enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

होमपेज » सौगात »

| More

गो अहेड, ‘सम्पदा संरक्षण’

गो अहेड, ‘सम्पदा संरक्षण’ (कमल ढकाल) सुखको लालसामा बाँच्दछ मान्छे । खुसी हुन र सुखी हुन पनि जान्नुपर्दो रहेछ । पैसाले कल्लाई पुगेको छ र ! तैपनि मुद्राकै खुद्रा कुरामा भुलेको छ मान्छे ।

पैसो टन्न भएका बिल गेट्स हुन् वा छिमेकी दाजु अनिल अम्बानी । उनीहरू बिहानदेखि बेलुकासम्म करोडौं डलरका चेकमा हस्ताक्षर गर्छन् । नयाँ व्यापारका योजना कोर्छन् । अबौंअर्ब डलरका खाका कोर्दैमा खानसमेत भ्याउँदैनन होला सायद । फेरि पनि उनीहरूभित्र खुसीकै चाहना बढेको हुन्छ ।

परिवारकै रँडाकोमा डुबेका अनिल भाइसँगको झगडाले के खुसी हुन सक्लान् र ! खुसी र सुखी हुने कला जान्न जोगी नै हुनु पर्दैन । पैसा नभई हुँदैन, गृहस्थ जीवनका लागि । काम गर्नुपर्छ, कमाउनै पर्छ तर पैसा नै जीवनको ज्योति हो भन्छ भने त्यो खुसी हुन सक्दैन ।

थापाथलीमा राष्ट्र बैंकको गेटमै भेटिएका दिवाकर राजकणिर्कारसँग दुई घण्टाको बसाइमा निक्लेका निचोड हुन माथिका हरफहरू । छनलाई दिवाकरको परिचय रामभण्डारको मिठाई पसलेको घेराबाट धेरै टाढा फिँजिएको छ । उनी काठमाडौं जेसिस, क्यान्सर रिलिफ सोसाइटी, रोटरी क्लबलगायत धेरै सामाजिक संस्थाका मियो हुन् ।

देशविदेश डुलेका दिवाकरले चाहेको भए स्वदेश तथा विदेशमा छुट्टै व्यापार गर्न सक्थे । इतिहासले गुँड लगाएको राम भण्डारमै दिवाकरको मन अडियो । पुर्खाको चिनो राम भण्डारलाई मलजल गर्दै उनले बचाइराखे ।

धेरै नौजवानलाई पुर्खाले गरेको काम मन पर्दैन । उनीहरू केही नयाँ गर्न चाहन्छन् । त्यसैले त नेपालमा मिठाईका जन्मदाता मानिने राजकणिर्कारका छोरा नातिहरू आज डाक्टर, इन्जिनियर, पत्रकारलगायतमा बाँडिएका छन् । बाबुले थामेको बिँडो समातेरै अगाडि बढे पनि नाम र दाम हुँदो रहेछ भन्ने कुराका प्रत्यक्ष उदाहरण बनेका छन् दिवाकर ।

इतिहास भन्छ- अहिलेको राष्ट्र बैंक सिंहसमशेरको दरबार हो अनि राम भण्डार उनको घोडा राख्ने तबेला । सिंहसमशेरले डिट्ठालाई दिएको बक्सिस र डिट्ठाबाट दिवाकरका बाजेले पैसा तिरेर गराएको बक्सिस हुँदै इतिहास जोडिन्छ अहिलेको राम भण्डारमा ।

उहिले घोडाको टाप सुनिने तबेलाको कायापलट भएको छ, अहिले रातो चारतले घरका रूपमा, जहाँ मान्छेको चाप बढ्दै छ । रातो घरको दोस्रो तलामा दिवाकर पुर्खाको इतिहास पण्डित बाजेले गीता भट्याएजस्तै भट्याउँदै छन् । भित्तामा टाँसिएको पूर्वजको नालिबेली बोल्छ- म गजराज, राम भण्डारको संस्थापक ।

गजराजले लाएको गुँडका नयाँ चल्ला दिवाकरसम्म आइपुग्दा पाँच पुस्ता बितेको छ । पुस्ताको र्छलंग नालिबेली दिने चार्टले छैटौं पुस्ता समाउन खोज्दै छ, जो दिवाकरका छोरा हुन्, सौरभ राजकणिर्कार ।

अस्ट्रेलियामा पढ्दै गरेका ती नौजवानले आमाबाबुको स्थानपछि दोस्रो वाक्य नै पसलका बारेमा सोध्दा दंग पर्छन् दिवाकर । उनलाई भित्रैदेखि लागेको छ- पूर्वजको चिनो बनिसकेको यो संस्था राम भण्डार कहिल्यै नमरोस् ।

अस्ति भर्खरको कुरा हो? एक खुम्रे बुढा टेबुलमा आएर बसे । चिया ओठमा लाँदा पनि हात काम्ने उमेरका उनी थानकोट तलदेखि पेन्सन लिन आएका रहेछन् । पूर्वस्मृतिमा रमाउन उनी राम भण्डार आएको बताउँदै थिए । उति बेला त्यहाँ आएर खाएको जेरीस्वारी र साथीहरूको सम्झनामा तैरीन उनी राम भण्डार पुगेका रहेछन् ।

