले
सिर्जनशील
कलाकार
मन
पग्लिनु
स्वाभाविक
थियो।
त्यसैको
प्रभाव
आफ्ना
कलामा
परेको
कुरा
उनी
स्वीकार्छन्।
युवा
कलाकारहरुको
संस्था
काष्ठमण्डप
आर्ट
स्टुडियोका
सक्रिय
सदस्य
भाइराज
पूर्णकालीन
कलाकार
हुन्।
सिर्जनशील
कलाको
अलावा
उनी
डिजाइनका
व्यावसायिक
काम
पनि
गर्छन्।
सिर्जनशील
होस्
वा
व्यावसायिक
उनको
भात-भान्सा
कलाकर्मबाटै
चलेको
छ।
नेपालीमा
पनि
बिस्तारै
कलाप्रति
अनुराग
बढेको
र
विदेशीले
नेपाली
कलालाई
माया
गरिरहेकाले
प्रतिबद्ध
भएर
कलाकर्ममा
लाग्नेलाई
यही
पेशाबाट
बाँच्न
गाह्रो
नहुने
उनी
बताउँछन्।
त्यसको
उदाहरणको
रुपमा
उनले
आफ्नै
समूहका
सात
सदस्यलाई
प्रस्तुत
गरे।
काष्ठमण्डपमा
आबद्ध
कलाकारहरु
पूर्णकालीन
कलाकार
भएका
र
उनीहरु
कलामै
निर्भर
भएको
उनले
बताए।
क्याफेमा
कला
प्रदर्शनी
गर्दा
कलाप्रति
बेपर्वाह
व्यक्तिहरुको
पनि
ध्यान
खिच्न
सकिने
र
नयाँ
दर्शक
पाउन
सकिने
धारणा
भाइराज
व्यक्त
गर्छन्।
व्यावसायिक
कला
ग्यालरीमा
भन्दा
क्याफेमा
प्रदर्शनी
गर्दा
बिक्रीमा
मद्दत
पुग्ने
अनुभव
संगालेका
उनले
भविष्यमा
पनि
यस
किसिमको
प्रदर्शनीलाई
निरन्तरता
दिने
सोचाइ
बनाएका
छन्।
-
व्याकुल
पाठक
|