यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

बलिउडका बंगाली बाला

एक जमानाका खुब चल्तीका नायिकाहरु मौसमी चटर्जी, राखी, जया भादुडी, शर्मिला टेगोर सुचित्रा सेनका बीच एउटा कुरामा समानता -उनीहरु सबै पश्चिम बंगालका हुन्। संसारभर आफ्नो बजार विस्तारीकरणमा लागेको बलिउडमा भाग्य आजमाउन चाहनेहरु दुनियाभरबाट ओइरिएका छन्, भारतका विभिन्न प्रान्तबाट मात्रै होइन, नेपाललगायत अन्य दक्षिण एसियाली मुलुक युरोप, अमेरिकाबाट पनि। संसारभरमै सबैभन्दा धेरै फिल्म निर्माण गर्ने बलिउडमा धेरै चर्चा पाउन सफल कलाकारहरु एउटै क्षेत्रका कम नै छन्। तर बंगाल अपवादमा पर्छ। बलिउडका लागि बंगालले थुप्रै प्रतिभाशाली कलाकार दिएको छ।

मौसमी, राखी, जया, शर्मिला सुचित्रापछि बलिउडमा दक्षिण भारतीय अभिनेत्रीहरुको बोलवाला रह्यो। यसबीचमा काजोल रानी मुखर्जीले बंगाली अभिनेत्रीको इज्जत थामिरहे। त्यसपछि सुस्मिता सेन, विपासा बसुहरु सक्रिय रहे।

 

त्यो पुस्तापछि कोंकणा सेन, राइमा सेन, रिमी सेन, रिया सेन, तनुश्री दत्तासँगै बंगाली बालाहरुको सूची निरन्तर लामो हुँदै गइरहेको छ। बंगाली अभिनेत्रीहरुका सेनको वर्चस्व एउटी नवयौवना सेनको नाम पनि यो सूचीमा अब थपिएको , ऋतुपर्णा सेन।

नयाँ अभिनेत्रीमध्ये अपर्णा सेनकी छोरी कोंकणा सेनले गजबको छाप छोडेकी छिन्। फिल्म इन्दिराबाट बालकलाकारको रुपमा अभिनय शुरु गरेकी कोंकणाले मिस्टर एन्ड मिसेज ऐयरबाट हिन्दी फिल्ममा गम्भीर प्रकृतिकी अभिनेत्रीको छाप छोडेकी हुन्। यसै फिल्मबाट उनले राष्ट्रिय पुरस्कारसमेत पाएकी थिइन्।

 ऋतुपर्णा सेनले मै मेरी पत्नी और वो फिल्मबाट पहिचान बनाइन् भने लाइफ इन मेट्रो, ट्राफिक सिग्नल ओमकारामा उनको अभिनयलाई समीक्षक दर्शकले खुब मन पराए। उनी अहिले प्रदीप सरकारको लागा चुनरीमें दाग, आजा नाचले, सनग्लास, गुलेल मेरिडियनजस्ता फिल्ममा काम गरिरहेकी छन्।

आफ्नो समयकी चल्तापुर्जा अभिनेत्री मुनमुन सेनले उतिबेला सेक्सी इमेज बनाएकी थिइन्, अहिले उनका दुई छोरीहरु राइमा रिया सेन पनि आमाको बाटो पछ्याउँदै बलिउडमा पहिचान बनाउँदै छन्। केही समयअघि मात्रै आएको हनिमुन ट्राभल्स प्राइभेट लिमिटेडबाट राइमाले पहिचान बनाउन शुरु गरिन्।

 

हिन्दी फिल्मको क्षेत्र बाँग्ला फिल्मको तुलनामा फराकिलो भएको हिन्दी फिल्ममा पहिचान बनाएपछि संसारभर प्रसिद्धि पाउन सकिने उनको धारणा छ। तर उनले बाँग्ला फिल्मलाई छोड्न भने सकेकी छैनन्।

हालै रिलिज भएको बान्ग कनेक्सन अनुरननमा उनको कामको निकै प्रशंसा गरिएको छ। उनले भनेकी छन् -बंगाली फिल्ममा नम्बर एक नै हुँ तर हिन्दी फिल्ममा आफूलाई अब्बल साबित गर्न अभिनय क्षमता देखाउनै पर्छ।

