शिक्षा समृद्ध नेपालको मुलआधारः मन्त्री शर्मा



धनवीर दाहाल, रुकुम ।
पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताउनुभएको छ । रुकुम पश्चिमको चौरजहारीमा विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई संवोधन गर्दै शर्माले यस्तो वताउनुभएको हो । वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।

उहाँले विदालयमा अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास गर्नको लागी विभिन्न समयमा स्थानिय सरकारले तालिमको समेत व्यवस्था गर्ने वताउनुभयो । माओवादीले चुनावी घोषणा पत्रमा भनेअनुसार जिल्लाका सवै आधारभुत तहका पोशाक वितरण गरीने वताउनुभयो । शिक्षा पछि स्वास्थ्य ,भौतिक संरचना निर्माण सडक लगाएत जन्ताका आधारभुत आवाश्यकता परिपुर्ति गरीने कुरा दोहरयाउनु भयो ।

५ वर्षभित्र भेरीनदिलाई वाँध निर्माण गरी सल्यानको सल्लीवजार देखि जाजरकोटको पिपे सम्म जलासय वनाएर पर्यटक भित्राउने लक्ष्य रहेको सोत उहाँले जानकारी दिनुभयो । सोही अवसरमा कोरियन नागरिक डाक्टर पार्क र योनले विदालयलाई ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका छन । विद्यालयको क्षैक्षिक व्यवस्थापनको लागी उनीहरुले उक्त रकम विद्यालयका प्रधान्अध्यापक कालि वहादुर नेपाली लाई हस्तान्तरण गरेका हुन । उनीहरुले आगामी दिनमा समेतमा विद्यालयमा शैक्षिक सुधारको लागी आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

यसै गरी चौरजहारी नगर प्रमुख विशाल शर्माले शिक्षा क्षेत्रमा वजेटको अभाव नहुने वताउनुभयो । नगरभित्र रहेका आधारभुत तह,निम्न माध्यामिक तह र माध्यामिक तहका विदालयको शैक्षिक सुधार तथा भौतिक संरचना निर्माणको लागी नगरले आवाश्यक पर्ने वजेट विनियोजन गरेको वताउनुभयो । समृद्ध चौरजहारी नगरपालिका निर्माणको लागी शिक्षा नगरको मेरुदण्ड भएको भन्दै प्रमुख शर्माले शिक्षा क्षेत्रमा २ करोड रकम विनियोजन गरेको वताउनु भयो ।

आधारभुत तहमा अध्ययनरत ४ हजार वालवालिकाहरुको लागी ५० लाख रकम वाट पोशाक वितरणको कार्य सुरु गरीएको उहाँले जानकारी दिनुभयो । नगरपालिका भित्रका सवै आधारभुत तहमा १ हप्ता भित्र प विदालय नगरले उनीहरुको पाकार्यक्रममा नगर प्रमुख विशाल शर्माले भर्ना अभियनालाई तीव्रता दिन शिक्षक अविभाकहरुलाई सक्रिय हुनका लागी आग्रह गर्नुभयो । उोशाक वितरण कार्य सम्पन्न गरीने प्रमुख शर्माले वताउनुभयो । नगरले वडा नम्वर ३ मा रहेको जनज्योति आधारभुत विद्यालय वाट पोशाक वितरण कार्य सुरु गरेको छ । उक्त विदालयमा १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत छन ।

प्रतिक्रिया दिनुहोस्