| कन्या | ![]() |
| हितैषीवर्गबाट सहयोग पाइने सत्संगबाट लाभ मिल्ने शेयर आदि कारोवारमा सफलता मिल्ने जनसम्पर्क बढ्नेछ । |
|
||||||||||
|
||||||||||
|
सर्वोच्च अदालतले संविधानसभाको म्याद अब एक पटक मात्र बढीमा ६ महिनासम्म बढाउन सकिने फैसला गरेपछि अहिले राजनीतिक क्षेत्रमा तरंग उत्पन्न भएको छ । अन्तरिम संविधानमा व्यवस्था भएअनुसार दुई वर्षभित्र संविधान बनाइसक्नुपर्ने थियो तर राजनीतिक दलहरुको अक्षमताका कारण त्यो अवधि त्यसै गुज्रिएर गयो ।
उपाध्यक्षः दीलीप न्यौपाने, (द रियलटस्र प्रा. लि.), उद्योगका रुपमा स्थापित हुने क्रममा रहेको घरजग्गा कारोबारलाई विदेशको देखासिकीका आधारमा अब विधिसम्मत कारोबारको रुपमा अगाडि बढाउने योजनामा रहेको छ- द रियलटस्र प्रालि नेपाल। सन् १९८० देखि सेवा व्यवसाय उद्योग साचार तथा वित्तीय क्षेत्रमा लगानीसमेत गरेको लक्की समूहका लगानीकर्ता एवम् अध्यक्ष रमेश गुप्ताकॊ आर्थिक योजना र उपाध्यक्ष दीलीप न्यौपानेको गुरुयोजनाको सम्मिश्रणबाट द रियलटस्रको भावी योजना अगाडि बढाएको छ।
(भानु पराजुली), एकात्मक राज्य व्यवस्थाको सद्मा संघिय इकाईमा मुलुकलाई लैजाने संवैधानि प्रावधान अनुसार संविधानसभाको म्याद थप्न यस्तो बाध्यताकारी परिस्थिति पार्टीहरुको सामु आयो कि शान्ति प्रक्रियाको मुलभूत कामहरु सुचारु गर्ने दिशामा माओवादी लडकाको पुर्नवर्गिकरण सुरु भएको छ भने ठुलो विवाद र छलफल पछि मियो बेगरको राज्य पुनस्रंरचना आयोग गठन भएको छ।
(हिमाल घिमिरे), नेपालको अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधानसभाको कार्यकाल २ बर्षको हुनेछ भनी स्पष्ट रुपमा तोकिएकै छ। त्यसमा थप उल्लेख गरिएको छ कि मुलुकमा संकटकालीन स्थितीको घोषणा भएमा र संविधान निर्माण नसकिएको अवस्थामा संविधान सभाद्धारा प्रस्थाव पारित गरी संविधान सभाको कार्यकाल ६ महिना थप गर्न सक्नेछ।
राजधानीमा फेसन डिजाइनरले तयार पारेका पहिरनको प्रदर्शनका लागि मात्र फेसन शो हुने क्रम बढ्दै गइरहेको छ। ती फेसन शो प्रायशः व्यावसायिक हिसाबले गरिएका हुन्छन्। तर फेसन डिजाइनरबीचको उत्कृष्टता पहिचान गर्न कमै मात्र शो हुने गर्दछन् त्यसमा पनि सामाजिक सहयोगका लागि हुने शो त न्यून नै हुन्छ।
नेपाल समाचारपत्र, (काठमाडौं), मकवानपुरका धरमबहादुर लामा प्रथम राष्ट्रिय एमेच्योर चेस च्याम्पियन बनेका छन्। हेटौंडा चेस क्लबका धरमबहादुरले शनिबार अन्तिम चरणको खेलमा ललितपुरका राजकाजी महर्जनलाई पराजित गर्दै पहिलो पटक उपाधिसहित नगद ५ हजार प्राप्त गरे।