विराटनगरको भाटभटेनीमा हरेक दिन १ करोडको कारोबार



सरोज यादव, विराटनगर ।

विराटनगरमा १५ औँ शाखाको रुपमा नयाँ वर्षदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले हरेक दिन १ करोडको कारोबार गरिरहेको छ ।
१० दिनको अवधिमा १० करोडमाथि कारोबार गरेको छ । गत बैशाख १ गतेदेखि विराटनगर धरान रोडमा संचालनमा आएको भाटभटेनी सुपरमार्केटले १० दिनको अवधीमा करिब १० करोडको कारोबार गरिएको भाटभटेनी सुपर मार्केट विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुपर मार्केटले उद्घाटन गरेकोे दिनदेखि नै कारोबार राम्रो भएको छ । पहिलो दिन देखि आजको दिन सम्म ग्राहकहरुको अत्याधिक भिड छ ।’ उहाँले भन्नुभयो हामीले बैशाख भरी १० प्रतिशत छुटको व्यवस्था गरेको कारण पनि ग्राहकहरुको भिड रहेको छ । धरान ईटहरी उर्लाबार दमक लहान राजविराज र जोगबनीका ग्राहकहरु समेत आउने गरेको भेटिएको छ ।

व्यापारिक मलले उपभोक्तालाई रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्य सामान खरिद गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने भएका कारण भाटभटेनीको १५ औँ शाखा विराटनगरमा विस्तार गरेको हो । देशका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक स्थल बिराटनगरमा भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स विराटनगरमा सञ्चालनमा ल्याईएको हो ।

एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा गरिएको भवनमा अण्डरग्राउण्ड सहित ७ तलाको बहुउद्देश्यीय व्यापारिक सपिङका रुपमा सबै सामानले भरिभराउ छ । भटभटेनीमा बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । भुई तलामा ग्रेसरी अर्थात खाद्य सामाग्री र पहिलो तलामा भान्साका सामग्री किचनवेयर र शृङ्गार–कस्मेटिका सामग्री राखिएको छ ।

त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामाग्री राखिएका छन् । सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केटको काठमाण्डौ, ललितपुर र पोखरामा शाखा रहेका छन् । भाटभटेनीको महाराजगञ्ज, कोटेश्वर, पुल्चोक, बौद्ध, अनामनगर, बालाजु, कलंकी ,बुटवल, धरान पछि विराटनगरमा शाखा विस्तार भएको हो ।

प्रतिक्रिया दिनुहोस्