पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
(लक्ष्मीप्रसाद खतिवडा) हामी अहिले ग्याजेटको गोल्डेन एजमा बाँचिरहेका छौं। विश्वास लाग्दैन ? आफ्नै पकेट चेक गर्नुस् एकपटक।
सम्भवतः पकेटमा पोर्टेबल म्युजिक प्लेयर होला, किरिङको साइजमा डाटा स्टोरेज डिभाइस होला, हाँसेपछि मात्र फोटो खिच्ने डिजिटल क्यामेरा होला अनि सेलफोन, जसमा यी सबै सुविधा उपलब्ध छन्। यी ग्याजेटबिनाको जीवन बाँच्न तपाईंलाई पक्कै पनि गाह्रो हुन्छ होला।
हामी ग्याजेट्समा हराएका छौं। दुनियाँ साँघुरिँदो छ। प्रविधिले हरेक कुरालाई दिनदिनै सानो बनाउँदै छ। एउटा कोठामा नअट्ने क्यामेरा अब र्सटको टाँकमा फिट गर्न सकिने भएको छ। कोठाजत्रो कम्प्युटर ल्यापटप, पामटप हुँदै फिङ्गर टपमा आइपुगेको छ। वालेटको च्यापमा अट्ने एटीएम कार्ड कामकाजी युवाको भरपर्दो साथी भएको छ। हजारौं-लाखौं बोकेर देशविदेश घुम्नुपर्नेहरूका लागि एटीएम कार्ड सजिलो र भरपर्दो माध्यम बनेको छ।
डिजिटल दुनियाँको बढ्दो गियरले मानवजीवनलाई निकै रफ्तारमय बनाएको छ। हामी प्रविधिसँगै बाँचिरहेका छौं र सास फेरिरहेका छौं। ग्याजेट्स आधुनिक मानवजीवनको अभिन्न अंग भइसकेको छ तर हामीलाई यो अनुभव छैन कि हामी कति भरपरेका छौं ग्याजेट्समा।
अहिलेको युवापुस्ता अधिकांश समय परिवारका सदस्य र साथीभाइसँगभन्दा ग्याजेट्ससँग बिताउँछ। मोबाइलबिनाको जीवन कल्पना गर्न सक्छौं हामी - बहूपयोगी मोबाइलले हामीलाई संसारसँग नै जोडिरहेको छ। अर्कोतिर हामीलाई अपडेटेड र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको कम्प्युटर युवाहरूको सबैभन्दा नजिकको साथी बनेको छ।
अहिलेको युवापुस्ता कानमा एयरफोनको गेडो घुसार्दै आइपोडमा जीबीका जीबी गीत र भिडियो बोेकेर हिँडेको हुन्छ। इलेक्ट्रोनिक्स सामानहरूलाई व्यक्तिगत बनाउने कन्सेप्टमा अहिले हरेक इलेक्ट्रोनिक्स सामानलाई सानो र सस्तो बनाइँदै छ। भर्खरै एउटा कम्पनीले व्यक्तिगत इलेक्टि्रक कार बनाएको छ। हेर्दा आकर्ष यो कार चढ्दा मोटरसाइकलको फिल हुने प्रयोगकर्ताको भनाइ छ तर अन्य कारमा हुने सबैखाले सुविधा यसमा छन्। हेर्दा सानो यो कार सानो छ र तीनवटा चक्का भएको छ।
सोनी कम्पनीले बनाएको वाकम्यान म्युजिकका सौखिनहरूका लागि वरदान साबित भयो। यसलाई माथ गर्दै निकै सानो साइजमा आईपड आयो। सन् २००१ मा देखापरेको आईपडले यो क्षेत्रमा क्रान्ति नै ल्यायो। सोनी वाकम्यानबाट शुरू भएको म्युजिक प्लेयर अहिले आईपड हुँदै आईफोनसम्म आइपुगेको छ।
वाकम्यानलाई पोर्टेबल म्युजिक प्लेयरहरूको राजा मानिन्छ भने आईपडलाई राजकुमार। टेलिफोन टेक्नोलोजीको नयाँ र कुल मोडलका रूपमा आएको आईफोनमा क्यामेरा, म्युजिक प्लेयर, इमेल-इन्टरनेटलगायत सम्पूर्ण सुविधा छन्। अहिले पोर्टेबल म्युजिक प्लेयरहरू यति सस्तो र र्सवसुलभ भइसकेका छन् कि कुनै बेला यी चीज विलासिताका वस्तु थिए भनेर पत्याउन गाह्रो हुन्छ।
(khatiwadalp@gmail.com)
|
|