यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

सीता र बसन्तको आगमन

हङकङमा कार्यरत गीतकार दम्पती वसन्त थापा सीता थापाको पहिलो संयुक्त गीति एल्बम ँथाहा पाएँ सार्वजनिक भएको छ। बलिउडकी चर्चित गायिका संजीवनी पहिलो इन्डियन आइडलका टप टेन गायक राहुल वैद्यका साथमा नेपाली गायक-गायिकाहरु राजेशपायल राई, अन्जु पन्त, यशकुमार, उदय सोताङ, मनिला सोताङ, रामकृष्ण ढकाल, स्वरुपराज आचार्यलगायतका स्वर रहेको छ।

आलोकश्री, सुरेश अधिकारी, रोशन लामा, तेजप्रसाद पाण्डये, चित्रलाल शर्मालगायतका संगीतकारको संगीत रहेको लोक तथा आधुनिक गीति एल्बम ँथहा पाएका प्रायः गीत चर्चामा रहेका छन्। विशेषतः भारतीय गायिका संजीवनीको आवाज रहेको ँथाहा पाएँ दोबाटोमा तिम्ले अलमल्यायौ बोलको गीतलाई धेरैले मन पराएका छन्।

त्यसै गरी संजीवनीले नै नेपाली गायक राजेशपायल राईसँग गाएको युगल गीत आजभोलि तिमीले हिँड्ने बाटो बोलको गीतले पनि चर्चा पाएको छ। राहुल वैद्यले गाएको ँतिमीले भन्थ्यौं भुल्दिन तर बिर्सी दीयौ बोलको गीत पनि उत्तिकै मन छुने खालको छ।

एक दशकदेखि हङकङमा बसोबास गर्दै आएका वसन्त सीतालाई लेखन कलाले नै आपसमा नजिक बनाएको हो। दुवै बीच दुई दशकअगाडि नेपालमा रहँदा नै अन्तरजातीय प्रेम विवाह भएको हो। दुई छोरा भएलगत्तै कामको सिलसिलामा हङकङ पुगेका गीतकार दम्पतीले हङकङमा अत्यन्त व्यस्तताका साथ दिन बिते पनि फुर्सदका बेला मनका भावना गीतबाट नै पोख्ने गरेको बताए।

पहिलो पल्ट थाहा पाएँ एल्बम निकाल्दा धेरै कष्ट झेल्नुपर्दोरहेछ, अब निकाल्ने दोस्रो गीति एल्बममा त्यस्तो हुँदैन होला वसन्तले भने। भारतको मुम्बईमा समेत पुगेर त्यहाँ कार्यरत रहेका गायिका संजीवनी तथा गायक राहुल वैद्यलाई आफ्ना गीत गाउन लगाउन पाएको क्षण अविस्मरणीय रहेको बताउने गीतकार वसन्त अगाडि भन्छन्- ँगायिका संजीवनीले केही हदसम्म धेरै नेपाली गीत गाइसकेकीले नेपाली बुझ्ने रहिछन्। तर राहुल वैद्यलाई नेपाली भाषाको त्यति जानकारी रहेनछ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.