नयाँ वर्ष मनाउन गएका यात्रु बाेकेकाे बस फुलचाेकीमा दुृर्घटना



काठमाडाैँ । नयाँ वर्ष मनाउन गएका यात्रु बाेकेकाे बस ललितपुरकाे फुलचाेकीमा दुर्घटना भएकाे छ । फुलचाेकी जात्रा हेर्न गएका यात्रु बाकेकाे लगनखेल – किर्तिपुर चल्ने बा २ ख ४०४९ नम्बरकाे बस दुर्घटनामा परी २० जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

बाडे्गाउँ प्रहरी चाैकीका प्रहरी निरीक्षक सञ्जिव खड्काका अनुसार ८ जनाकाे बाडेगाउँस्थित नाेभेल अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे छ । अन्य १२ जना सामान्य उपचारपछि घर फर्किएका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरील्र जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्