सिन्धुपाल्चोकको मेलम्चीमा बलेरो जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका ९ पिपलटारमा बा १८ च ४६९९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातमाटे जाँदै गरेको जीप गएराति ९ बजे दुर्घटना भएको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका छन् । तर उनीहरुको ठेगना भने खुलेको छैन

प्रतिक्रिया दिनुहोस्