यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

राष्ट्र गानको चर्चा

 

सयौ थुँगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिको कोटी कोटी सम्पदाको आँचल

वीरहरुका रगतले स्वतन्त्र अटल

ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाति भाषा धर्म सस्कृति छन विशाल

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल

यो हो हाम्रो नयाँ राष्ट्रगान। सारा नेपालीको शिर उचो राख्ने, छाती गर्विलो बनाउने, समन्वय भ्रातृत्वको साँग्लो बाँध्ने, सरल सहज राष्ट्र गुञ्जन हो यो हाम्रो। हर नेपलीको धडकन मात्र हैन अन्तराष्ट्रिय पहिचान पनि हो यो हाम्रो।

गत साउन १८ गते संसद् भवनबाट सार्वजनिक भएपछि करिब १५ महिनाको शून्यतालाई चिर्दै अहिले हर नेपालीको ढुकढुकी चियाउन थालेको राष्ट्रगानले। लामै समयको अन्तराल भए तापनि आफ्नो राष्ट्र धुन पाएर नेपालीहरु भाग्यमानी भएका छन्। यसरी सारा नेपालीको ढुकढुकीलाई शब्दमा बाँध्ने सर्जक व्याकुल माइला अर्थात् प्रदीपकुमार राई लयमा सुरबद्य पार्ने सर्जक वरिष्ट संगीतकार अम्बर गुरुङले ऐतिहासिक कृति राख्न सफल भएका छन्।

सांगीतिक र्सिजनामा दशकौं अर्पंदै नेपालीलाई हजारौं कालजयी गीतहरु सुम्पेर वरिष्ठतामा दरिएका दर्जीलिङे प्रतिभा अम्बर गुरुङले नेपालीहरुको ह्रदयमा अझ उचो स्थान पाएका छन्। त्यसै गरी शब्दकार व्याकुल माइला पनि सारा नेपालीको हृदयमा बस्दै साधारण जीवनबाट एकाएक नेपालकै ऐतिहासिक अमर व्यक्तित्व बन्न पुगे। जनआन्दोलन- को भावना मर्मलाई नै शब्दमा उनेर राष्ट्रगान बनेको भन्ने उनको भनाइले परिवर्तित नेपालका नेपालीलाई अझ सकुन दिलाएको छ। त्यसो राष्ट्रले यी दुई स्रष्टालाई जनही लाख पारिश्रमिक दिएर राम्रै सम्मान गरेको छ।

एक मिनेटको राष्ट्रगान धुनमा पाश्चात्य संगीतको ज्याज धुनलाई पनि समायोजन गरी जी माइनरको स्केलमा तयार पारिएको सर्जक अम्बर गुरुङको कथन छ। तमाम नेपालीको लोक संगीतको प्रतिनिधित्व गर्दै साथमा मादले ताल पनि समायोजन गरिएको उनको भनाइ रहेको छ। बालकदेखि वृद्धसम्म तथा मृत्युदेखि उत्सवसम्म मात्र हैन विदेशीहरुमाझ आफ्नो पहिचान दिलाउँदै हर क्षणमा सटिक लाग्ने धुन सिर्जना गर्न कम्ता गाह्रो थिएन भन्दै गुरुङले आफ्नो कठिनाइ पोखे।

त्यसो नयाँ राष्ट्रगानले कैयौं टिप्पणीसमेत खेप्नुपरेको छ। कोही भन्छन् शब्द संयोजन फितलो कोही भन्छन् धुनमा प्रबलता सरलता पाइएन, पप शैलीको संगीतजस्तो लाग्यो। कसैलाई छनौट प्रक्रियामै चित्त बुझेको छैन। सार्वजनिकरुपमा सर्वसम्मत छानिएको भए हुन्थ्यो भन्दै गुनासोसमेत पोख्ने गर्छन्। राष्ट्र गान धुनका प्रणेता स्वयम् गुरुङले पनि सबै पक्ष ठीक भन्न सकेका छैनन् भने सार्वजनकीकरणमा आफूले सोचेजस्तो नभएको गुनासो पनि संचारमाध्ययमा सुनिएकै हो।

तर यस्ता टिप्पणीप्रति वरिष्ठ संगीतकार बुलु मुकारुङ भन्छन्- धेरै उतार चडाव खोज्नु हुँदैन सबैले गम्भीर भएर सोच्नुपर्छ। प्रत्येकले आफ्नो अनुकूलता नखोजेर संयमित भएर सोच्नुपर्छ। राजनीतिसँग मात्रै जोडेर हेरिनु हुँदैन। हुन विदेशीले समेत हाम्रो राष्ट्रगानलाई मन पराएको प्रसंग पनि सुन्न पाइएको छ। अझ राजनीतिक नेताहरु यसलाई सांस्कृतिक हिसाबले पुरानो युगको अन्त्य भई नयाँयुगको थालनी भएको समेत ठान्ने गर्छन्।

अम्बर गुरुङकै पुत्र शरदको संगीत संयोजनमा गणबहालस्थित प्लाटिन स्टुडियोमा रेकर्ड गरिएको राष्ट्रगानमा २० कलाकारको स्वर गुञ्जिएको छ। जसमा ज्ञानु राणा, यम बराल, राजेश पायल राई, शिशिर योगी, विमला राई, सुनिता सुब्बा, अन्जु पन्त, अजय थापा, अनिलमान महर्जन, गंगा न्यौपाने, चन्दा देवान, जयनन्द लामा, झुमा लिम्बू, बेनुका राई, नारायण ओली, राजेन्द्रमान श्रेष्ठ, राम गुरुङ, रिना भुसाल, रुपा झा सिर्जना श्रेष्ठ रहेका छन्। राष्ट्रगान रेकर्डिङका निम्ति संस्कृत मन्त्रालयले साढे तीन लाख रकम छुट्टाएको थियो।

संगीत समीक्षक प्रकाश सायमीका अनुसार नेवारी भाषाका चर्चित गीत राजमति कुमतिलाई नै पहिलो पटक लन्डनमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालको राष्ट्र गानको रुपमा गाएका थिए। जसलाई त्यही एक पटक मात्र गाइएको थियो। त्यसपछि स्व. बखतबहादुर बुढा प्रीतिको धुनलाई नै राष्ट्र धुनको रुपमा गुञ्जाउँदै आएकोमा पछि त्यही धुनमा चक्रपाणि चालिसेले शब्द भरी श्रीमान् गम्भीरलाई १९८२ साल जेठ १८ गतेदेखि राष्ट्रगानको रुपमा गाइएको थियो। दोस्रो जनआन्दोलनपछि २०६४ जेठ गते बसेको प्रतिनिधिसभाले सो राष्ट्रगान जनभावनाअनुसार नभएको भन्दै खारेज गरेका थिए। यस हिसाबले करिब सय वर्षको अन्तरालपछि नेपालीले तेस्रो नयाँ राष्ट्रगानको रुपमा सयौं थुँगा फूलका हामी एउटै माला पाएका छन्। मञ्जु गुरुङ

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.