|
|
नयाँ पुस्तामा यो गीतका गायक श्रेष्ठ हुन् भन्ने परेको छ, अर्थात् गीत गायक बुद्ध भन्ने नयाँ इतिहास रचिएको छ। यसले पुरानो इतिहास बिस्तारै मेटिँदै गएको देखिन्छ। यो इतिहास मेट्ने काम संगीतकार राम थापाले गरेका हुन्। यसलाई सघाएका मात्र हुन् श्रेष्ठले। ँहामी धेरै साना छौं, हाम्रो मुटु सानो छ, यो सानो मुटुमा विशाल देश छ’ बोलको एउटा बाल गीतलाई पनि रिमिक्स गर्ने नाउमा क्षतबिक्षत पारिएको छ। दुई दशक अगाडि कक्षागत गीतका रुपमा गणेश रसिकद्वारा लेखिएको यो गीतले बाल-बालिका भविश्यका कर्णधार हुन् भन्ने सन्देशका साथै उनीहरुलाई हौसला जगाउने खुराक दिएको छ। पछिल्ला दिनमा यही गीतलाई ँएक्स मन्त्र’ नामक एउटा पप्ब्याण्डले यति विकृत रुपमा प्रस्तुत गर्यो कि यसले मानिसमा रिमिक्स र पप् संगीतप्रति नै वितृष्णा फैलाइदियो। उक्त गीतका सब्दहरु अशुद्ध तवरबाट उच्चारण मात्र भएनन् संगीत माथि नै अन्याय भएको देखियो। ओपल इन्टरनेशनल अडियोको प्रस्तुति रहेको उक्त अडियोमा गायक र अन्य कलाकारलाई अस्वाभाविक तवरले ँमेकअप’ गरी भूत-प्रेत कै रुपमा प्रस्तुत गरिएको देखिन्छ। यस्ता खाले रिमिक्स र रिमिकले मौलिक गीत/संगीतमाथि अन्याय गरेको र्ठहर्छ। यी त साना उदाहरण मात्र हुन्, यस्ता अनगिन्ती गीत अहिले रिमिक्स र रिमेकको नाममा नयाँ-नयाँ गायक-गायिकाले गाएका छन्। जसबाट इतिहास मोड्ने प्रयत्न भएको देखिन्छ।
माइतीघर चलचित्रको गीत ँम प्यार बेचिदिन्छु’ रियाज म्युजिकले पहिल्यै रिमिक्स गरिसक्यो भने अहिले त्यो गीत रिवेल क्रियसनले पनि रिमेक गरिरहेको छ। यसका लागि किरण खरेलले पहिला अनुमति दिएका थिए तर यस चलचित्रका निर्माता नन्दकिशोर तिमल्सिनाकी श्रीमतीले किरण खरेलले दिन नमिल्ने दाबी गरेपछि रिवेल क्रियसनका गगन प्रधानले माइतीघरका आठै ओटा गीत किनेर उनको चित्त बुजाइदिएका छन्। आफूले रिमिक्सको लागि गीत दिएर गल्ती गरेको महसुस गर्दै किरण खरेल भन्छन्- ँपुरानो गीत नयाँ पुस्तामा पनि छाउनु राम्रो कुरा हो तर विकृत ढंगले रिमिक्स गरिनुचाहिँ कदापि राम्रो होइन। गीतको सौन्दर्य नै बिग्रिने गलत तरिकाले यहाँ रिमिक्स हुँदोरहेछ। यो चाहिँ राम्रो हैन। रियाज म्युजिकले म प्यार बेचिदिन्छु बोलको गीतमा गरेको छायांकन देखेर त म झस्किएँ। मैले अहिले रिवेल क्रियसनलाई पनि माइतीघरको दुइटा र सिन्दुरको एउटा गीत दिएको छु, राम्रो गर्छु भनेका छन्, त्यो हेरेर मात्रै अरु गीत दिन्छु।’ चलचित्र सिन्दुरमा तारादेवीले गाएको वनमा फूल्यो फूलै फूल बास्ना चल्यो मनैमा बोलको गीत रिवेलले रिमेक गरिरहेको छ। रिमिक्सको विकृति रोक्न र नयाँप्रतिभाको आग्रह अस्वीकार गर्न नसकी केही गीत बाध्य भएर रिमिक्स गर्न दिएको संगीतकार शम्भुजिक बाँसकोटा बताउँछन्। उनी भन्छन्- ँमैले गाउन सक्ने गायकले मात्रै गाउन् र गीतको स्वरुप नबिगारुन् भनेर केही गीत दिएँ तर रिमिक्स गर्नेहरुले पाश्चात्य रिदम र र्याप हालेर रिमिक्सको नाममा विकृति भित्र्याएका छन् म यस्तो रिमिक्समा सहमत छैन। गीतकार, सगीतकार र गायक तीनै जनाले गीतमा कुनै नयाँपन दिन सक्ने बुझेमा रिमेक गर्न सकिन्छ अन्यथा यो ठीक छैन।’ रियाज म्युजिकले वनमा फुल्यो फूल
