फ्रान्सका राष्ट्रपतिले दिए अमेरिकी राष्ट्रपतिका नीतिलाई चूनौती



एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गरेको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन् ।

उनले पेरिस सम्झौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए । सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान देखाएको बताइएको छ ।

अमेरिका र फ्रान्सका यी दुइ राष्ट्रपतिबीच माक्रों भ्रमणको क्रममा मत मिल्दै आएका देखिएको भए तापनि आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राख्न भ्याएका छन् ।
उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्