|
|
परिवर्तित शैलीसँगै उनले गीतका शब्द र लय खोज्न नयाँ तिक्डम अँगाले। पहिलेजस्तो कोठाभित्र थुनिएर अविनाश गीतका शब्द र लय बनाउँदैनन्। देशका भीर-पाखामा टहली त्यहीँको परिचय गीतमार्फत दिने प्रयासमा छन् उनी। ३ वर्ष लगाएर सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न स्थान गई अनुसन्धान गरी स्थानीय चाडर्-पर्व, जात्रामा गाइने गीतका शब्द संकलन गरेर नयाँ एल्बम तयार पारेको अविनाश बताउँछन्। यसै कारण एल्बममा रहेका नौ वटै गीत लोकलयमा आधारित छन्। ँघरमै मात्र बसेर गीतमा वास्तविक भावना समेट्न सकिँदैन। आफ्नो पन र मौलिकता गीतमा समेट्न सम्बन्धित ठाउँमा गई त्यहाँको रहनसहन, चालचलनसँग भिज्नै पर्ने रहेछ।’ उनी भन्छन्- ँगाउँ-घरतिरका शब्द र गीतलाई अहिले चलेको बिटमा गाउँदाको आफ्नो पनलाई सबैले मन पराउँछन् भन्ने लाग्छ।’ सोलुखुम्बुको खुम्जुङ पुगेर अविनाशले नयाँ एल्बमको लागि ँदर्शन ला’ गीत संकलन गरी तयार पारेका छन्। यसमा रहेका ँदर्शन ला छेरिङगला जेम्बा, सुनाइसी गोम्बाला लेप्सो’ जस्ता केही हरफ शेर्पा भाषामै गाएको उनी बताउँछन्। शेर्पा भाषाका शब्द सकिनेबित्तिकै शुरु हुन्छ नेपालीमा गाउँन-
टिक टिक चरी कराउँछे दूधकोशी खोलीको तिरमा। ँदर्शन ला’ गीत प्रसिद्ध तेम्बोचे गुम्बासँग सम्बन्धित सेलो बिटमा गाइएको छ भने यसले सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने आशय बोकेको अविनाश बताउँछन्। आफ्नो चौथो एल्बमको ँचम्पा’ बोलको गीतमा अनौठौ प्रयोग गरेको अविनाश बताउँछन्। झाँक्री मेलोडी, देउडा शब्दलाई उनले टेक्नो बिटमा गाएका छन् भने संस्कृतमा र्याप गाएका छन्। चम्पा तम्रो याद बोकी शहरतिर आयाँ तम्रो लेखा चुराधागा जाली रुमाल लियाँ - यस्ता शब्द रहेको चम्पा शीर्षकको गीतलाई उनी सिंजा क्षेत्रमा बोलिने भाषाको प्रयोग भन्न रुचाउँछन्। उनी थप्छन्- ँझाँक्रीले जुन शैलीमा भट्याउँछन् त्यही शैलीमा यसमा र्याप पार्ट गाइएको छ।’ यस्तै ँयानी माया’ गीतमा उनको नोस्टाल्जिक अनुभूति भेटिन्छ। सानामा बेहुला बेहुली बनेको याद, ग्रामीण भेग छोड्न नसक्ने भावलाई यस गीतमा उनले समेटेका छन्। ँबजार’ बोलको गीतमा उनले कोठी, क्याबिन, मसाजमा काम गर्ने नारीको दुखान्त कथा प्रस्तुत गरेका छन्। जातित्वको कुरा नगर, अधिकार खोसेर खोसिँदैन, त्यसको लागि आफू सक्षम हुनुपर्छ भन्ने मर्म बोकेको गीत ँआदिवासी’ लाई पनि अविनाशले आफ्नो नयाँ एल्बममा समेटेका छन्। लाहुरे बस्ती, पहाडी क्षेत्र, असनी सरिदो, सुनकेटी बोलका गीत पनि उनका एल्बममा पाउन सकिनेछ।
त्यसपछि उनी सधैं चर्चामा नै छन्- कहिले आफ्नै एल्बममा संग्रहित गीतले त कहिले अन्य गायक-गायिकाको गीतमा फिचरिङका कारण। ल्हासाको चिसो, सुनको बाला बोलका उनका गीतलाई श्रोताले अत्यधिक मन पराए भने कलकत्ते काइँयो, पूर्वै जाने रेलजस्ता रिमिक्स गीतबाट पनि उनले राम्रै चर्चा बटुले। सधैं र्याप पार्टमा देखिने र गीतमा र्यापलाई प्रमुखता दिने अविनाशले नयाँ एल्बममा मेलोडीलाई प्राथमिकता दिएका छन् र सबै मेलोडी उनी आफैले नै गाएका छन्। यो नै अविनाशको परिवर्तित सांगीतिक शैली हो। यसभन्दा अगाडिका उनका एल्बममा उनलाई विभिन्न गायक-गायिकाले मेलोडी गाउन सघाउने गर्थे। उनले यसपालि एल्बमका केही गीतमा, त्यो पनि छोटो -याप मात्र राखेका छन्। अर्थात् अविनाश र्यापबाट मेलोडीतर्फ मोडिएका छन्। - सुरेन्द्र पौडेल
|
| |
|
| |
|