यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

चुम्बनको लहर

अठार वर्षअगाडि जसरी चलचित्र मनोकामनामा शिव श्रेष्ठले करिश्मा मानन्धरसँग लाज मानीमानी दिएको चुम्बनको दृश्य यतिखेर नयाँ पुस्ताका नायक-नायिकाका लागि अनौठो नलाग्न सक्छ। नयाँ पुस्ताकी नायिका अरुणिमा लम्साल झन् यो मामला उद्धार देखिएकी छन्।नाकिया लम्सालले चलचित्र घायलमा नायक निखिल उप्रेतीसँग अर्को चलचित्र हामी साथीभाइमा नायक दिलीप रायमाझीसँग निर्धक्क चुम्बनको दृश्य दिएकी छन्।

पाश्चात्य फिल्मको शैलीमा नेपाली चलचित्रमा पनि यस्तो दृश्यको फेसन धमाधम भित्रिने क्रम बढेको छ।

पहिला गीतको दृश्यमा नायिकाको गालामा हल्का चुम्बन गर्ने चलन थियो भने हाल आएर माया दर्शाउने नाममा लाजमर्दाे तवरले चुम्बन गर्ने चलन चलेको छ। यसले नेपाली समाजमा गम्भीर असर पार्ने भएकाले आफूले अहिलेसम्म त्यस्तो दृश्य नदिएको नायिका रेखा थापाले बताएकी छन्। हल्का रुपमा नायकको चिउँडो या गालामा चुम्बन गरेर माया दर्शाउनु स्वाभाविक भए पनि ँटङ किस नै गर्ने कुरामा आफू सहमत हुन नसक्ने जानकारी पनि उनले दिइन्।

यसै विषयमा रेखाले नै निर्माण गरेको तेस्रो चलचित्र किस्मतमा कोरियोग्राफर वसन्त श्रेष्ठले नायक विराज भट्टसँग टङ किस गर्नुपर्ने दृश्य सिर्जना गरेपछि कोरियोग्राफर श्रेष्ठसँग रेखाको भनाभन नै परेको थियो।

 

 

टङ किस नै गर्ने काम गर्दिन भनेर अडान लिएपछि कोरियोग्राफर श्रेष्ठ हार्नुपरेको थियो। पछि रेखाले भनेजस्तो गरी सिन खिचिएको थियो।

कलाकारले पनि अलि असहज हुने दृश्य दिन्न भनेपछि कसैले पनि जबर्जस्ती गर्न सक्दैन भन्ने यो बलियो उदाहरण हो। चलचित्रमा कलाकारले गरेको सिको आजका युवा पुस्ताले सिधै नक्कल गर्ने भएका कारण भरसक यस्ता यौनजन्य दृश्य राख्न नहुने बौद्धिक वर्गको पनि राय छ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.