दक्षिण सुडानमा खटिएको सेनामाथि गम्भीर आरोप



काठमाडौं, (नेस)
दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशनमा खटिएको नेपाली सेनाले त्यहाँका महिलामाथि भएको यौनजन्य क्रियाकलापका बारेमा छानविन गरिरहेको सैनिक मुख्यालयले जनाएको छ।

अनमिसको पश्चिम सेक्टरअन्र्तगत नेपाली सेना खटिएको एवली सुरक्षा बेशमा महिलाहरू जबरजस्ती छिर्न खाजेपछि भएको भनिएको उक्त घटनाको बारेमा बोर्ड अफ इन्क्वाइरी गठन गरी छानविन गरिरहेको सैनिक मुख्यालयले जनाएको छ। सो घटनाका बारेमा अनमिस मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानविन समिति गठन गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको मुख्यालयले जानकारी दिएको छ।

यसैबीच संयुक्त राष्ट्र संघको मुख्यालयले पनि उक्त घटनाको अनुसन्धान शुरू गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्