नयाँ दुतावास



वासिंगटन, (एजेन्सी)
अन्तराष्टिय समुदायको विरोधका बावजुद अमेरिकाले इजरायल स्थित आफनो दुताबास जेरुसलमा सार्ने भएको छ । राष्टपति ट्र्म्पले नयाँ अमेरिकी दुतावासको उदघाटनका लागि चाँदै इजरायलको भ्रमण गर्न सक्ने बताएका छन् । अमेरिकामा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलसँगको बैठकपछि ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलनमा ट्र्म्पले भने ‘ म जेरुसलमा जान सक्नु अत्यन्त गर्वको कुरा हो । जेरुसलममा दुतावास बनाउने प्रतिबद्धता विगत कयौं बर्ष देखि गर्दै आइरहेको थियो । कयौं पटक राष्टपतिहरुले यसमा प्रतिबद्धता ब्यक्त गरे । सबै चुनावी आश्वासन दिए तर यो काम कसैले पुरा गरेनन् ।

प्रतिक्रिया दिनुहोस्