|
|
प्रायः विवाहित अविवाहित नायिकाहरुको एउटै भनाइ छ तीजको व्रत लिएमा भनेजस्तो श्रीमान् पाइने अनि श्रीमान्को आरोग्य र आयु पनि बढ्ने। यो धार्मिक विश्वास यसै वर्षमात्र विवाह बन्धनमा बाँधिएकी मिस नेपाल प्रीति सिटौलामा समेत रहेको पाइन्छ। सानैदेखि तीजको व्रत लिएका कारण यो वर्षआफूले भनेजस्तो श्रीमान् पाएको बताउन उनी चुकिनन्। नायिका विपना थापा भने पोहोरपरार त तीजमा व्रत पनि लिइयो र रमाइलो पनि गरियो, यो वर्षभने बुटिकको व्यापारमा व्यस्त रहेका कारण तीजमा नयाँ डिजाइनका सारी तथा कुर्था सलवार बनाउँदैमा फुर्सद नहुने भएकाले यसै भन्ने स्थितिमा नरहे तापनि परम्परादेखि मनाइँदै आएको तीज कुनै न कुनै तरिकाबाट मनाउने पक्षमा छिन्। |
| |
|
| |
|