किमले वार्ता चाहेको ट्रम्पको भनाई



वासिङ्टन, संयुक्त राज्य अमेरिका,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाउँनुभएको छ ।

अमेरिकी नेता ट्रम्पले यसपहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको शुरूमा आफूहरू (ट्रम्प र किम)को भेटवार्ता हुने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भन्नुभयो, “हामीले अझै शिखर सम्मेलनका लागि मितिको निर्णय गर्न बाँकी छ । हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ । यो सम्भवतः नजिक ल्याइने छ ।”

कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफल पछि विश्व समुदायको चासोको बिषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ ।

ट्रम्पले भन्नुभयो, “कसले जानोस छलफल शुरूहुँदासाथ म बाहिरिने छु वा बैठक नै हुनेछैन ।” उनीहरू (कोरियालीहरू) अहिले भेट्न चाहेका छन् र सम्भवत कुराकानी हुनेछ ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्