शम्भुजितको आरोपको प्रतिवाद गर्दै रियाजका मैनेजर तथा गायक सुमन श्रेष्ठ भन्छन्- ँहिउँभन्दा चिसो, नाचिदेउ मैच्याङ, कान्छीलाई घुमाउने काठमाडौं शहरलगायत बोलका गीतलाई हामीले मागेजति पैसा तिरेर लियौं तर ती गीत निर्मातासँग लिनुपर्ने भएकाले उहाँलाई नसोधी गर्यौ। त्यै भएर उहाँले आरोप लगाउनुभएको हो। हामीले राम्रो गायक-गायिका प्रयोग गरेर उहाँको नाम पनि राखेका छौं। रिमिक्सको ट्रेन फलो गर्न र मरेका गीतलाई बचाउनु रिमिक्स गरेको बताउने सुमनले बाधा परुन् जति नै बोलको गीत रिमिक्समा गाएका छन्। सुमनले मरेका गीत भने पनि, वनमा फुल्यो फूल, चियाबारीमा, बतासले उडाइल्यायो र मै छोरी सुन्दरीजस्ता अझै चर्चित र सदाबहादुर गीत पनि रिमिक्स गरेका छन्। कालीप्रसाद रिजालको अनुमतिमा सैलेस सिंहले वनै खायो डढेलोेले बोलको गीत पुनः गाएपछि निकै चित्त दुःखाएका फत्तेमान राजभण्डारीको विचारमा अर्काको चलेको गीत गाएर नाम चलाउन खोज्नु राम्रो होइन, त्यस्ताले आफ्नो छुट्टै पहिचान बनाउन सक्नुपर्छ। मैले गाएर श्रोताको माया पाएको गीत म अझै गाउन सक्छु भने अरुले आफ्नो स्वरमा रेकर्ड गर्नु राम्रो भएन। अर्काकी श्रीमती राम्री छे भन्दैमा आफ्नी बनाउन खोज्नु त राम्रो भएन नि, फत्तेमान गुनासो पोख्छन्। चर्चा कमाउनका लागि पुरानो गीतको सहारा लिनु र इतिहास मेटाउन खोज्नु कदापि उपयुक्त नभएको गायक हेमन्त शर्माको धारणा छ। ँअरुले खनेको बाटोमा हिँड्नु र आफूले खन्नुमा फरक पर्छ। चट्टान छेडेर निस्किएको बिरुवाको महत्व अर्कै हुन्छ। तसर्थ नया सिर्जनाका लागि पनि रिमिक्स हुनु हुँदैन। हजुरआमालाई आधुनिक बनाउने भनेर स्कट लगाइदिनुहुन्छ र - हजुरआमाको त आफ्नै महत्व छ नि। संगीतको माधुर्यता कहिल्यै पुरानो हुँदैन’ हेमन्त आफ्नो विचार यसरी पोख्छन्। ँराम्रो गायकले कसैको सहारा लिनु जरुरी हुँदैन। नयाँ सिर्जना पनि नयाँपुस्तालाई बनाउन हामी तयार छौं। तसर्थ चर्चामा आउन चाहनेले अर्काको घर र श्रीमती राम्री छे भनेर त्यता लाग्ने हैन नयाँघर बनाउन जान्नुपर्यो’ संगीतकार राजु सिंह तर्क गर्छन्। उनी थप्छन् ँसांगीतिक माफिया र आत्मविश्वास को कमी भएका व्यक्तिले मात्रै ट्रेनलाई फलो गर्छन्, बाँकीले सिर्जना अँगाल्छन्।
रिमिक्स र रिमेकमा विस्तार नगर्ने रिवेल क्रियसनका गगन प्रधान मर्नलागेको गीतलाई रिभाईभ गरेर पुनर्जीवित गर्नुपर्ने बताउँछन्। उनले आठ वटा गीत मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, वनमा फूल्यो फूलैफूल, उकालीमा पनि हजुर, रेली खोला बगर, साउने खोला उर्लेर आउँदा र कर्कलो गाभालाई पुरानो एरेन्जसमेत जस्ताको तस्तै रेकर्डिङ गरेका छन् र यसलाई नै उनले रिभाइभ नामकरण गरेका छन्।
गीत रिमिक्सबाट हुने विकृतिलाई जवाफ दिन मैले रिभाइभ गरेको गीत गाएकी हुँ, यसमा कुनै व्यापारिक उद्देश्य छैन, स्रष्टाको सम्मान गर्नको लागि उहाँहरुको सिर्जना जोगाउनुपर्छ, गायिका अन्जु पन्त बताउँछिन्। उनी भन्छिन्- ँमैले गाएका गीतमा धेरै मेहनतका साथ हरेक पिस पिस जस्ताको त्यस्तै राखिएको छ, मैले आलापसमेत हुबहु गाएकी छु, बरु भारती गजमेरले बेसुरा गाएको रेलीखोला बगर मैले सुरमा गाएकी छु। ँरिमेक र रिमिक्समा चर्चित भइरहेका गीत पनि देखा परेका छन्। यो स्रष्टा र म्युजिक कम्पनीको स्वार्थका लागि भएको छ, मिडियाले पनि यस्तै गीत बजाउने गरेर गल्ती गरेका छन्। यस्ता काममा रिन्छोन योञ्जन -गोपाल योञ्जनकी श्रीमती) कोइलीदेवी, धर्मराज थापालगायत धेरै स्रष्टा सक्रिय छन्। यसले संगीत क्षेत्रको प्रगति हुन्छ - गीतकार भरत बम्जन गुनासो पोख्छन्। - सरोज प्याकुरेल
|
| |
|
| |
|