|
|
उनको स्वर भावुक प्रकृतिको छ। तर पछि उनको गीत-संगीतमा रक पनि झल्किनुका साथै उनका एकल गीतहरु अर्का चर्चित गायक डेविड बो र इग्गी पपबाट प्रभावित रह्यो। ८० र ९० दशकको शुरुसम्म उनी संगीत पारखीहरु माझ छुट्टै व्यक्तित्व एवम् महिला भेषभूषामा रम्ने कलाकारको रुपमा चिनिए। लन्डनका क्लबहरुमा जाने क्रममा सेक्स पेस्तोलका संगीत अधिकारी माल्कोम म्याकलरेनसँग उनको चिनापर्ची भयो। म्याकलरेनले उनलाई वाउ वाउ वाउ नामक संगीत समूहसँग काम गर्ने मौका दिए। छोटै समयमा यो समूहसँगको साथ छुटेपछि उनले आफ्नै बेस गिटारिस्ट मिकी फ्रेगसँग मिलेर इन प्रेज अफ लेमि·स नामक समूह बनाए।
जर्जले ब्यान्डको नाम फेरेर सेक्स ग्यांग चिल्ड्रेन राखे। अन्त्यमा सो ब्यान्डले ँकल्चर क्लब’को न्वारान गरी स्थायित्व पायो। सन् १९८२ मा यो ब्यान्डले बेलायतको ँभर्जिन रेकर्डस्’ र अमेरिकाको ँइपिक रेकर्डस्’सँग मिलेर ँकिसिङ टु वि क्लेभर’ नामक एल्बम निकाल्यो। उक्त एल्बमको ँडु यु रियली वान्ट टु हर्ट मी -’ ले अपार सफलता पायो। १६ वटा राष्ट्रमा पहिलो स्थानमा रहन सफल यो गीत अमेरिकामा दोस्रो स्थानमा रह्यो। यही एल्बमको ँआई विल टम्वल फोर यु’ नामक गीत उत्कृष्ट नवौं स्थानमा रह्यो। यसै सफलतासँग कल्चर क्लब चर्चित संगीत समूह ँविटल्स’पछि विलबोर्ड हट १०० मा टप- १० हिट्समा कम्तीमा ३ वटा गीत पार्न सक्ने पहिलो एल्बम साबित भयो। यिनीहरुको अर्को एल्बम ँकलर बाई नम्बर्स’ पनि सफल रह्यो। त्यसको ँचर्च अफ दि प्वाइजन माइन्ड’ टप १० हिटमा पर्यो भने ँकर्मा क्यामेलियन’ नामक गीत अमेरिकालगायत विश्वका थुप्रै राष्ट्रमा पहिलो स्थानमा रह्यो। यो गीत अमेरिकामा ४ हप्ता र बेलायतमा ६ हप्तासम्म पहिलो स्थानमा रह्यो। त्यसै गरी यसै एल्बमको ँमीस भी ब्लाइन्ड’ र ँइट्स अ मिरकल’ क्रमशः टप-५ र टप-२० मा रहे। त्यसै गरी ँभिक्टिम्स’ बेलायतमा टप-३ हिट भयो। अन्य एल्बमका लागि सफल गीत लेखेका जर्जले ँद ड्रिम’ र ँलभ इज लभ’ नामक चर्चित गीत पनि लेखेका थिए। सन् १९८६ को शुरुतिर उनले ँकाउब्वाय जर्ज’ नाम टिभी शृङ्खलामा अभिनयसमेत गरे। सन् १९८५ मा आएर उनी हेरोइन जस्तो कडा लागू औषधको दुर्व्यसनी बन्न पुगे। यही दुर्भाग्यसँगसँगै कल्चर क्लबले बिस्तारै आफ्नो सांगीतिक धरातल गुमाउन थाल्यो। फलत सन् १९८६ को यो ब्यान्डको एल्बम ँफ्रम लक्ज्वरी टु हार्टएक’ निकाल्न साह्रै गाह्रो भो। निर्माता अरिफ मार्डिनले इन्जिनियर ल्यु हानलाई फाइनल भोकल गर्न लगाए। यो एल्बमको ँगुस्टो ब्लुस्टो’ र ँरिजन्स’ नामक गीत सकाउन जर्जलाई धौ धौ नै पर्यो।
दुर्व्यसनीविरुद्ध लड्दालड्दै उनले सन् १९८७ मा ँसोल्ड’ नामक एकल एल्बम निकाले। यसको पनि ँएभ्रिथिङ आई वन’ -युके-१), ँकिप मी इन माइन्ड’ -युके २९), ँटु वि रिवर्न’ -युके १३) र मूल गीत ँसोल्ड’ -युके-२४) स्थानमा रहन सफल भयो। लागू औषधको विगतको अभियोगका कारण उनी अमेरिका पुग्न असफल भएकाले अमेरिकामा उनका गीत हिट हुन सकेनन्। तर उनको ँलिभ माई लाइफ’ अमेरिकी टपचार्टको ४० स्थानसम्म पुग्यो। हदम नाम ँएन्जेल डस्ट’ दिएर गीत लेखेका उनले जिसस लभ्स युको नाममा पनि गीत रेकर्ड गराए। उनले यसै क्रममा ँआफ्टर द लभ’, ँजेनेरेसन अफ लभ’ र ँबो डाउन मिस्टर’ बोलका एकल गीत निकाले। भारत भ्रमणका क्रममा हरेकृष्ण अभियानमा लागेर उनले ँकर्मा क्यामेलियन’ नामक गीत लेखे। सन् १९९२ मा पेट सप ब्वाइजबाट निर्माण गरिएको उनको गीत ँद क्राइङ गेम’ विलबोर्ड हट १०० को टप- २० मा पर्यो।’ सन् १९९८ को जुलाईमा पुनर्मिलन भएको कल्चर क्लबले मोन्टे कार्लोमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै अन्य समूह ह्युमन लिग र होबार्ड जोनेससँग मिलेर अमेरिका भ्रमण गर्यो। तर सन् २००६ मा बेलायती सांगीतिक भ्रमणमा जान जर्जले अस्वीकार गरेपछि कल्चर क्लबका दुई सदस्यले उनको स्थानमा साम बुचरलाई राखे। तर जर्जले यो कदम मन पराएनन्। अहिले पनि उनी डि जेको भूमिका निर्वाह गर्न, पत्रपत्रिकामा संगीतसम्बन्धी लेख लेख्न र अन्य चर्चित गायक-गायिकाका लागि गीत लेख्न र संगीत भर्न व्यस्त रहेका छन्। प्रस्तुतिः ओमशंकर श्रेष्ठ
|
| |
|
| |
|