229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर

 

   

 

बीस लाखकी ्रेरणा तीन लाखका निखिल

 कसौटीमा नाति-पनातिकी हजुरआमासमेत भैसक्दा पनि कपाल सेतो नहुनु गालामा कुनै चाउरीपना नदेखाइनुको रहस्यको बारेमा कुरा खोतल्दा उनी फेरि हाँसिन् भनिन्- ँयो बालाजी फिल्मस्को आफ्नै स्टाइल हो। जुन स्टाइल मलाई पनि मन परेको छ। 

हाल नेपाली तथा भोजपुरी भाषाका लागि एकसाथ निर्माण भैरहेको चलचित्र त्रिनेत्रमा अभिनय गरिरहेकी भारतीय टेलिभिजन शृंखला कसौटी जिन्दगीकी प्रेरणा अर्थात् स्वेता तिवारीले नायक निखिल उप्रेतीसँग आफूले नेपाली सिक्ने उनलाई भोजपुरी भाषा सिकाइदिने कुरा प्रकाशमा आएपछि उक्त कुरा निखिललाई हजम हुन सकेन।

नेपालको मधेश र्सलाहीमा भोजपुरी भाषा बोलेर हुर्केका नायक निखिल उप्रेतीलाई भोजपुरी भाषा सिकाइदिन्छु भनेर आँट गर्नु कसौटीकी नायिका प्रेरणाको दुस्साहस हो। निखिललाई नजिकबाट चिन्नेहरु भन्छन्। उता निखिल प्रेरणाले भोजपुरी मलाई होइन, मैले उल्टै उनलाई सिकाएको थिएँ भन्न चुक्दैनन्। भोजपुरी भाषामा प्रेरणाभन्दा निखिलको निक्कै राम्रो दखल छ।

यिनै स्वेता तिवारीले चलचित्र त्रिनेत्रमा २० लाख रुपियाँ पारिश्रमिक लिएको खुलासा भएको छ। चलचित्रमा प्रमुख नायिकाको भूमिकामा रहेकी प्रेरणाले उक्त पारिश्रमिकमा १२ दिन मात्र काम गरेर फर्केकी छन्। प्रेरणाकै नायकको रुपमा रहेका नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेतीको प्रेरणाको भन्दा निक्कै लामो भूमिका भएपनि उनलाई भने उही पुरानै नेपाली रेट लाख रुपियाँमा टारिएको छ। भोजपुरी चलचित्रका चर्चित निर्माता-निर्देशक मनोज नारायणको निर्माण-निर्देशनमा काठमाडौंमा छायांकन भएको पूर्ण पारिवारिक चलचित्र त्रिनेत्रमा कसौटीकी प्रेरणाको निखिलका अलावा मिथिला शर्मा, नागेन्द्र रिजाल, आशा पौडेललगायतका कलाकारको अभिनय रहेको छ। यसको निर्माण नियन्त्रण कुमार विष्टले गरेका छन्।

यही चलचित्र त्रिनेत्रको सुटिङ सेटमा कामनाको भेट कसौटीकी प्रेरणा अर्थात् स्वेता तिवारीसँग भएको थियो। उनी नायक निखिल उप्रेतीसँग निक्कै घुलमिल भएर कुराकानी गरिरहेकी थिइन्। मानौं उनीहरुबीच धेरै पुरानो दोस्ती थियो। हरेक कुराको जानकारी प्रेरणाले निखिलसँग लिइरहेको देखियो। घरी हिन्दी, घरी अंग्रेजीमा बोल्न रुचाउने प्रेरणाले आफूले पहिलो पल्ट नेपाली भोजपुरी दुवै भाषामा एकसाथ निर्माण भैरहेको चलचित्र त्रिनेत्रमा खेल्न पाउँदा ज्यादै गर्व लागेको सट ब्रेक हुनासाथ कामनासँग संक्षिप्त कुरा गर्दै भनिन्।

नेपाली तथा भोजपुरी दुवै भाषामा स्क्रिप्ट लेखिएका कारण नेपाली कलाकारलाई नेपाली भाषामा प्रेरणालाई भोजपुरी भाषामा सम्झाउने निर्माता-निर्देशक मनोज नारायणको नयाँ शैलीलाई धेरैले तारिफ गरेको पनि सुनियो। ताहाचलको सावित्री सदनको सुटिङ सेटमा निर्माता निर्देशक नारायणसमेत कलाकारको भूमिकामा रहेका कारण उनलाई मुख्य सहायक निर्देशक सानु शाक्यले निर्देशनमा सहयोग गरिरहेका थिए।

