भारतीय बायुसेना हेलिकप्टर लिएर जनकपुर र मुक्तिनाथमा



काठमाडौं । भारतीय बायुसेनाको हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा हिंजो अवतरण गराईएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएपछि जनकपुर र मुक्तीनाथको रेकी गर्न भारतीय वायुसेनाको विमान लिएर भारतिय विशेष सुरक्षाा समुहका कर्नेलको नेतृत्वमा नेपाल आएको हो । भारतिय विशेष सुरक्षाा समुहका महानिरीक्षक जेठूवा अस्तीनै नेपाल आईसकेका छन् ।

मोदी बैशाख २८ गते नेपाल भ्रणममा आउन लागेका छन् । उनी आउनुअघि नै भारतले उनको सुरक्षाका लागी भन्दै रेकी गर्न भारतीय सेना परिचालन गरिसकेको छ । मंगलबार काठमाडौ आएका बायुसेना आज जनकपुर र मुक्तिनाथ रेकी गर्न जाने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्