|
|
कुनै नायिकाभन्दा कम नदेखिए पनि म गायिका हुँ, गाउनु मेरो काम हो, यसैमा म व्यस्त रहन्छु, नायिका बनेर अगाडि बढ्ने कुनै सोच छैन- उनले भनिन्। दोहोरी गीतकी गायिका भनेपछि उही पुरानै शैलीमा गुन्युचोली लाएर हिँड्नुपर्ने मान्यतामा आफू नरहेकी र नयाँ पुस्ताको सोच र चाहनाबमोजिम अलि ग्लेमर्स भएर हिँड्ने मेरो रहर पनि हो भन्दै उनले भनिन्- ँनेपाली लोक गायनमा समयअनुरुप परिवर्तन गर्नु हाम्रो दायित्व पनि हो। सोही कारण लोक दोहोरी गायनलाई अलिकति भए पनि ँग्लेमर्स फ्लेवर’ मिसाएर परिवर्तन गर्दै ल्याएकी छु।’ जल शाह, रेखा थापा, झरना थापालगायतका नायिकासँग निशाको राम्रो दोस्ती छ, त्यसैले उनीहरुसँग फोनवार्ता र डिनर नहुने कुरै भएन। ँपानमा पराग’ लोक दोहोरी एल्बममा नायक भुवन केसीलाई दोहोरी गाउन लगाएर निक्कै चर्चामा आएकी निशाले केही महिनाअगाडि मात्र नभन मायाले नामक दोस्रो लोक दोहोरी एल्बम निकालेकी छन्। नभन मायाले नामक उक्त लोक दोहोरी एल्बममा निशाले यस पल्ट नेपाली तारा दीपक लिम्बूलाई दोहोरी गाउन लगाएकी छन्। लोक दोहोरी गाउने क्रममा हारजित हुँदा पोइल या जोइल जानुपर्ने पुरानो र्सत विदेशमा हुने कार्यक्रममा राख्ने गरेको खुलासा पनि उनले गरिन्। प्रायसँग जित्ने गरेको बताउने गायिका सुनारले जोइल ल्याएको भए आजसम्म दर्जनौं श्रीमान् हुने थिए, कति त मसँग आउन पनि तयार थिए तर उनीहरु सबैलाई नो चान्स भनिदिएँ- उनले भनिन्। हालै मात्र पर्यटन व्यवसायी पवन गोयलसँग विवाह बन्धनमा बाँधिएकी गायिका सुनार चाँडै नै आमा बन्ने पक्षमा छैनन्। दुई-चार वर्ष सांगीतिक क्षेत्रमा करिअर बनाउँला अनि सोचौंला भन्ने गायिका सुनार विदेशमा हुने सांगीतिक कार्यक्रमको सिलसिलामा नै नेपाली चलचित्रका कलाकारसँग गाढा दोस्ती भएको बताउँछिन्। त्यो दोस्तीले आफूलाई कतिपय स्थानमा गायिकाभन्दा पनि नायिका नै भन्ने गरेको उनले बताइन्।
|
| |
|
| |
|