यस अंकमा
   विषय सूची
) तीजको रमझम
)
) नेपाली धड्कन प्रशान्त
) गर्मीमा केश र छालाको हेरचाह
) गाईजात्रा को मज्जा
) इतिहास निमिट्यान्न पार्ने रिमिक्स
) चुम्बनको लहर
) नायिकाको तीज
) ढुंगापछि काठमा ऐतिहासिक काम
) टोरोन्टोको नमस्ते रेडियो
) सीता र बसन्तको आगमन
) संघर्षरत साधक अशेष
) लोकगीत गाउँदै पर्यटक घुमाउँदै
) बलिउडका बंगाली बाला
) भाबुक स्वरकी धनी ब्वाय जर्ज
)

आपतका देवता

 

 

 

आपतका देवता

आपतका देवताको उपनाम पाएका गीतकार प्रेमसागर कर्माचार्यलाई हिजोआज भ्याइनभ्याइ छ। दिउँसो मात्र होइन रातविरात कर्माचार्यको घरको फोन मोबाइलमा आपतमा परेकाहरुको नै बढी घण्टी बज्ने गरेको छ। मेरो आफन्त अस्पतालमा सिकिस्त भएर बसेको छ। जसरी भए पनि रगत मिलाइदिनुपर्यो भन्ने फोन आएपछि कर्माचार्य जस्तोसुकै काम छाडेर पनि रगतको खोजीमा हिँड्ने गर्छन्।

रक्त सञ्चार केन्द्रमा रगतको लागि आपतकालीन अवस्थामा पुग्नेहरुलाई त्यहाँ सम्बन्धित ग्रुपको रगत नभएमा प्रेमसागर कर्माचार्यले तपाईंलाई मद्दत गर्न सक्छ भनेर उनको फोन नम्बर दिने गरिएको पाइन्छ।

सय ११ पल्ट रक्तदान गरेर बिरामीका लागि आफ्नै रगतको खोलो बगाइसकेका कर्माचार्यले आपतमा परेकालाई आफ्ना रक्तदाता साथीहरुसँग हारगुहार गरेर उपलब्ध गराउने गरेका छन्। त्यसरी रगत मिलाइदिएबापत उनले हालसम्म कसैसँग पनि शुल्क लिएका छैनन्।

रक्तदानमार्फत १६ वर्षको उमेरदेखि समाजसेवामा लागेका कर्माचार्य हाल ४४ वर्ष पुगिसकेका छन्। सेवा नै कर्माचार्यको धर्म हुन पुगेको छ। कसैले आपत्का देवता भनेमा उनी लजाएर मान्छे हुँ भगवान् होइन भन्छन्।

नेपाल रेडक्रस सोसाइटीको रक्तदानसम्बन्धी मूल गीत रचयितासमेत रहेका गीतकार प्रेमसागर कर्माचार्यले रक्तदानसम्बन्धी चार वटा गीति एल्बम पनि निकालिसकेका छन्। पछिल्लो रक्तदानसम्बन्धी गीति एल्बममा कर्माचार्यको गीतमा रामकृष्ण दुवाल, प्रकाश श्रेष्ठलगायतले आवाज दिएका छन्।

भगवान्लगायतका केही चलचित्रमा खलनायक भएर अभियनसमेत गरिसकेका गीतकार कर्माचार्य गीत लेखनमा जति मज्जा अभिनयमा नभएको स्वीकार्छन्। त्यसैले चलचित्रको अभिनयबाट उहिले नै सन्न्यास लिइसकेको जानकारी पनि उनले दिएका छन्। रक्तदान नै जीवन दानको मूल नारा तथा मर्म बोकेर जीवनको अन्तिम अवस्थासम्म पनि आफू क्रियाशील रहने उनले प्रण गरेका छन्।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.