|
|
व्यक्तित्वको ऐनारुपी अनुहारमा स्वस्थ र सुन्दर ओठको महत्त्व अति नै हुन्छ। ओठको छाला पातलो खालको हुन्छ। स्वास्थ्यमा गडबडी, मौसम तथा वातावरणीय प्रभावले यसमा छिट्टै असर गर्ने गर्छ। तसर्थ बाहिरी वातावरणअनुसार ओठको सही स्याहार गर्नुपर्छ।
एलर्जी हुने खालको छाला छ भने नन एलर्जिक लिप कस्मेटिक प्रयोग गर्नुपर्छ। ओठको बनोट र रंगले मात्र नभई अन्य कारणले पनि यसको सौर्न्दर्यमा ह्रास आएको हुन्छ। यदि ओठवरिपरि रौंहरु छन् भने त्यसलाई हटाउनुपर्छ। स-साना कनिकाजस्ता दानाहरु भएमा सही तरिकाबाट ओठको उपचार गराउनुपर्छ। धूमपानले ओठ कालो-नीलो हुन्छ, तसर्थ धूमपान त्याग्नुपर्छ। यदि शारीरिक अस्वस्थताका कारण ओठ फिक्का पहेँलो-नीलो देखिन्छ भने डाक्टरको सेवा र सल्लाह लिनुपर्छ। ओठको बाहिरी रेखा जिगजग छ भने टाटुको सहायताले सही लिपलाइन बनाउन सकिन्छ।
ओठको प्राकृतिक सुन्दरतालाई शृङ्गारेर अझ आकर्षक रुप दिनका लागि बजारमा विभिन्न कम्पनीका, विभिन्न रंगका लिपस्टिक, लिपग्लस, लिपलाइनरका साथै अन्य लिप्स कस्मेटिकहरु पाइन्छन्। लिपस्टिक (Lipstick) मा हुने कलर पिगमेन्ट (Color Pigment) ले गर्दा ओठलाई रंगाउन मद्दत गर्छ। अनुहारको अन्य मेकअप नगर्नेले पनि लिपस्टिक लगाएर आफूलाई सुन्दरी महसुस गर्ने गर्छन्। लिपस्टिकले रंगाउनासाथ अनुहार पूर्णरुपले रंगिएको भान हुन्छ, साथै आकर्ष र सुन्दर बनोटयुक्त अनुहार देखिन्छ। यही मात्र एउटा मेकअपको छिटोछरितो माध्यम हो, जसको प्रयोगबाट आफूलाई ताजा एवम् सुन्दर महसुस गरिन्छ। यसैकारण महिलाहरु लिपस्टिकविना आफ्नो शृङ्गार अधुरो महसुस गर्छन्। लिपस्टिक लगाउने सजिलो माध्यम स्टिक (Stick) बाट भन्दा पनि लिपब्रसबाट लिएर प्रयोग गर्नु राम्रो हुन्छ। यसले ओठमा भएका क्रिज -खाल्टाखुल्टी) समेत भरिदिन्छ। लिपग्लस (Lipgless) मात्र लगाए पनि यसले चमकयुक्त ताजा बनाइदिन्छ। लिपस्टिकको माथि लागाएर पनि थप आकर्ष ओठ बनाउन सकिन्छ। लिपलाइनरले ओठको बाह्य आकार दिई आकर्षक बनाइदिन्छ।
लिपस्टिकमा स्किन केयर प्रोडक्ट (Skin care product) बनाउँदा प्रयोग हुने सामग्री (Ingredients) नै मिसाइएको हुन्छ। जस्तो- कलर पिग्मेन्ट (Color pigment) ले ओठको सुन्दरतालाई रक्षा गर्छ भने सुन्दर रंगमा रंगाइदिन्छ। लिपस्टिकमा प्रयोग हुने सामग्री · भेजिटेबल वाक्स (Vegetable Wax)ः यसले गर्दा Lipstick लगाउन सजिलो हुन्छ |