नायिका सञ्चिता लुइँटेलको आज जन्मदिन, ३५ वर्ष लागिन्



काठमाडौं । नायिका सञ्चिता लुइँटेलको जन्मदिन वैशाख १९ गते हो । तर, सामाजिक सञ्जालमा उनलाई वैशाख १८ गते नै अधिकांशले शुभकामना दिएका छन् ।

विकिपिडियाका अनुसार सञ्चिताको जन्म १९८३ मे २ तारिखका दिन भएको हो । जुन कुरालाई सञ्चिताले पनि पुष्टि गरेकी छन् । सञ्चिताले बुधबार बिहान आफ्नो फेसबुकमा वैशाख १९ गते नै आफ्नो जन्मदिन भएको जानकारी दिँदै आफूलाई जन्मदिनको शुभकामना र शुभेच्छा दिने सबैलाई धन्यवाद दिएकी छन् ।

‘अप्सरा’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी सर्लाहीकी सञ्चिता ३५ वर्ष लागेकी छन् । उनले १० वर्षअघि नायक निखिल उप्रेतीसँग विवाह गरेकी हुन् । उनका एक छोरा र एक छोरी छन् । नेपाली नायिकामध्ये सञ्चितालाई सुन्दरी नायिका भनेर चिन्ने गरिन्छ । डेढ दर्जन बढी चलचित्रमा अभिनय गरेकी सञ्चिता अभिनित पछिल्लो समय ‘राधा’ थियो । चलचित्रले औसत व्यापार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्