इरानले परमाणु हतियारका विषयमा झुठो बोल्योः नेतान्याहु



जेरुसलम, (एजेन्सी)
इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले इजरायलले प्राप्त गरेका हजारौं दस्तावेज इरान पुरै विश्वलाई झुठो बताइरहेको पत्ता लागेको बताए। इरानले उसले कहिले पनि परमाणु हतियार विकास गर्ने प्रयास नगरेको बताएर विश्वलाई छक्काइरहेको नेतान्याहुले बताए।

‘गोप्य परमाणु फाइल’ भनिएको ती दस्तावेजअनुसार इरानले विश्वबाट लुकेर परमाणु हतियार विकास गर्ने प्रयास गरिरहेको पत्ता लागेको उनले जानकारी दिए। सन् २०१५ मा इरानले आफूमाथि लगाइएका प्रतिबन्ध हटाउनेको बदलामा उर्जाका लागि आफ्नो परमाणु कार्यक्रममाथि रोक लगाउने कुरालाई स्वीकार गरेका थिए। इरानले उसको परमाणु कार्यक्रम देशको इन्धन आवश्यकता पुरा गर्न र विज्ञान सोध तथा स्वास्थ्य उपचारका लागि मात्र भएको बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो स्थितिलाई ‘स्वीकार गर्न नसकिन’ र इरानसँग परमाणु सम्झौतालाई लिएर मे १२ अगाडि आफ्नो निर्णय दिने बताएका थिए। उनले उक्त परमाणु सम्झौतालाई रद्द गर्ने धम्की दिँदै आइरहेका छन्।

ट्रम्पले भने– ‘ऊ शान्त बसेको छैन, ऊ क्षेप्यास्त्र बनाइरहेको छ र यो देखाउनका लागि मात्र भएको बताइरहेका छन्। तर मलाई त्यस्तो हो भन्ने लाग्दैन।’ ट्रम्पको नयाँ धम्कीका बाबजुद युरोपेली देशहरू इरानसँगको परमाणु सम्झौतालाई कायम राख्न चाहेका छन्।

यसअघि इरानका विदेशमन्त्री जाबेद जरिफले नेतान्याहुमाथि ‘मानिसहरूलाई बेवकुफ बनाइरहेको’ आरोप लगाएका थिए। एक ट्विटमा उनले लेखे– ‘उनी फेरि रुन थालेका छन्। तिमी केहीलाई मात्र सँधै बेवकुफ बनाउन सक्छौ।’
तेल अभिवमा इजरायलको रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेतान्याहुले ऊसँग तेहरानको एक गोप्य भन्डारबाट इजरायली गुप्तचर विभागलाई प्राप्त भएको डाटाको प्रतिलिपि रहेको बताएका थिए।

उनले आफूसँग ५५ हजार पृष्ठको दस्तावेजसँगै ५५ हजार फाइल रहेका १ सय ८३ सीडी भएको बताए। ती सबै फाइल परमाणु हतियार कार्यक्रम ‘प्रोजेक्ट अमाद’सँग सम्बन्धित रहेको उनले बताए।

उक्त परियोजनाअन्तर्गत ५ क्षेप्यास्त्रको विकास गर्नु र ती प्रत्येक क्षेप्यास्त्रमा १० किलोटन क्षमताका परमाणु हतियार जडान गर्ने योजना रहेको उनले थपे।
एक पावरप्वाइन्ट प्रेजेन्टेसनमा नेतान्याहुले इरान परमाणु हतियार कार्यक्रमसँग सम्बन्धित सामग्रीहरू एकत्रित गर्न लागिपरेको बताए। इरानले परमाणु हतियार परीक्षणका लागि पाँच अलग्गअलग्ग स्थानलाई पनि चयन गरेको उनले दाबी गरे।

दस्तावेजमा भएका चार्ट, ब्लुप्रिन्ट, तस्वीर, भिडियोमा इरान लगातार झुठा बोलिरहेको छ भन्ने प्रमाणित भएको उनले बताए।

नेतान्याहुले ती फाइलहरू अमेरिकासँग साझा गरिएको र त्यसलाई अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए )मा पनि पठाइसकेको जानकारी दिए।

सन् २००७ मा अमेरकाको राष्ट्रिय गुप्तचर विभागले इरानसँग सन् २००३ सम्म परमाणु हतियार विकास कार्यक्रम थियो भन्ने विश्वास गरेको थियो। तर त्यस विषयमा थाहा पाएपछि भने इरानले त्यसलाई बन्द गरेको अनुमान गरेको थियो।

इजरायलका प्रधानमन्त्रीले यस विषयमा ती सबै फाइलले इरानमा गोप्य रूपमा प्रोजेक्ट अमादको काम भइरहेको प्रमाण दिएकोमा जोड दिए। यसको माध्यमबाटै इरानले अब चाहेको बेला परमाणु हतियार तयार गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्