ओली–प्रचण्ड वार्तापछि एमाले स्थायी समितिको बैठक बस्दै



नेपाल समाचारपत्र, काठमाडौँ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह पार्टी स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्। पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको वार्ताको विषय र माओवादी केन्द्रसँग हुने भनिएको पार्टी एकताका विषयमा गम्भिर भएर छलफल गर्ने मुख्य उद्देश्यका साथ ओलीले एमाले स्थायी समिति बैठक बोलाएका हुन्।

विहान १० बजेबाट ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा कुराकानी भैरहेको छ । ओलीसँगको बैठकका लागि प्रचण्ड सिन्धुपाल्चोकबाट फर्किसकेका छन्। ओली–प्रचण्डबीच हुने सहमतिका आधारमा अपरान्ह ५ बजे हुने एमाले स्थायी समितिमा छलफल र आवस्यक निर्णय हुने विश्वास राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

आगामी बैशाख ९ गते दुबै पार्टीबीच पार्टी एकता हुने भनिएपनि जनयुद्ध, पदीय बाँडफाँट र चुनाव चिन्ह लगायतका विषयमा अझै कुरा मिल्न सकेको छैन। दुबै पक्ष आआफ्नो अडानमा कायम छन्। यसले गर्दा पार्टी एकताका विषयमा कताकता संका समेत पैदा हुन लागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्