यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

बाँसुरीले लट्ठै

भारत स्वतन्त्रताको ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भारतीय दूतावास, नेपाल भारत सांस्कृतिक सम्बन्ध परिषद् तथा बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानको संयुक्त आयोजनामा गत साउन ३१ गते राजधानीमा एक बासुरी वादन कार्यक्रमको आयोजना गरियो। भारतका प्रख्यात बासुरी वादक रोनु मजुमदारले उक्त अवसरमा शास्त्रीय लोक शैलीका श्रोतालाई बासुरीको रसास्वादन गराएका थिए।नेपाल बासुरीको व्यापक प्रयोग हुने स्थान भएकाले आफूलाई नेपालमा आएर

यो कला सुनाउन पाउँदा खुसी लागेको अभिव्यक्ति दिँदै कार्यक्रमको थालनी गरेका उनले बीच-बीचमा नेपाली बोलेर दर्शकलाई प्रभावित पारेका थिए। ँकस्तो हुनुहुन्छ - मैले बजाएको कस्तो लाग्यो - जस्ता छोटा नेपाली भाषामा प्रश्न तेर्साउँदै उनले लोक अन्य छोटा धुनबाटै मनोरञ्जन गराउने प्रयास गरे।

शास्त्रीय विधा त्यसै पनि कठिन मानिन्छ, त्यसमा पनि उनले ध्रुपदजस्तो जटिल शैलीबाट राग यमन कल्याण शुरुमै पस्किए। शास्त्रीय संगीतप्रति श्रोताको लगाव चेतनास्तरलाई ध्यान दिएर नै होला उनले उक्त प्रस्तुतिमा थप जटिलता लाद्न चाहेनन्। पहिलो प्रस्तुतिकै मध्यमा झपतालसँग उनको एकाकार भयो। त्यसपछि अन्तिम चरणमा तीनतालको द्रुत तालमेल साह्रै आकर्ष रह्यो।

लोक धुन अन्य केही नेपाली गीतका बोललाई प्रस्तुत गरेका मजुमदारले भजन स्वतन्त्रता दिवससँग सम्बद्ध भारतीय राष्ट्रिय धुन सुनाउनसमेत चुकेनन्।

उक्त कार्यक्रम हेर्दा लाग्थ्यो नेपाली श्रोतामा अझै शास्त्रीय संगीतप्रतिको गहन लगाव शास्त्रीय चेतको अभाव छ। ठाउँ कुठाउँ ताली बजाउने पप कर्न्र्सटमा गरिने शैलीको होहल्लाह मच्चाउने केही जमातको पनि त्यहाँ कमी थिएन। यस्तो रहस्यबाट परिचित भारतीय कलाकार पनि श्रोता सुहाउँदो प्रस्तुतिमै आफ्नो क्षमतालाई सीमित राख्न चाहँदैनन् भन्ने लाग्न सक्छ, जुन मजुमदारको प्रस्तुतिमा पनि देखियो।

हुन उक्त दिनको कार्यक्रममा नेपाली कलाकारले पनि शास्त्रीय संगीतको राम्रो प्रस्तुति दिए। तर जब नेपाली कलाकारहरुको कला प्रस्तुति गर्ने पालो आयो तब दर्शकदीर्घामा रहेका अन्य नेपाली कलाकार नै एकपछि अर्को गर्दै बाहिरिएको नमीठो दृश्य देखियो, यसले के प्रस्ट हुन्थ्यो भने नेपालमा राम्रा कलाकार छन् तर तिनले अन्य कलाकारको कदर गर्न जान्दैनन्। अनि नेपालमा राम्रा संगीतप्रेमी छन् तर उनीहरु शास्त्रीय संगीतको गहिराइसम्म पुग्न सकिरहेका छैनन्।

मजुमदारको विषयमा चर्चा गर्दा उनी मैहार घरानासँग सम्बद्ध प्रसिद्ध बासुरी वादक हुन्। आफ्ना पिता डा. भानु मजुमदारबाट शास्त्रीय शिक्षा हासिल गरेका उनले विश्वका धेरै मुलुकमा आफ्नो कला प्रस्तुत गरिसकेका छन्। बलिउडको ँमिस्टिक इन्डिया हलिउडको ँप्राइमरी कलर्स नामक चलचित्रका लागि म्युजिक ट्रयाक तयार पारेका मजुमदारले दर्जनौं क्यासेटमा बासुरीको धुन दिएका छन्।

विश्व विख्यात सितारवादक रविशंकर, विटल्सका भूपू सदस्य ह्यारिसन, गितार वादक रे कुडरलगायतका अन्तराष्ट्रिय हस्तीसँग सांगीतिक सहकार्य गरेका उनले कैयौं राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाइसकेका छन्। यसै क्रममा १९९६ मा ग्रामी अवार्डका लागि उनी मनोनयनमा परिसकेका छन्।

उनलाई तबलामा रामदास पलसुले, पखाबजमा दुर्गाप्रसाद मजुमदार बासुरीमा कल्पेश चन्चलाले साथ दिएका थिए। मजुमदारका यी सहकर्मीहरु पनि निकै खारिएका कलाकार हुन् भन्ने कुराको प्रमाणित उनीहरुको प्रस्तुतिले गरेको थियो। कार्यक्रममा सरिता मिश्र, निर्मल भट्टराई, अनन्त प्रजापति, लक्ष्मी डंगोल, मनोज गौतम, कैलाश ढकाललगायतका नेपाली कलाकारहरुको पनि मिठासपूर्ण प्रस्तुति थियो।

कार्यक्रमको शुरुआत अघि स्वागत मन्तव्य दिँदै नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जीले भने- ँसांस्कृतिक आदान-प्रदान कार्यले दुई देशबीच सम्बन्ध प्रगाढ हुने हुँदा यस्तो प्रक्रियालाई निरन्तरता दिनुपर्दछ। सो अवसरमा सांगीतिक प्रस्तुति सुन्न स्वदेशी तथा विदेशी संगीतप्रेमीहरुको उल्लेख्य उपस्थिति थियो।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.