यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

दुल्हा राजाको खोजी

नायिका रेजिना उप्रेतीलाई बिहेको रन्को चल्न थालेको छ। बिहे गर्ने उमेर पुगेका आफन्तलाई उनी समयमै बिहे गर्नुपर्छ है भनेर अर्ती उपदेश दिँदै हिँड्न थालेकी छन्। अहिले ज्यान बनाउन जिम पनि गर्न थालेकी नायिका उप्रेतीसँग भएको कामनाको कुराकानीः

l रेजिनाजी बिहे गर्ने होइन?

-    बिहे गर्ने मुड यो वर्ष साँच्चै आएको छ।

l त्यसो भए मंसिरमै बिहेको सुरसार छैन ?

-    कुरा राम्रै गर्नुभयो, तर यो वर्षको मंसिर पनि खेरजाला कि जस्तो पो लागेको छ।

 

l किन ?

-    बिहे गर्न लायकको कोही केटा नै भेट्टाएकी छैन।

l तपाईंको रेडी नै , होइन ?

-    रेडी नभएर राजाको खोजीमा छु।

l कस्तो होस् भन्ने चाहनुहुन्छ ?

-    मलाई बुझ्ने माया गर्ने भए पुग्छ।

l बिहे गर्न किन यति हतार गरेको ?

-    हेर्नुस्, बिहे भन्ने कुरा टाइममै गर्नुपर्दछ। टाइममा बिहे भएमा टाइममै छोराछोरी हुन्छन्। सबै कुरा टाइममै हुन्छ। बिरामी पर्दा पनि तातो पानी ख्वाउने आफ्नो मान्छे हुन्छ। भन्छु तपाईं पनि टाइममा नै बिहे गर्नु नत्र पछुताउनुपर्ला नि ?

l तपाईंको नजरमा कोही कि ?

-    तपाईंलाई नायिका होइन, पत्रकार खोज्नुपर्ला, नआत्तिनुस्।

l अचेल किन जिम गर्न थालेको ?

-    हेर्नु , जीउ बिग्रन थालेकाले जिम गर्न थालेकी हुँ।

l जिमले जीउ बन्छ ?

-    मज्जाले बन्दो रहेछ। हेर्नुस् पहिलाको भन्दा मेरो जीउ कति खिरिलो दरिलो छ।

l रेजिनाले पहिला फिल्म बनाउने भनेर निक्कै हल्ला सुनियो। त्यस्तो गफ किन हाँकेकी ?

-    गफ हाँकेकी होइन, साँच्चै बनाउने आँट गरेकी थिएँ। गीत रेकर्ड पनि गरिसकेकी हुँ, पछि जसले मलाई फिल्म बनाउन भरोसा दिन्छु भनेको थियो, त्यसले धोका दिएकाले मात्र मैले फिल्म बनाउन ढिला गरेकी हुँ। फिल्म बनाउने मेरो ड्रिम प्रोजेक्ट नै हो।

l अब गीत पनि गाउने हो कि ?

-    ट्वाइलेटमा भए गाउन सक्छु। अन्यत्र गाउन मेरो गला छैन।

l प्रेम के हो ?

l जीउने आधार हो।

l जीवन ?

-    नटुंगिने यात्रा हो। तर एक दिन टुंग्याएरै जानुपर्दछ।

l किन ?

-    जन्मेपछि मर्नै पर्दछ।

l मर्न डर लाग्दैन ?

-    बाँच्न डराउनेहरु मात्र मर्न डराउँछन्।

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.