|
|
टोरोन्टोको नमस्ते रेडियो - गोविन्दसिंह रावत - प्रचारप्रसारको सशक्त माध्यम ठानिएको रेडियोका कारण जनता धेरै कुरामा सुसूचित हुने डरले राणा प्रधानमन्त्री जुद्धशमशेरले सन् १९४१ को दोस्रो विश्वयुद्धताका रेडियो जफत अभियान शुरु गरे। जसमा लगभग ४ सय रेडियो जफत गरिएको मानिन्छ। रेडियोको आविस्कार भएपछि यो मानवीय जीवनको बौधिक खुराकसँगसँगै मनोरञ्जनको एक मात्र साधन भएर विस्तारै सामाजिक उत्थानको अनिवार्य अंग बन्न थाल्यो। नेपालमा रेडियोको थालनी गर्ने श्रेय तारणीप्रसाद कोइरालालाई जान्छ भने जग हाल्ने काम काशीराज पाण्डेले गरेको कुरा पनि बिर्सन हुँदैन। रेडियोको थालनीको इतिहास केलाउँदा रोचक प्रसंग अगाडि आउँछन्। भनिन्छ, ब्रिटिस भारतमा सन् १९२४ पछि रेडियो प्रसारणका अभ्यास शुरु हुँदा भारतीय सेना -ब्रिटिस गोर्खा) तथा भारतका अन्य क्षेत्रमा कार्यरत नेपालीहरूले रेडियो सुन्ने मौका पाएका थिए। भारतमा सन् १९३२ देखि नै बीबीसीले भारतसहित अन्य ब्रिटिस उपनिवेशमा रेडियो प्रसारण सेवा शुरु गराइसकेको पाइन्छ भने सन् १९३६ मा अल इन्डिया रेडियो स्थापनापछि रेडियो भएका नेपालीहरुले पनि नेपालभित्र रेडियो सुन्न थालेको अनुमान लगाउन सकिन्छ। जुद्धशमशेरको शासनकाल शुरु भएपछि काठमाडौंका राणा खलकहरू र उनीहरूका केही विश्वासपात्र परिवारहरुमा रेडियो सेट राखेर विदेशी रेडियो कार्यक्रम सुन्ने चलन शुरु भएको थियो। नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा पहिला नेपालमा रेडियो भित्रिएको प्रसंगबारे चर्चा गरौं। मदनमणि दीक्षितका अनुसार उनका कान्छा काका देवमणि दीक्षितले सन् १९२९ मा बेलायतबाट झिकाएको रेडियोलाई उनले काठमाडौंको सातौं रेडियो मानेका छन्। तर पहिलो रेडियोबारे उनी मौन छन् भने पहिलो रेडियो कुनै तत्कालीन राणा प्रधानमन्त्री वा उच्चपदस्थ राणा परिवारसँग हुनुपर्ने अनुमान लगाउन सकिन्छ। कमलमणि दीक्षितले पनि आफ्ना काकाबाजे नरेन्द्रमणि दीक्षितको घरमा वि.सं. १९९५ (सन् १९३८) तिर रेडियो आएको कुरा बताएका छन्। प्रचारप्रसारको सशक्त माध्यम ठानिएको रेडियोका कारण जनता धेरै कुरामा सुसूचित हुने डरले राणा प्रधानमन्त्री जुद्धशमशेरले सन् १९४१ को दोस्रो विश्वयुद्धताका रेडियो जफत अभियान शुरु गरे। जसमा लगभग ४ सय रेडियो जफत गरिएको मानिन्छ भने बनारस हिन्दू विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ उपाधि पाएका इन्जिनियर काशीराज पाण्डेसँग भएको रेडियो भने जफत नगरेर उनलाई रेडियोका बारे अध्ययन गर्न थप जफत भएका रेडियोहरु पनि उपलब्ध गराइएको थियो। पाण्डेले द्वितीय विश्वयुद्धमा भाग लिएर फर्केका नेपाली सैनिकहरूले युद्धमा प्रयोग गरेका वायरलेसको उपयोग गरी माघ २००३ -जनवरी १९४७) मा नेपाल ब्रोडकास्टिङको नामबाट रेडियो प्रसारण शुरु गराएका थिए। प्रारम्भमा आधा घण्टाका लागि शुरु भएको नेपाल ब्रोडकास्टिङमा काशीराज पाण्डे पहिलो उद्घोषक थिए। पछि गएर गोरखापत्रका तत्कालीन सम्पादक प्रेमराज शर्मा अर्का उद्घोषक भएका थिए। राणा प्रधानमन्त्री पद्मशमशेर राणाले शुभारम्भ गराएको नेपाल ब्रोडकास्टिङ रेडियोको प्रसारणलाई बढीभन्दा बढी श्रोतासम्म पुर्याउन सर्वसाधारणलाई रेडियो राख्न पाउने गरी पद्मशमशेरले साउन २००३ मा फुकुवा हुकुम दिएका थिए। पद्मशमशेरपछि मोहनशमशेर श्री ३ भएपछि उनको दबाबमा केही महिना चलेर नेपाल ब्रोडकास्टिङ बन्द भयो। मोहनशमशेर आफैंले २००५ सालमा ँमोहन आकाशवाणी’को नामबाट रेडियो प्रसारण सेवा शुरु गराएका थिए। यही ँमोहन आकाशवाणी’को भोजपुर शाखामा भएको सेटबाट नेपाली कांग्रेसका मुक्ति सेनाका योद्धाहरूले २००७ साल मंसिरको अन्त्यमा रेडियो प्रसारण गराएका थिए भने पछि गएर २००७ साल माघको अन्त्यतिर तारिणीप्रसाद कोइरालाले आफ्ना सहयोगीहरुसँग मिलेर विराटनगरबाट ँप्रजातन्त्र नेपाल रेडियो’को नामबाट प्रसारण सेवा सञ्चालन गराएका थिए। सात सालको क्रान्तिबाट राणाशासनको अन्त्य भएपछि यही ँप्रजातन्त्र नेपाल रेडियो’ काठमाडौंबाट प्रसारित हुने ँनेपाल रेडियो’ बन्न पुग्यो, जसको नाम पछि फेरेर ँरेडियो नेपाल’ बनाइयो। रेडियो नेपालले पनि ३० वर्षसम्म राजतन्त्र र पञ्चायतको गुनगान गाउँदै बस्यो। नेपालबाहिर नेपाली रेडियो प्रसारण प्रारम्भ गर्नेहरुको इतिहास खोतल्ने बेला पनि आएको छ। सम्भवतः भारतबाट नै नेपालबाहिर नेपाली भाषाको रेडियो प्रसारण शुरु भएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ भने त्यसपछि बर्मा, चीन, रुस आदि हुँदै अन्यन्त्र मुलुकमा पनि नेपाली भाषाको रेडियो प्रसारण सेवा शुरु भएको पाइन्छ। नेपालबाहिर रेडियो स्थापनाको कुरा गर्नुपर्दा भारतबाट अल इन्डिया रेडियोले नेपाली भाषामा प्रसारण प्रारम्भ गरेको देखिन्छ। भारतको दार्जीलिङ जिल्लामा नेपाली भाषीहरुको बाहुल्यता भएकाले अल इन्डिया रेडियोअन्तर्गत खर्साङ रेडियोले पूरै अवधिभर नेपाली भाषाको कार्यक्रम प्रसारण गर्दे आएको पाइन्छ। त्यसपछि चीन सरकारले नेपालसँगको |