इनिस्टाले बार्सिलोना छाड्ने भए



मेड्रिड, (एजेन्सी)
बार्सिलोनाका लिजेन्ड खेलाडी एन्डे«ज इनिस्टाले स्पेनी क्लब यो सिजनको अन्त्यसम्ममा छाड्ने बताएका छन्। क्लबका लागि ३३ वर्षीय मिडफिल्डरले १६ सिजनमा ६ सय ६९ खेलमा सहभागिता जनाएका छन्। उनले स्पेनका लागि तीन प्रमुख प्रतियोगिता र बार्साका लागि ३१ ट्रफी जितेका छन्। इनिस्टाले अर्को सिजनमा कहाँ खेल्ने भनेर बताएका छैनन्।

उनले पत्रकार सम्मेलनमा मेनेजर अर्नेस्टो भाल्भेर्डे र टिम खेलाडीहरू तथा उनका परिवारमाझ भावुक हुँदै बताए– ‘मैले पुरै जीवन यहीँ (बार्सिलोना) बिताएको छु। मैले यो दिन (शुक्रबार) क्लबलाई गुडबाई भन्न गाह्रो भइरहेको छ।’
उनले थपे– ‘मैले बार्साविरुद्ध कहिल्यै खेल्ने छैन होला त्यसैले म युरोपमा भइरहने छैन। सिजनको अन्त्यमा थाहा हुनेछ कता जाने भनेर।’

इनिस्टाले स्पेनसँग २०१० विश्वकप, युरो २००८ र युरो २०१२ जितेका छन्। बार्सिलोनासँग उनले च्याम्पियन्स लिग चारवटा उपाधि हासिल गरे। ला लिगा उपाधि नवौंपटक जित्न गइरहेका छन् उनी। इनिस्टा यस सिजनमा कोपा डेल रे फाइनलमा सेभियामाथि ५–० ले जित्दा बार्सिलोनाका लागि प्रमुख हिस्सा भएका छन्। यस सिजनमा बार्सिलोनाले ५ खेल बाँकी भएको अवस्थामा उपाधि जित्ने सक्नेछ यदि आइतबार डिपोर्टिभो ला कोरुनालाई हराएमा।
बार्सिलोनामा उनले १२ वर्षको उमेरमा आबद्ध भएका इनिस्टा क्लबको इतिहासमा सबैभन्दा बढी खेल खेल्नेमा दोस्रो खेलाडी हुन्। जाबी बार्सिलोनामा धेरै खेल खेल्ने खेलाडी हुन्। जाबी एक दशकपछि २०१५ मा कतारको अल साडमा स्थानान्तरण भएका थिए।

प्रतिक्रिया दिनुहोस्