देशैभरका टिकट काउन्टर बन्द



यमलाल भुसाल, बुटवल ।
यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् ।

टिकट काउन्टर बन्द गरेसंगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन । बसलाई रुट नम्वर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन ।

व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछी सर्बसाधारणले सहज रुपमा सबै ठाउमा गाडी पाएका छैनन । बुटवलको बस पार्क, ट्राफिकचोक, भैरहवाको सुनौली, बसपार्क सहित देशैभरका टिकट काउन्टर बिहानै देखि खुलेका छैनन । बसपार्कबाट नियमित छुटने गाडी आफु खुशि छुटेका छन । कम यात्रु हुने ठाउमा गाडी गएका छैनन भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन ।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरीरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक सस्था नै खारेज गरेपछी सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट ननिकाली व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताउनु भयो ।

जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनायी भएको छ । सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएका शहर अस्तव्यस्त बनेका छन ।

प्रतिक्रिया दिनुहोस्