खुसी हुन विभिन्न गाउँबाट आउने उनीहरूको खुसीमा रमाउँदारमाउँदै दिवाकर पनि राम भण्डार छाड्नै नसक्ने भइसके । प्रत्येक दिन कोही न कोही आउने र उनीहरूले पूर्वजको कुरा झिकेर देखाएको आत्मीयताले दिवाकर झनै पग्लँदै छन् ।

एमकम उही बेला पास गरेका दिवाकरले चाहेको भए अरू थुप्रै व्यापार गर्न सक्थे । पैसा अहिलेको भन्दा ज्यादा कमाउन पनि सक्थे होलान् । पूर्वजको आत्मा रहेको राम भण्डारमा अलमलिँदा-अलमलिँदै उनी टपक्कै टाँसिन पुगे, छाड्नै नसक्ने गरी ।

राणाशासनका जन्मदाता जंगबहादुरले राम भण्डारका जन्मदाता गजराजलाई गरेको मायाझैं वर्तमान नेताहरूले पनि उनलाई मिठाईको गुलियोजस्तै माया गर्छन्, केवल त्यही मिठाईकै कारणले ।

थोरै पैसा, धेरै माया र इतिहासको धरोहर भएकै कारण दिवाकर सधैं नै राम भण्डारमा बस्छन् । डाक्टर भइसकेका छोरीहरू पूणिर्मा र जुनिमालाई घरमा भएका बेला दैनिक २/३ घण्टा पसलमै राख्छन्। अरू बेला उनकी श्रीमती चन्द्रमाले हेरबिचार राख्छिन् ।

पसल एउटा आजीवन कैद हो । जाऊँ कतै भने छाड्नै नमिल्ने । ढल्कँदो उमेरमा घुँडा दुख्ने रोगसमेत लगाउन सक्छ । आफ्ना केही पूर्वजको ५५ वर्षनकाटी मृत्यु भएको तीतो कथा पनि छ दिवाकरसँग । यी सबै हुँदाहुँदै पनि राम भण्डारलाई उनी पूर्वजको सम्पदा संरक्षण गरेको ठान्न थालेका छन् ।

२०४२ सालसम्म २२ जनाको परिवार थियो उनको । विस्तारै छुट्टियो । २०५१ मा आउँदा परिवारको जेठो नाति भएकै कारण दिवाकरकै काँधमा आयो राम भण्डार । त्यसैले परिमार्जन गरे उनले त्यसलाई । शो केस, हटकेस फ्रिज ल्याएर कामदार पनि थपे ।

२०४२ सालसम्म घरकै २२ जनाले मिठाई बनाउँथे । त्यसपछि विस्तारै त्यो क्रम सुक्दै गयो । अहिले आएर उनले मिठाई बनाउने, बाँड्ने सबै कर्मचारी राखेका छन् ।

विवाह, व्रतबन्ध, अफिस, बैंकका सभागोष्ठी, सेमिनारमा आज पनि राम भण्डारका मिठाई चल्छन् । भेज र ननभेज लन्च प्याकेट सबै राम भण्डारबाटै जान्छन् । राजधानी शहरलाई पहिलो पल्ट क्याटरिङको स्वाद चखाउने श्रेय उही राम भण्डारलाई जान्छ ।

समय बदलियो । जिजुबाजे गजराजले राणा जंगबहादुरसँगै धेरै पिण्ड खाइसके, राम भण्डार भने चिनिको गुलियो फरइभर रहेजस्तै अहिलेसम्म पनि ज्यूँका त्यूँ छ । यसैबारे विश्लेषण गर्दै चिन्तक कर्ण शाक्य भन्छन्- ‘राम भण्डार पुर्खाको सम्पदा संरक्षणको ज्यूँदो उदाहरण हो ।’

दिवाकरको कुरा गर्दा समाजसेवाको क्षेत्र पनि छुनैपर्छ । क्यान्सर रिलिफ सोसाइटीमा आठवर्षो कार्यकालमा गरेको दीर्घकालमा पुग्ने काम होस् वा रोटरी क्लब वाग्मतीको पूर्वप्रेसिडेन्टका हैसियतले गरेका काम होस् वा काठमाडौं जेसिस, सबै नै उत्तिकै महत्त्ववान् छन् ।

चुरोट नखाने रक्सी कमै छुने दिवाकर आफूलाई समाजसेवाका अम्मली मान्छन् । भन्छन्- ‘समाजसेवाको नशा रक्सीको भन्दा बढी हुँदो रहेछ ।’
हँसिला र सिरुपाते जुँगाका दिवाकर चिटिक्क कोट लगाएर माथिल्लो तलाबाट तल राम भण्डारमा ओर्लन्छन्, कर्पोरेट मिटिङमा हिँडेको र्सीइओझैं ।
समाजसेवाको काम नभएका बेला श्रीमती चन्द्रमालाई पालो दिन्छन् ।

मिठाईको गुलियो चुस्न आउने मौरीको हुलजस्तै त्यहाँ आएका आगन्तुकलाई स्वागत गर्छन् । त्यसमा रमाउँदारमाउँदै रात पर्छ अनि भोलि फेरि उही प्रक्रिया । अहिले उनी ५४ वर्षलागिसके । अरू कर्मचारीको त थाहा छैन तर दिवाकरचाहिँ यहाँका आजीवन कर्मचारी नै हुन्, पुस्तेनी सम्पदा जो जोगाउनु छ यिनले ।
(dhakal_kamal@hotmail.com)


अन्य समाचार

Leave a comment




    


Min
20.2
Max
30.8
बाँकी »

 

important numbers

send-us-ur-suggestion