|
|
इटहरी नगरपालिकाभित्र रहेको सिस्म हलभित्रको मूर्ति होस् वा पोखरा बजारमा रहेको भकुण्डोको सालिक आफ्नो कलामा सबैले चित्त बुझाएको अनुभव सुनाउँछन् उनी।
मोरङको टंकीसिनुवारीमा जन्मिएका अशेष दाजु विक्रमको कामप्रतिको लगावलाई अहिले हुबहु उतार्ने भएका छन्। दाजुले गरेको काममा नजिकबाट अवलोकन गरेको अनुभव लिएपछि आफैंले नौलो स्वरुपमा कामको शुरुआत गर्दै आएका छन्। दाजुको प्रेरणामा उनले बुद्धका कलात्मक मूर्तिदेखि ओशो रजनिस, लक्ष्मीप्रसाद देवकोटा, बालागुरु षडानन्द, कवि नरेन्द्र चापागाई, विश्वेश्वरप्रसाद कोइराला र मंगलदास गुरुलगायतको मूर्ति निर्माण गरेका छन्। इटहरीको काव्य बाटिकामा रहँदा उनले दाजुकै सहयोगमा अन्य थुप्रै मूर्ति निर्माण गरे।
इटहरीमा
रहँदा
आफ्नो
बाबुले
जोडेको
घरजग्गा
धितोमा
राखी
दाजु
विक्रमश्रीले
बैंकको
ऋण
लिएर
विभिन्न
सिर्जनात्मक
काम
गरेपनि
व्यावसायिक
रुपमा
असफल
भएपछि
घरजग्गा
नै
बैंकले
लिलामी
गर्यो।
त्यसपछि
उनको
परिवार
अहिले
कष्टकर
बनेको
छ।
इटहरीकै
ट्याङ्ग्रा
खोलानजिकै
रहेको
जग्गामा
सामान्य
घर
बनाएर
बस्दै
आएका
तिम्सिना
परिवारका
माहिला
छोरा
मेघराज
अशेषले
बनाएका
थुप्रै
मूर्ति
अहिले
पनि
सो
घरमा
राखिएका
छन्।
इटहरी रहँदा खुट्टाको सहाराले अपा·को मूर्ति र मनको प्रतीक बनाएको अनुभव सुनाउने उनी अब खुट्टाकै मद्दतले सालिक बनाउने योजना रहेको बताउँछन्। नेपालजस्तो सानो मुलुकमा कलाकारको उचित मूल्यांकन नहुँदा विभिन्न पेसामा आबद्ध हुनुपर्ने बाध्यता रहेपनि आफू भने यसै पेशामा जिउने योजना रहेको उनले सुनाए। दशक बितिसक्दा पनि कामको मूल्यांकन नभएपछि अहिले उनी थप नौलो सिर्जनाका लागि राजधानी पुगेका छन्। राजधानीमा आफन्त र वरिष्ठ कलाकारको संगत रहे थप नौलो काम गर्ने योजना बनाएका उनले अहिले र·मञ्चमा आफ्नो अनुहार देखाउन थालेका छन्। कलाकार सुनिल पोखरेलको गुरुकुलमा नाटकको अनुभव सँगाल्न थालेका अशेषले त्यहीं बसेर विभिन्न स्थानमा पोट्रेट र अन्य चित्रसमेत बनाउँदै आएका छन्। - आनन्द कोइराला/धरान
|
| |
|
| |
|