उनकी बहिनी रियाले अहिलेसम्म ठूलो ब्यानरको राम्रो फिल्म पाउन सकेकी छैनन् तर पनि उनलाई फिल्मकै खाँचो भने छैन। एन चन्द्राको कमेडी फिल्म स्टाइलबाट करियर शुरु गरेकी रियाले बलिउडमा सेक्सी नायिकाको छवि बनाउँदै लगेकी छन्।

उता रिमी सेन पनि पछि छैनन्। उनको एकल भूमिका भएको चलचित्र उल्लेख्य रुपमा नभए पनि ह्याट्रिक, धूम, धूम-, फिर हेराफेरी, दिवाने हुए पागल, क्यों कि, गरम मसालाजस्ता चलेका फिल्ममा काम गरिसकेकी रिमीका हातमा पनि थुप्रै चलचित्र छन्। जम्शेदपुरमा जन्मिएकी बंगाली बाला तनुश्री दत्ताले सन् २००४ मा फेमिना मिस इन्डियाको उपाधि जितेपछि हिन्दी फिल्ममा काम गर्न शुरु गरेकी थिइन्।

 तर निकै कम समयमै उनले आफ्नो नामलाई बलिउडमा बिकाउ बनाइसकेकी छन्। आशिक बनाया आपनेको उनको भूमिकाले उनलाई रातारात बलिउडको नयाँ सेक्स बम बनाइदियो। अब उनको गणना बलिउडका सबभन्दा बोल्ड अभिनेत्रीहरुमा हुने गरेको छ। हाँस्य प्रधान फिल्म भागमभागमा पनि तनुश्रीको प्रशंसा भएको थियो।

यस वर्ष उनको तीन फिल्म रिस्क, रकिब गुड ब्याइ ब्याड ब्याइ रिलिज भएको छ। बलिउडमा पहिचान बनाउँदै गरेकी बंगाली बालाको सूचीमा सबभन्दा ताजा नाम हो ऋतुपर्णा सेन। अश्विनी चौधरीको गुरुदक्षिणापछि उनी गौरी अनबर्न, लबगेम, साब चाय-पानी सिर्फस्ता फिल्ममा काम गरिरहेकी छन्।

नाम चलेका फिल्मकार अनुपसेन गुप्ताका विचारमा हिन्दी फिल्ममा काम गरेपछि रातारात स्टार बन्ने हुनाले यसमा धेरैको आकर्षण हुने गरेको हो। तर बंगाली अभिनेत्रीहरु बलिउडका आम अभिनेत्रीभन्दा फरक यस अर्थमा छन् कि यी बंगाली बालाका बलिउडमा कोही गडफादर छैनन्। उनीहरु आफ्नै बलबुतामा बलिउडमा स्थापित भैरहेका छन्।

फिल्म समीक्षक प्रियव्रत रायका विचारमा पनि क्षेत्रीय फिल्मका तुलनामा हिन्दी फिल्मको दायरा व्यापक भएको पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा हिन्दी फिल्मको विस्तारले गर्दा पनि यसप्रतिको आकर्षण बढेर गएको छ। उनका विचारमा बलिउडमा मौका धेरै एउटा फिल्म बक्स अफिसमा सफल भएपछि उक्त फिल्मकी अभिनेत्रीले सफलताका सिँढी सजिलै पार गर्न सक्छिन्।

तर यति मात्रै हो बंगाली अभिनेत्रीहरुको हिन्दी फिल्मको आकर्षण - राय भन्छन् -बंगाली अभिनेत्रीहरु मेहनत धेरै गर्छन् अरुभन्दा गम्भीर प्रकृतिका भूमिका सेक्सी इमेज दुवैमा जम्न सक्ने हुनाले उनीहरु बलिउडमा टिकिरहन सकेका छन्।

बलिउडमा पहिले पनि बंगालीहरुको राज थियो अहिलेको नयाँ पुस्ता पनि प्रतिभाशाली भएको हुँदा अबको बलिउडमा यिनीहरुले राज गर्ने सम्भावनालाई नकार्न सकिँदैन तर यिनीहरुले मराठी दक्षिण भारतीय अभिनेत्रीहरुसँग निरन्तर संघर्ष भने पहिलेजस्तै गरिरहनुपर्नेछ।

-शरद चिराग

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.