सोही क्रममा प्रेरणा एक्सक्युजमी भन्दै सेटमा गइन्। प्रेरणाको अघिपछि धेरै आगन्तुक थिए। उनीहरुको हातमा सफ्ट हार्ड ड्रिं थिए। प्रेरणा आफ्ना पाहुना साथीहरुसँग रमाइरहेकी थिइन्। प्रेरणाकै घरमा काम गर्ने भोला अर्थात् सोझा नायक निखिल उप्रेती मा सफ्ट ड्रिंक राख्दै सर् गर्दै प्रेरणा भएतिर आउने दृश्य रहेछ। उक्त दृश्यलाई वान टेक ओके गर्दै त्यहाँ हतारमा पुग्दा ट्रेको सफ्ट ड्रिंक झन्डै पोखिएन। जसको कारण उक्त सटलाई फेरि दोहोर्याएर लिनुपर्यो। निखिलचाहिँ ब्यालेन्स मिलेन भन्दै िच्च दात देखाउँदै थिए। निखिलले दात देखाएपछि प्रेरणाले पनि सफेद बत्तीसा देखाउन पछि परिनन्। दोस्रो सेटमा निखिलले ट्रे प्रेरणाको अगाडि पुर्याउँदा ओहो भोला तिमी भन्ने संवाद रहेछ। जसलाई प्रेरणाले सहज ढंगबाट बोलिन्। निखिलले ट्रेको सफ्ट ड्रिंक प्रेरणतिर बढाउँदा हातबाट लिएर उल्टै तिमी पहिला खाउ अनि खान्छु भनेर गिलास तेर्साउँदा निखिलले हडबड गर्नुपर्ने दृश्य भएका कारण दुईपल्ट टेक लिएपछि बल्ल ओके भयो।

यो दृश्य ओके भएपछि केही प्राविधिक समस्या आएका कारण केही मिनेटका लागि रेक गरियो। ब्रेकअगाडिसम्म चिसो खाने ख्वाउने काममा व्यस्त बनेका निखिल प्रेरणाका लागि गरमा गरम चिया आइपुग्यो। दुवैले चियाको सुर् तान्दै कामनासँग भने- ँछोटो समयमा नै हामी निक्कै राम्रो दोस्ती भयौं। हाम्रो दोस्तीमा तपाईंले चाहिँ आँखा लाउन पाइँदैन नि। यस्तो भन्ने क्रममा प्रेरणा निक्कै हाँसेकी थिइन्। अनि कुरो भयो- कसौटीकै। नेपालमा कसौटी हेर्नेको कमी नभएको कसौटीबाट आफू संसारभर नै चिनिन पाएकोमा प्रेरणा दंग पनि थिइन्।

कसौटीमा नाति-पनातिकी हजुरआमासमेत भैसक्दा पनि कपाल सेतो नहुनु गालामा कुनै चाउरीपना नदेखाइनुको रहस्यको बारेमा कुरा खोतल्दा उनी फेरि हाँसिन् भनिन्- ँयो बालाजी फिल्मस्को आफ्नै स्टाइल हो। जुन स्टाइल मलाई पनि मन परेको छ। नाति-पनातिको हजुरआमा भयो भन्दैमा कपाल सेतै पारेर देखा पर्नुपर्ने गालालाई चाउरी पार्नुपर्ने त्यो पुरानो जमानाको तरिका हो। यो नयाँ जमाना हो। नयाँ जमानामा हामी कहिले पनि बूढो देखिनु पर्दैन। यो सब प्रविधिको कमाल पो हो त।

यति उनले भन्न के पाएकी थिइन्, निर्माता-निर्देशक मनोज नारायणबाट आर्टिस्ट रेडी भन्ने आदेश आइहाल्यो। त्यसपछि दुवै सरी भन्दै सेटतिर दौडिहाले। सेटमा पुगेपछि प्रेरणाले निखिललाई चिसो ख्वाउनुपर्ने निखिलले खाएको जुठो गिलासको चिसो प्रेरणाले खानुपर्ने दृश्य दुवैले यति सहज ढंगबाट पूरा गरे कि हेर्नेहरु पनि तीन छक्क परे। कतिले पछाडिबाट निखिलको जुठो प्रेरणाले खाइन् भनेर खासखुस गर्न पनि पछि परेनन्। प्रेरणा चाहिँ जुठो खाएपछि माया बढ्छ भन्ने संवाद बोल्नमा व्यस्त थिइन्। - श्याम स्मृत

 
 [Kamana] [[Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.