यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

नेपाली धड्कन प्रशान्त

तिखेर सोनी इन्टरटेन्मेन्ट टेलिभिजनतिर आँखा नलगाउने दर्शक कमै होलन्। हरेक बिहीबारदेखि शनिबारसम्म बेलुकीको समय सबैले सोनीकै नाममा खर्चेका छन्। महिनादेखि निरन्तर रुपमा सञ्चालन भैरहेको कार्यक्रम इन्डियन आइडल यतिखेर सबैको चर्चाको विषय बनेको छ।

यस पटक नेपाली दर्शकमाझ यो कार्यक्रम गम्भीर चासोको विषय बन्नुमा विशेष कारण छ। त्यो हो नेपालीमूलका प्रतिभाशाली कलाकार प्रशान्त तमाङको सहभागिता। उनी टप टेन, टप फाइव, हुँदै फाइनल अर्थात् टप टुमा पुगिसकेका छन्।

शुरुमा दार्जीलिङ क्षेत्रको मात्र चासोको विषय बनेका प्रशान्त पछिल्ला दिनमा भारतका हरेक नेपाली बस्तीहरु मात्र नभई नेपालभित्र पनि उत्तिकै चर्चित बने।

भारतमा रहेका लाखौं नेपाली उनलाई इन्डियन आइडलको गन्तव्यमा पुर्याउन अहोरात्र खटेको देखेर नेपालमा पनि होस्टेमा हैंसेको वातावरण बन्दै गयो। विशेष गरी पूर्वी नेपालका युवाहरुले ठाउँ-ठाउँमा सामूहिक चन्दा उठाएर एसएमएसका माध्यमबाट भोटिङ गरिरहेको पाइयो। नेपालबाट यस्तो सुविधा उपलब्ध नभएपछि भारतीय भूमिमै गएर उनीहरु भोटिङ गर्न पछि परेनन्। एउटा नेपालीमूलको ठिटो इन्डियन आइडल बन्न सक्ने प्रबल सम्भावनाको संघारमा पुगेपछि उसलाई सफलतातर्फ डोर्याउन गरिएको यो प्रयासमा सबै नेपालीले नैतिक समर्थन गरेको देखियो।

टप थ्रि छनोटको पूर्वसन्ध्यामा आफ्नो गृहनगर दार्जीलिङ पुगेका प्रशान्तलाई गरिएको स्वागतको तौरतरिका सम्पूर्ण नेपालीका लागि दिल छुने खालको देखिन्थ्यो। ढाकाको दौरासुरुवाल नेपाली टोपीमा सजिएका उनलाई टिभीमा देख्ने जो-कोही नेपालीले पनि भाव विभोर भएर सफलताको कामना गरे। यो घटनाले हामीलाई के कुरा सिकाएको भने बाध्यताले जो जहाँ रहे पनि सम्पूर्ण नेपाली एक हौं। यतिखेर नेपालीका भावनात्मक एकताका प्रतकि बनेका प्रशान्तको अन्तिम ँपोजिसन जे भए पनि टप टेनमा प्रवेश गर्दादेखि नै उनले यो प्रतिस्पर्धा जितिसकेका छन्। अर्थात् उनी सम्पूर्ण नेपालीका इन्डियन आइडल भैसके। गृह नगरको उक्त भ्रमणका बारेमा उनले भने- ँहिजोसम्म मलाई आफन्त साथीभाइ बाहेक कसैले चिन्दैनथे तर आज मलाई संसारले चिन्यो।

टप थ्रिबाट बाहिरिएका पश्चिम बंगालका इमोन चर्टर्जीले पनि प्रतिस्पर्धाका दौरान आफूलाई एउटा राम्रो गायकका रुपमा परिचित गराएका थिए। आफन्तलगायत धेरै ँफ्यानका लाडला बनेका इमोनले १७ वर्षो कलिलो उमेरमै त्यो स्थान पाउनु उनका लागि गर्वको विषय हो। टप थ्रिबाट बाहिरिँदाको क्षणलाई मूल्यांकन गर्दै उनले भने- ँइन्डियन आइडल बन्न नसके पनि एउटा सफल गायक बनेर देखाइदिनेछु।

जजहरुको आपसी कटाक्ष तीखो मूल्यांकनका साथ अघि बढेको यस पटकको इन्डियन आइडलमा महिला सहभागितालाई भोटिङको नतिजाले अवमूल्यन गरेको पक्ष भने सबैका लागि खट्किएको विषय हो। स्मिता अधिकारी टप टेनको संघारबाट आउट भएपछि दर्शकले समेत नमीठो अनुभव सुनाए। त्यस्तै सहभागीमध्ये संगीतको मर्मलाई नजिकबाट बुझेकी अत्यन्त मीठो स्वरकी धनी चारु टपटेनबाट बाहिरिँदा उनी आफैंलाई विश्वास लागेन। उता दीपाली पूजाजस्ता उम्दा गायिका टप फाइवमा प्रवेश गर्न नपाउँदै बाहिरिएपछि सबैले बेग्लै खाले लख काटे। एसएमएस गर्ने युवाहरु महिला सहभागिताको महत्वप्रति गम्भीर नरहेको भन्ने निर्क्यौल निकालियो।

उच्च आत्मविश्वास दर्शक तताउने प्रस्तुतिका कारण टप फोरसम्म पुगेकी अंकिता मिश्रको गायन स्तरीयता स्मिता, चारु, दीपाली पूजाभन्दा अब्बल दर्जाको थियो भन्न मिल्ने अवस्था भने थिएन तर पनि उनले यस पटक आफ्नो पहिचान बनाइन्।

टप टुमा पुग्न सफल इन्डियन आइडलका अर्का दाबेदार अमित पल एक पटक प्रतियोगिताबाट बाहिरिएर पुनः प्रवेश पाएका प्रतिभा हुन्। उनले पुनः प्रवेशपछिका प्रतिस्पर्धामा आफूलाई यति खरो रुपमा उतारे कि सबैको मुखबाट वा वा मात्र निस्किरह्यो। सबै खाले गीतलाई सरल रुपमा आफ्नै शैलीमा प्रस्तुत गर्न सक्ने अमितलाई जजहरुले समेत अद्वितीय प्रतिभाका रुपमा मूल्यांकन गरे।

सबैले एकपछि अर्को प्रतिस्पर्धामा आफूलाई निकै खरो रुपमा प्रस्तुत गरेको पाइयो। कडा अभ्यास दिनदिनै वृद्धि हुँदै गएको आत्मविश्वासका कारण टप थ्रि मा पुगेका गायकहरुका बारेमा मूल्यांकन गर्नुभनेको सहज काम होइन। टप टेनदेखि नै १९-२० हुँदै आएको प्रतिस्पर्धाको यो यात्रामा सम्पूर्ण कलाकार उम्दा साबित भएका छन्।

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.