|
|
कतिपयलाई त यसबाट छालामा हुने कुप्रभावबारे थाहा नुहन पनि सक्छ। केशको चायाले निधार या नाक र गालामा स-साना फोका आउन सक्छ। सेतो र फुस्रो अनि सुख्खा खाले त्यस्तो फोका फुट्नगई छाला जान्छ भन्ने भ्रमले केशमा तेल र छालामा चिल्लो क्रिम लगाउने गरेको पाइन्छ। वास्तवमा केशमा चाया पर्यो भने तेल लगाउनु हुँदैन। केशमा आएको चाया छालामा पर्न जाँदा छाला चिलाउने, फोका आउने र सफा गर्दा या साबुन, क्लिन्जिंग स्क्रबको प्रयोग गर्दा छाला चहर्याउने समस्या हुन्छ।
यो समस्या बढी भएमा ठूल्ठूला फोका भएर घाउ हुने र केश परेला र आँखीभौं झर्ने, छाला बाक्लो र भद्दा देखिने हुन्छ। तर जस्तो प्रकारको छालामा चाया आए पनि तेल, क्रिम आदि लगाउनु हुँदैन। सबै प्रकारको मौसममा चाया देखा पर्न सक्छ। यदि चायाबाट धेरै समस्या छ भने घरेलु उपचार पद्धतिले मात्र हुँदैन डेन्ड्रफ ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुपर्छ। यो केशको छाला र अनुहारमा राम्ररी लगाएर पाँच मिनेटसम्म त्यसै राख्नुपर्छ। यो काम हप्ताको दुईचोटि गर्नुपर्छ साथै टावेल र काइयो पनि प्रत्येक पटक नुहाइसकेपछि डेटल पानीमा भिजाएर धुने गर्नुपर्छ। किनकि यो किटाणु -फंगस)बाट उब्जिएको सरुवा रोग हो।
यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। चिल्लो क्रिमबाट राम्ररी बच्नुपर्छ र तीन महिनासम्म लगाउने मलम, औषधि र चायाको उपचारका लागि डेन्ड्रप ट्रिटमेन्ट स्याम्पुको प्रयोग गर्नुपर्छ। पहिलो महिना हप्ताको दुईचोटि, दोस्रो र तेस्रो महिनामा हप्ताको एकचोटि प्रयोग गर्ने र रोगको गम्भीरतालाई ध्यानमा राखेर घटाउन पनि सकिन्छ। जस्तो कि समस्या हेरी एक वा दुई प्रतिशतको ट्रिटमेन्ट स्याम्पु लिनुपर्छ या त चिकित्सकको सल्लाह लिनुपर्छ। चाया छ तर चिलाउँदैन भने घरेलु उपचार पनि अपनाउन सकिन्छ। त्यसका लागि सबैभन्दा राम्रो कुरा मेथी हो। जसको प्रयोगले धेरै बाक्लो भएर जमेको चायाबाट पनि छुटकारा पाउन सकिन्छ। - मेथीलाई रातभर भिजाउने र पिस्ने। त्यसमा सुहागाको धूलो र दही मिलाएर केशको र अनुहारको छालामा लगाउने। - बोरिक पाउडरलाई मनतातो पानीमा हालेर सुहागा मिलाउने र छालामा लगाएर आधा घण्टापछि धुने। - डेटोल एक बिर्को एक मग पानीमा मिलाएर स्याम्पुपछि केश पखाल्ने। कहिलेकाहीँ केश छोटो हुँदा |